6 years ago
June 20, 2020
एजेन्सी — इन्डियन प्रिमियर लिग (आइपिएल) ले चिनियाँ कम्पिनको प्रायोजनबारे समिक्षा गर्ने भएको छ । सोमबार सीमाक्षेत्र लद्दाखमा भएको झडपमा चिनिया सैनिकको आक्रमणमा परि २० भारतीय सैनिकको मृत्यु भएपछि भारतमा आइपिएलले चिनिया प्रायोजन प्रयोग गर्न नहुने भन्दै आवज उठेको थियो ।

आइपिएलले एक ट्वीट गर्दै प्रायोजन बारे छलफल गर्न अर्को हप्ता बैठक बोलाएको छ । आइपिएलमा चिनियाँ कम्पिनको लगानी रहेका तीन प्रायोजन रहेका छन् । स्मार्टफोन भिभो मुख्य प्रायोजक रहेको छ । सन् २०१८ मा बिसिसीआईले भिभोसँग पाँच वर्षको लागि सम्झौता गरेको थियो । पाँच वर्षका लागि भिभोले बिसिसीआईलाई प्रायोजन वापत २,१९९ करोड भारतीय रुपैयाँमा दिने सहमत भएको थियो ।
त्यस्तै अर्को कम्पिनी अलीबाबाको लगानी रहेको पेटिएम आइपिएलमा अफिसियल अम्पायर पार्टनरको रुपमा रहेको छ । त्यस्तै चिनिया इन्टरनेटसँग जोडिएको ड्रिम११ आइपिएलमा अनलाइन फ्यान्टसी पार्टनर रहेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) का कोषध्यक्ष अरुण धूमलको अनुसार कुल सम्झौताको ४२ प्रतिशत करमार्फत रकम भारतीय सरकारलाई जाने गर्दछ । लद्दाखमा भएको उक्त झडपको असर आइपिएल प्रायोजनमा पनि देखिएन गएको हो ।

यस वर्ष आइपिएल हुने वा नहुने अन्यौल छ । कोरोना भाइरसको महामारीको कारण वैशाखमा अनिश्चित समय सम्मको लागि आइपिएल सरेको थियो । अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा टि२० विश्वकप नभएको खण्डमा बिसिसीआई आइपिएल गर्ने तयारीमा छ । टि२० विश्वकप तोकिएकै समयमा भएको खण्डमा भने यो वर्ष आइपिएल हुने सम्भावना न्युन छ ।
यो वर्ष आइपिएल नभएमा ४ हजार करोड भारतीय रुपैयाँ बिसिसीआईलाई घाटा लाग्ने छ । अर्कोतर्फ आइपिएल यो वर्ष भारत वाहिर हुने सम्भावना छ । आइपिएल गर्न श्रीलंका क्रिकेट बोर्ड र संयुक्त अरब इमिरेट्स क्रिकेट बोर्ड (यूएई) बिसिसीआईसँग प्रस्ताव राखिसकेका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]