default_image

6 years ago

May 27, 2020

तीव्र गतिमा बलिङ गर्ने शीर्ष १० खेलाडी

217 views

0 Bookmark

एजेन्सी– क्रिकेट फुटबल पछिको विश्वकै सर्वाधिक लोकप्रिय खेल हो । क्रिकेटमा जितको लागि एक पक्ष मात्र बलियो भएर हुँदैन । ब्याटिङ, फिल्डिङ, बलिङका साथै टोलीको रणनितीदेखि कप्तानीसम्म उत्कृष्ट हुनुपर्छ ।

क्रिकेटको पिच अनुसार तीव्र, मध्यम र स्पिनमध्य कुन बलर प्रभावशाली हुने धेरथोर निर्भर हुने गर्दछ । प्राय सबै टोलीले सुरुवात र अन्त्य तीव्र गतिकै बलरले गर्दछन् । तीव्र गतिका बलरको क्रिकेट तुलनात्मक रुपमा स्पिनरको भन्दा छोटो हुन्छ । शारीरिक माग धेरै हुने कारण पनि तीव्र गतिका बलर चोटसँग धेरै जुध्नुपर्ने हुन्छ ।

विश्व क्रिकेटमा अष्ट्रेलिया र पाकिस्तान तीव्र गतिका बलरको उद्योगको रुपमा चिनिन्छन् । क्रिकेट इतिहासमा सबैभन्दा तीव्र गतिमा बलिङ गरेका १० बलर यस प्रकार छन् । जसमध्य ५ जना अष्ट्रेलियाका रहेका छन् ।

१०. शेन बोन्ड, न्युजिल्यान्ड

न्युजिल्यान्डका तीव्र गतिका बलर शेन बोन्ड आफ्नो समयमा निकै खतरानाक बलर मानिन्थे । उनको गति विपक्षी ब्याट्सम्यानलाई टाउको दुखाई बन्ने गर्दथ्यो । सन् २००३ को विश्वकपमा भारतविरुद्ध १५६.४ किलोमिटर प्रतिघण्टा गतिमा बलिङ गरेका थिए । सन् २००१ देखि २०१० सम्मको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा उनले १ सय ४७ ओडिआई, ८७ टेष्ट र २५ टि२० आई विकेट लिए ।

९. मोहम्मद शामी, पाकिस्तान

पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद शामीले सन् २००३ मा जिम्बावेविरुद्ध शारजाह क्रिकेट मैदानमा १५६.४ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका थिए । उनले पाकिस्तानबाट ८५ टेष्ट, १ सय २१ ओडिआई र २० आईमा २१ विकेट लिएका छन् । शामी पाकिस्तानका तीव्र गतिका बलर मध्य उत्कृष्ट उत्कृष्ट खेलाडीको सुचिमा पर्दछन् ।

८. मिचेल जोन्सन, अष्ट्रेलिया

तीव्र गतिका बलर मिचेल जोन्सन अष्ट्रेलियाको क्रिकेट टोलीका एक सफल बलर हुन् । उनले सन् २०१३ को डिसेम्बरमा इंग्ल्यान्डसँगको चौथो टेष्टको तेस्रो दिन मेलबर्न क्रिकेट मैदानमा १५६.८ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका थिए । जोन्सनले ३ सय १३ टेष्ट, २ सय ३९ ओडिआई र ३८ टि२० आई विकेट लिएका छन् । जोन्सन सन् २०१४ मा आइसिसी टेष्ट प्लेयर अफ द यअर घोषित भएका थिए ।

७. फिडेल एड्वर्ड्स, वेस्ट इन्डिज

वेष्ट इन्डिजका तीव्र गतिका बलर फिडेल एडवर्ड्सले सन् २००३ मा दक्षिण अफ्रिका विरुद्ध १५७.७ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका थिए । सन् २००३ मा वेस्ट इन्डिजका तत्कालिन कप्तान ब्रायन लारालाई नेटमा बलिङ गर्दै फिडेल राष्ट्रिय टोलीमा परेका थिए । उनले १ सय ६५ टेष्ट, ६० ओडिआई र १६ टि२० आई विकेट आफ्नो नाममा लेखाएका छन् । उनले इन्डियन प्रिमियर लिग (आइपिएल), बंगलादेश प्रिमियर लिग जस्ता फ्रेन्चाइज लिग खेलेका छन् ।

६. एन्डी रोबर्ट्स, वेस्ट इन्डिज

सर एन्डी रोबर्ट्स वेस्ट इन्डिजका तीव्र गतिका बलर हुन् । उनले सन् १९७५ मा अष्ट्रेलियाविरुद्ध पर्थमा १५९.५ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका थिए । बाउन्सरको लागि माहिर उनले ४७ टेष्ट खेलमा २ सय २ विकेट लिएका छन् । ५६ ओडिआई खेलमा ८७ ओडिआई विकेट लिएका छन् । उनले प्रथम श्रेणीको खेलमा ८ सय ८९ विकेट लिएका थिए ।

५. मिचेल स्टार्क, अष्ट्रेलिया

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क वर्तमान क्रिकेटका सर्वाधिक स्पीडमा बलिङ गर्ने बलर पर्दछन् । स्टार्कले सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध दोस्रो टेष्टको तेस्रो दिन १६०.४ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका थिए । योर्करका लागि माहिर स्टार्कले २ सय ४४ टेष्ट, १ सय ७८ ओडिआई र ४३ टि२० आई विकेट लिएका छन् ।

सन् २०१५ मा अष्ट्रेलियालाई एक दिवसिय विश्वकप जिताउन स्टार्कले उत्कृष्ट प्रर्दशन गर्दै २२ विकेटका साथ शीर्ष स्थानमा रहँदै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । त्यस्तै स्टार्कले सन् २०१९ को एक दिवसिय विश्वकपमा २७ विकेट लिदै शीर्ष स्थानमा रहेका थिए । जुन एक विश्वकपमा एकै बलरले लिएको सर्वाधिक विकेट पर्दछ ।

४. जेफ थोमसन, अष्ट्रेलिया

जेफ थोमसन अष्ट्रेलियाका तीव्र गतिका बलर हुन् । थोमसनले सन् १९७५ मा पर्थमा वेस्ट इन्डिज विरुद्ध १६०.६ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका थिए । त्यस समयका सर्वाधिक लोकप्रिय र सर्वाधिक तीव्र गतिमा बलिङ गर्ने बलर थिए । सन् १९७२ देखि ८५ सम्म अष्ट्रेलियाको टोलीबाट खेलेका उनले २ सय टेष्ट र ५५ ओडिआई विकेट लिएका छन् । प्रथम श्रेणीको खेलमा उनले ६ सय ७५ विकेट लिएका छन् ।

३. शन टेट, अष्ट्रेलिया

शन टेट अष्ट्रेलियाका तीव्र गतिका बलर हुन् । उनले इंग्ल्यान्डविरुद्ध सन् २०१० मा १६१.१ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका थिए । शनले ३ मात्र टेष्ट खेल खेल्दा ५ विकेट लिएका छन् । ३५ ओडिआई खेलमा ६२ विकेट लिएका छन् । २१ टि२० आई खेलमा २८ विकेट लिएका छन् । लगातार चोटका कारण उनले अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नियमित स्थान बनाउन सकेनन् ।

२. ब्रेट ली, अष्ट्रेलिया

अष्ट्रेलियाका तीव्र गतिका बलर ब्रेट ली एक सफल बलर हुन् । उनी अष्ट्रेलियाका मात्र नभएर विश्वकै क्रिकेट इतिहासमा तीव्र गतिका बलरमा सर्वाधिक सफल र चर्चित खेलाडी पर्दछन् । ब्रेट लीले सन् २००५ मा १६१.१ किलोमिटर प्रतिघण्टाको स्पीडमा न्युजिल्यान्डविरुद्ध बलिङ गरेका थिए । उनले ३ सय १० टेष्ट र ३ सय ८० ओडिआई विकेट लिएका छन् । त्यस्तै प्रथम श्रेणीमा ४ सय ८७ विकेट लिएका छन् ।

अष्ट्रेलियाले सन् २००३ र २००७ को विश्वकप उपाधि जित्दा उनको भुमिका महत्त्वपूर्ण थियो । ब्रेट ली आफ्नो तीव्र गतिले नै विपक्षी ब्याट्सम्यानलाई दबाबमा राख्ने गर्दथे । कतिपय ब्याट्सम्यानले उनको गति चाल नै पाउन सक्दैनथे।

१. सोएब अख्तर, पाकिस्तान

क्रिकेट इतिहासमा सबैभन्दा तीव्र गतिको बलिङ गर्ने कीर्तिमान पाकिस्तानका सोएब अख्तरको नाममा छ । अख्तरले सन् २००३ को विश्वकपमा इंग्ल्यान्डबविरुद्ध १६१.३ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्दै इतिहास रचेका थिए । १ सय ७८ टेष्ट र २ सय ४७ ओडिआई विकेट लिएका छन् । अख्तरले योर्करका लागि निकै माहिर बलर थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.