6 years ago
June 13, 2020
एजेन्सी— पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदीलाई कोरोना संक्रमण देखिएको छ । अफ्रिदीले शनिबार ट्विट गर्दै आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

४० वर्षिय अफ्रिदी पाकिस्तानबाट कोरोना संक्रमण देखिने दोस्रो क्रिकेट खेलाडी हुन् । यस अघि पाकिस्तानका ब्याट्सम्यान तउफिक उमरलाई कोरोना संक्रमण देखिएको थियो । उमर यसै साता कोरोनामुक्त भई सकेका छन् । ‘मैले बिहीबार देखि अस्वस्थ महसुस गरेको थिए । मेरो शरीरमा दुखाई महसुस भई रहेको थियो । मैले स्वास्थ्य परिक्षण गर्दा दुर्भाग्य कोरोना संक्रमण देखिएको छु, ‘उनले ट्विट गरेका छन् ।
पाकिस्तानका एक सर्वाधिक सफल अलराउन्डर अफ्रिदीले २७ टेष्ट, ३ सय ९८ ओडिआई ९९ सय टि ट्वान्टी आई खेलेका छन् । उनले १ हजार ७ सय १६ टेष्ट, ८ हजार ६४ ओडिआई र १ हजार ४ सय १६ टि ट्वान्टी आई रन बनाएका छन् । लेग स्पिन बलिङ गर्ने अफ्रिदीले ४८, ३ सय ९५ र ९८ विकेट क्रमश स् टेष्ट, ओडिआई र टि२० आईमा लिएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]