default_image

4 years ago

May 15, 2020

‘बाबरलाई कप्तानी दिनु सहि समय’ – मिस्बाह

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका प्रमुख प्रशिक्षक तथा प्रमुख छनोटकर्ता मिस्बाह उल हकले युवा ब्याट्सम्यान बाबर आजमलाई कप्तानी जिम्मेवारी दिने योनै सहि समय रहेको बताएका छन् । यसअघि टि२० आईको कप्तान बनिसकेका बाबरलाई पाकिस्तानले बुधबार ओडिआई टोलीको पनि नेतृत्व दिएको थियो । ‘कप्तानको निर्णयनै अन्तिम निर्णय हुन्छ । मलाई लाग्छ सेतो बलको क्रिकेटमा बाबरलाई हामीले […]

44 views

0 Bookmark

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका प्रमुख प्रशिक्षक तथा प्रमुख छनोटकर्ता मिस्बाह उल हकले युवा ब्याट्सम्यान बाबर आजमलाई कप्तानी जिम्मेवारी दिने योनै सहि समय रहेको बताएका छन् ।

यसअघि टि२० आईको कप्तान बनिसकेका बाबरलाई पाकिस्तानले बुधबार ओडिआई टोलीको पनि नेतृत्व दिएको थियो । ‘कप्तानको निर्णयनै अन्तिम निर्णय हुन्छ । मलाई लाग्छ सेतो बलको क्रिकेटमा बाबरलाई हामीले लामो यात्राको लागि र योजनाका साथ कप्तानी दिएका छौं । टि२० क्रिकेटमा बाबरको प्रर्दशन उत्कृष्ट छ,’ पूर्व कप्तान मिस्बाहले भने ।

‘बाबरलाई कप्तानीको रुपमा अघि बढाउने यो नै सहि समय हो । बाबर पुर्ण रुपमा तयार हुँदै जाने छन् । यो लामो समय सम्मको योजना हो । सन् २०२३ मा एकदिवसिय विश्वकप छ । कप्तानले राम्रो प्रर्दशन गर्छ भने दबाब कम हुन्छ’, उनले भनेका छन् ।

त्यसैमा उनले थपे, ‘बाबर चुनौती र दबाबको सामना गर्ने उत्कृष्ट ब्याट्सम्यान हुन् । वरियाता पनि बाबरको राम्रो छ । निरन्तर विश्व क्रिकेटमा राम्रो प्रर्दशन गरिरहेका छन् । बाबर टि२० कप्तान बनेसँगै झनै उत्कृष्ट प्रर्दशन गरि रहेका छन् । टेष्टमा पनि उनको प्रर्दशन कहाँ पुगि सकेको छ ।’

‘बाबर दबाब सम्हाल्न सक्छन् । जिम्मेवारी लिन्छन् । यी सबै कुराको ख्याल गर्दै मैले बाबरलाई ओडिआई कप्तान बनाउने निर्णय गरेको हुँ । जुन उत्कृष्ट निर्णय जस्तो लाग्छ’, मिस्बाहले पत्रकार सम्मेलनमा भनेका छन् ।

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.