default_image

6 years ago

May 30, 2020

पारसको कप्तानीमा बेहोरेका ५ अप्रत्याशित हार

158 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

पारस नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । सन् २००९ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दा पारसले नेपाललाई नयाँ उचाईमा पुर्याए ।

कप्तानी सम्हाल्ने बेला पत्याउन नसक्ने जस्तै देखिएका टि२० विश्वकप खेल्ने र ओडिआई मान्यता लगायतका थुप्रै सपना पुरा गरेरै देखाए । पारसको कप्तानीमा नेपालले डिभिजन ५ dएखी ३ सम्मको उपाधि जित्यो । पारसकै कप्तानीमा नेपालले सन् २०१४ मा पहिलो पटक टि२० विश्वकप खेल्दा सन् २०१८ मा ऐतिहासिक एक दिवसिय मान्यता प्राप्त गर्यो ।

सिमित स्रोत र साधनका बीच पारसले एकपछि अर्को सफलता दिलाउँदै एसोसिएट राष्ट्रमा नेपाललाई एउटा बलियो टोली बनाउन सफल भए । पारसको कप्तानीसँगै प्रर्दशन पनि उत्कृष्ट रह्यो । पारसको कप्तानीमा नेपालले अझै केहि समय खेल्ने समर्थक र शुभचिन्तकले अनुमान गरेका थिए । तर पारसले नाटकीय रुपमा गतवर्ष कप्तानबाट राजिनामा दिदै सबैलाई आश्चर्य पारे ।

पारसको कप्तानीमा नेपालले आफुभन्दा कमजोर टोलीसँग हार्न पुग्यो । सहजै जित्नसक्ने स्तरका टोलीसँग नेपालले अप्रत्याशित हार पनि बेहोर्नु पर्यो । समग्रमा सफल कप्तान पारसले कप्तानीमा बेहोरेका ५ अप्रत्याशित हार यस प्रकार छन् ।

५. मलेसियासँग, २००९ (एसिसी टि२० कप)

पारसले नेपाली क्रिकेट टोलीको नेतृत्व भर्खर सम्हालेका थिए । सन् २००९ मा युएईमा भएको एसिसी टि२० कपमा नेपाली टोलीको नेतृत्व पारसले गरेका थिए । पारसले कप्तानी गरेको पहिलो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित हुन पुग्यो । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन जोडेको थियो ।

ओपनर महबुब आलमले ३१ र परेश लोहनीले १९ रन बनाउन बाहेक अन्यको प्रर्दशन राम्रो रहेन । १ सय १३ रनको विजयी लक्ष्य मलेसियाले १७.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्दै नेपाललाई निराश बनाएको थियो । अहमद फैजले अविजित ४० रनको योगदान दिएपछि मलेसियाले सहजै जित दर्ता गरेको थियो ।

४. कुवेतसँग, २०१२ (एसिसी ट्रफी इलिट कप)

सन् २०१२ मा एसिसी ट्रफी इलिट कपमा नेपालले घरेलु टोली युएईलाई ४ विकेटले हराउँदै सुखद सुरुवात गरेको थियो । बलियो टोली युएईलाई हराएको नेपालले दोस्रो खेलमा तुलनात्मक रुपमा कमजोर कुवेतविरुद्ध सहज जित निकाल्ने पुर्व अनुमान थियो । टस जितेर ब्याटिङ राजेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ८० रन बनाएको थियो ।

नेपाललाई बलियो योगफलमा पुर्याउन कप्तान पारसले आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गर्नेक्रममा ७७ बलमा ७ चौका र ४ छक्का सहित १ सय ६ रनको अविजित शतकीय इनिङ खेलेका थिए । तर कुवेतले उक्त लक्ष्य २२ बल अगाडीनै ६ विकेटको क्षतिमा पुरा गर्दै सनसनीपुर्ण जित निकालेको थियो । कुवेतको जितमा सिब्तन राजा ७७, मोहम्मद कासिफ ५९ र अबीद मुस्ताकले ५४ रनको अर्ध शतकीय योगदान दिएका थिए । पारस र शक्ति गौचनले समान २ विकेट लिएपनि त्यो जितको लागि पर्याप्त भएन ।

३. जर्सीसँग, २०१५ (आइसिसी विश्व टि२० क्वालिफायर)

टि२० विश्वकप पहिलो सहभागितामै बंगलादेशमा उत्कृष्ट प्रर्दशन गरेको नेपालबाट २०१५ को आइसिसी वल्र्ड टि२० क्वालिफायरमा उच्च प्रर्दशनको आशा गरिएको थियो । नेपालले सहजै अर्को वर्ष भारतमा हुने टि२० विश्वकपमा स्थान बनाउने धेरैले अनुमान गरेका थिए । नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले हराउँदै राम्रो सुरुवात पनि गर्यो । तर नेपाल आयरल्यान्डसँग ८ विकेट, हङकङसँग ५ विकेट र पप्पुवा न्युगिनीसँग ८ विकेटले पराजित हुनुको साथै नामिबियासँग पानीको कारण खेल रद्द भएपछि विश्वकपको सम्भावना सकिएको थियो ।

अन्तिम खेलमा नेपाल जर्सीविरुद्ध सहज जित निकाल्दै अन्त्य गर्ने सोचमा थियो । टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा जम्मा १ सय ५ रन बनाउन सक्यो । डेब्यु खेल खेलेका सिद्धान्त लोहनीले तल्लोक्रममा १६ बलमा समान २ चौका र छक्का सहित २७ रन जोडेपछि एक सय रनको आँकडा पार भएको थियो । जर्सीले नेपालले प्रस्तुत गरेको उक्त लक्ष्य १६.१ ओभरमा ३ विकेटको क्षतिमा सहजै पुरा गर्यो । जर्सीसँगको ७ विकेटको हारसँगै समुह ए मा रहेको नेपाल पुछारमा रहेर बाहिरिनु परेको थियो ।

२. कतारसँग, २०१९ (आइसिसी टि२० वल्र्डकप एसिया रिजन फाइनल)

गतवर्ष सिंगापुरमा भएको आइसिसी टि२० वल्र्डकप एसिया रिजन फाइनल प्रतियोगिता सुरुहुनु अघि नेपाल उपाधिको एक्लो दाबेदार टोली थियो । कागजमा बलियो दाबेदार नेपालले मैदानमा भने कमजोर प्रर्दशन गर्यो । नेपाल पहिलो खेलमै कतारसँग ४ विकेटले पराजित हुन पुग्यो । टस जितेर ब्याटिङ थालेको नेपाल २० ओभरमा १ सय २२ रनमा अल आउट भएको थियो ।

दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३४ रन जोडे । उक्त मध्यम लक्ष्यमा पनि नेपालले कतारलाई रोक्न सक्ने अनुमान गरिएको थियो । कतारका इनम उल हकले ३२ बलमा ६ चौका सहित ४१ रन जोडेपछि कतारले ४ बल अगाडी ६ विकेटको क्षतिमा ओडिआई मान्यता नेपाललाई हराउन सफल भएको थियो । यस खेलमा पारसको कप्तानीमै प्रश्न उठेको थियो । टोली सन्तुलन नभएको, ब्याट्सम्यान भन्दा बलर धेरै खेलाएको भन्दै पारसको चर्को आलोचना भएको थियो ।

१. सिंगापुरसँग, २०१९ (आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल)

नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएपनि मलेसिया र कुवेतलाई पराजित गर्दै टि२० ग्लोबल छनोटमा पुग्ने आशा कायमै राखेको थियो । अन्तिम खेलमा सिंगापुरलाई हराउनु पर्ने समिकरण बनेको थियो । टस जितेर ब्याटिङ रोजेको सिंगापुरले घरेलु मैदानमा नेपाली बलरमाथि हाबी हुँदै २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रनको बलियो योगफल तयार पारेका थिए ।

टिम डेविडले ४३ बलमा ८ चौका र ३ छक्का सहित ७७ रनको उत्कृष्ट इनिङ खेलेका थिए । उक्त मैदानको स्ट्रेट बाउन्ड्री सानो भएको हुँदा उक्त लक्ष्य नेपालले पुरा गर्ने आशा कायमै थियो । तर नेपाल १५ ओभरमा मात्र १ सय ९ रनमा अल आउट हुँदै ८२ रनको फराकिलो अन्तरको हार बेहोर्दै बाहिरियो । जुन नतिजा अपेक्षा भन्दा धेरै बाहिर थियो । उक्त छनोटमा नेपालले सिंगापुर र कतारभन्दा पछाडी तेस्रो स्थानमा रहेर अन्त्य गरेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.