6 years ago
May 25, 2020
एजेन्सी – क्रिकेटमा स्पिन बलरलाई सफल बनाउन विकेटकिपरको ठूलो हात हुने गर्दछ । विकेटकिपरको प्रदर्शनमा नै अधिकांश समय स्पिनरको प्रदर्शन निर्भर हुन्छ ।

विकेटकिपर पोजिसन फिल्डमा रहेको अन्य पोजिसन भन्दा फरक हुन्छ । जिम्मेवारीको हिसाबमा पनि विकेटकिपरले कप्तानसँग निरन्तर बातचित गरिरहनु पर्छ । स्टम्पिङ, रन आउट, क्याचआउट त भए नै यसबाहेक फिल्ड सेटअप र रिभ्यु लिन पनि विकेटकिपरको भूमिका हुन्छ । यसबाहेक दबाबमा बलरलाई सल्लाह दिन विकेटकिपर अगाडी सर्ने गर्छन् ।
एउटा राम्रो विकेटकिपर बिना टोलीको जितको सहज हुँदैन । स्टम्प पछाडी छरितो रुपमा गरिने एउटा स्टम्पिङले जित र हारको अन्तर परिवर्तन गर्न सक्दछ । वर्तमान क्रिकेटमा भारतका महेन्द्र सिंह धोनी, बंगलादेशका मुश्फिकुर रहीम र इंग्ल्यान्डका जस बटलर उत्कृष्ट विकेटकिपर मानिन्छन् । ओडिआई क्रिकेट इतिहासमा सर्वाधिक स्टम्पिङ आउट गर्ने पाँच विकेटकिपर यस प्रकार छन् ।
५. एडम गिलक्रिष्ट (अष्ट्रेलिया)

अष्ट्रेलियाका एडम गिलक्रिष्ट एक समयमा उत्कृष्ट विकेटपिकर ब्याट्सम्यान थिए । उनले आफ्नो प्रर्दशनसँगै विकेटकिपर मार्फत पनि टोलीलाई जित दिलाउन सक्ने क्षमता राख्दथे । सन् १९९६ देखी २००८ सम्म २ सय ८७ ओडिआई खेलमा गिलक्रिष्टले ५५ स्टम्पिङ आउट गराएका छन् । गिलक्रिष्टले ओडिआईमा ४ सय १७ क्याच लिएका छन् । अष्ट्रेलियाका चर्चित लेगस्पिनर शेन वार्न जस्ता स्पिनरलाई सफल बनाउन गिलक्रिष्टको ठुलो हात थियो ।
४. मोईन खान (पाकिस्तान)

पाकिस्तानका मोईन खानले कुल २ सय १९ ओडिआई खेल खेलेका छन् । जसमा उनले ७३ स्टम्पिङ आउट गराएका छन् । मोइनले २ सय १४ क्याच लिएका छन् । शक्लेन मुश्ताक लगायत अन्य पाकिस्तानी स्पिनर सफल हुनुमा उनको पनि ठूलो हात रहेको छ ।
३. रोमेश कालुविथारना (श्रीलंका)

श्रीलंकाका रोमेश कालुविथारनाले कुल १ सय ८९ ओडिआई खेल खेलेका छन् । उनले ७५ स्टम्पिङ आउट गरेका छन् । रोमेशले १ सय ३१ क्याच लिएका छन् । सन् १९९६ मा श्रीलंकालाई एक दिवसिय विश्वकप उपाधि जिताउन उनको स्टम्पिङ निकै प्रभावशाली बनेको थियो । रोमेश विपक्षी ब्याट्सम्यानको चाल बुझ्न निकै चतुर विकेटकिपर मानिन्थे ।
२. कुमार संगकारा (श्रीलंका)

श्रीलंका क्रिकेटका सर्वाधिक सफल कप्तान कुमार संगकार उत्कृष्ट विकेटकिपर ब्याट्सम्यान थिए । उत्कृष्ट विकेटकिपर ब्याट्सम्यान संगकारले २००० देखि २०१५ सम्म गरि कुल ४ सय ४ ओडिआई खेले। जसमा उनले ९९ स्टम्पिङ आउट गराएका थिए । उनले ३ सय ८३ क्याच लिएका छन् ।
विश्व टेष्ट क्रिकेट इतिहासमा सर्वाधिक विकेट लिने स्पिनर मथैया मुरलीधरन सफल हुनुमा संगकारको ठूलो हात रहेको छ । संगकारले आफ्नो ब्याटबाट मात्र होइन विकेटकिपर मार्फत पनि धेरै पटक श्रीलंकाको जित सहज बनाएका थिए ।
१. महेन्द्र सिंह धोनी (भारत)

भारतीय क्रिकेट टोलीका पुर्व कप्तान महेन्द्र सिंह धोनी क्रिकेट इतिहासकै एक सर्वाधिक सफल विकेटकिपर मानिन्छन् । क्रिकेट करिअरको अन्त्यमा रहेका धोनी झण्डै एक वर्षदेखि भारतीय क्रिकेट टोलीबाट बाहिर छन् । सन् २००४ देखि २०१९ सम्म गरि धोनीले ३ सय ५० ओडिआई खेलेका छन् । जसमा धोनीले १ सय २३ स्टम्पिङ आउट गराएका छन् । धोनीले ३ सय २१ क्याच लिएका छन् ।
अनिल कुम्बले, हरभजन सिंह, रविन्द्र जडेजा, रविचन्द्रन आवश्विन, कुलदीप यादव, युजभेन्द्र चहल लगायतका स्पिनरसँग खेलेका धोनीले थुप्रै पटक तीव्र गतिमा स्टम्पिङ् गर्दै विपक्षी ब्याट्सम्यानलाई चकित बनाएका छन् । उनको हात यति छिटो चल्छ की ब्याट्सम्यानले कुनै चाल पाउन सक्दैनन् । धोनी कप्तान रहंदा होस् या खेलाडीका रुपमा सल्लाह दिन, रिभ्युमा निर्णय आफ्नो तर्फ पार्न उनी माहिर छन् । गतवर्ष एक दिवसिय विश्वकप खेलेका धोनीको अब भारतको ओडिआई टिममा देखिने सम्भावना निकै कम छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]