6 years ago
June 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम लकडाउनका बीचमा पुनः सुरु भइसकेको छ ।

कोरोना भाइरस कोडिभ १९ को न्यूनिकरणका लागि सरकारले चैत ११ मा लकडाउन सुर गरेको थियो। त्यसको २ दिन अघि बाटै रंगशाला निर्माणको काम रोकिएका थियो । तर, फाउन्डेसनले बैशाख २० गते देखि आंशिक रुपमा काम सुरु गरेको थियो । यहि बीचमा फाउन्डेसनले रंगशालाको खर्च विवरण पनि सार्वजनिक गरेको छ ।
२०७५ देखि २०७७ साल जेठ २५ गतेसम्मको प्राप्त सहयोग रकम सार्वजनिक गरेको छ । फाउन्डेसनका अनुसार हालसम्म ११ करोड ३७ लाख ५० हजार ४ सय रुपैयाँ रंगशालामा निर्माणका लागि संकलन भएको छ । तर संकलन भए भन्दा बढी खर्च भएको फाउन्डेसनले विज्ञप्तीमार्फत जनाएको छ । हालसम्म १४ करोड ५२ लाख ९९ हजार २ सय रुपैयाँ खर्च भई सकेको बताइएको छ। त्यसअनुसार ३ करोड १५ लाख ४८ हजार ९ सय ९८ रुपैयाँ संकलन भन्दा बढी खर्च भएको छ ।

रंगशालाको मैदानको काम झन्डै ८० प्रतिशत सम्पन्न भइसकेको बताएको छ । भरतपुर नगरपालिकासँग जग्गा सम्झौतामा लिएपछि रंगशालाको निर्माण काम अघि बढेको हो । रंगशाला निर्माणका लागि झन्डै ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त सम्पुर्ण रकम फाउन्डेसनले जनस्तरबाट उठाएर निर्माण गर्ने लक्ष्य लिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]