default_image

5 years ago

June 22, 2020

२०२० मा सन्न्यास लिन सक्ने पाँच महान क्रिकेटर

154 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

कोरोना भाईरस (कोभिड१९) को कारण २०२० मा इतिहासकै सबैभन्दा बढी समयसम्म क्रिकेट गतिविधी शून्य हुन पुग्यो । मार्च १३ देखि जुलाई पहिलो साता सम्म अन्तर्राष्ट्रिय क्रिकेट नहुने निश्चित छ ।

पछिल्लो समय अन्तिम पटक मार्च १३ मा न्युजिल्यान्ड र अष्ट्रेलिया दर्शक विनाको रंगशालामा एकदिवसिय खेल खेलेका थिए । जुलाई ८ मा वेस्टइन्डिज र इंग्ल्यान्डबीच पहिलो टेष्टसँगै अन्तर्राष्ट्रिय क्रिकेट फर्कने छ । उक्त तीन टेष्ट सिरिजको लागि वेस्ट इन्डिजको टोली एक महिना अघिनै इंग्ल्यान्डमा आइपुगेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट टोली अभ्यासमा फर्किन थालेका छन् । इंग्ल्यान्ड, वेस्टइन्डिज, श्रीलंका, जिम्बावे लगायतका देश अभ्यास व्यस्त हुँदा अन्य टेष्ट टोली पनि त्यसको तयारीमा छन् । यसवर्ष सबैभन्दा ठूलो प्रतियोगिता टि२० विश्वकप हो । अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने उक्त टि२० विश्वकप समयमै हुने वा नहुने भने अनिश्चित छ । आइसिसी र क्रिकेट अष्ट्रेलिया सकभर समयमै विश्वकप गर्न चाहान्छन् ।

धेरै खेलाडी यसैवर्ष हुने टि२० विश्वकप खेल्दै सन्न्यास लिन चाहान्छन् । डेढ दशक देखि अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रर्दशन गरि रहेका पाँच महान खेलाडी ढल्कँदो उमेरको कारण क्रिकेट करिअरमा पूर्णविराम लागाउनुपर्ने अवस्थामा पुगेका छन् । अर्थात २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिन सक्ने उच्च सम्भावना भएका पाँच महान खेलाडी ।

५. इमरान ताहिर (दक्षिण अफ्रिका, ४१ वर्ष)

दक्षिण अफ्रिका ४१ वर्षिय स्पिनर इमरान ताहिरले यस अघिनै टेष्ट र ओडिआईबाट सन्न्यास लिइसकेका छन् । अघिल्लो वर्ष इंग्ल्यान्डमा भएको विश्वकपबाट ओडिआईदेखि सन्न्यास लिएका ताहिर टि२० विश्वकप खेल्ने आशामा छन् । तर दक्षिण अफ्रिका विश्वकप टोलीमा स्थान बनाउन भने उनलाई सहज देखिदैन ।

ताहिरले दक्षिण अफ्रिकाबाट २० टेष्ट, १ सय ७ ओडिआई र ३८ टि२० आई खेलेका छन् । ताहिरले ५७ टेष्ट, १ सय ७३ ओडिआई र ६३ टि२० आई विकेट लिएका छन् । ताहिरले अन्तर्राष्ट्रिय खेल सुरु गर्न ढिला गरेका थिए । सन् २०११ मा अष्ट्रेलियाविरुद्ध टेष्ट, वेस्ट इन्डिजविरुद्ध ओडिआई र सन् २०१३ मा श्रीलंकाविरुद्ध टि२० आईमा डेब्यु गरेका थिए ।

४. शोएब मलिक (पाकिस्तान, ३८ वर्ष)

पाकिस्तानका एक सफल अलराउन्डर तथा पूर्वकप्तान शोएब मलिक सन् १९९९ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका छन् । दुई दशक भन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका मलिकले टेष्टबाट सन् २०१५ मै सन्न्यास लिएका थिए । मलिकले पाकिस्तानबाट ३५ टेष्ट, २ सय ८७ ओडिआई र १ सय १३ टि२० आई खेलेका छन् । मलिकले १९९९ मा वेस्ट इन्डिजविरुद्ध ओडिआईमा डेब्यु गरेका थिए ।

सन् २००१ मा टेष्टमा बंगलादेशविरुद्ध र २००६ मा इंग्ल्यान्डविरुद्ध टि२० आईमा डेब्यु गरेका थिए । मलिक टि२० आई सर्वाधिक खेल खेल्ने खेलाडी पर्दछन् । अगामी सेप्टेम्बर–अगष्टमा पाकिस्तानले इंग्ल्यान्डमा समान तीन टेष्ट र टि२० आई सिरिज खेल्दै छ । त्यसको लागि मलिक पनि उक्त टोलीमा छन् । उक्त इंग्ल्यान्ड भ्रमणमा मलिक भन्दापछि पाकिस्तानको क्रिकेट टोलीबाट खेल्न सुरु गरेका पूर्व कप्तान मिस्बाह उल हक प्रमुख प्रशिक्षक तथा छनोट कर्ता हुँदा युनिस खान ब्याटिङ प्रशिक्षक छन् ।

मलिकले यो वर्ष हुने टि२० विश्वकप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउन चाहान्छन् । पछिल्लो समय मलिकले पाकिस्तानको टोलीमा नियमित स्थान बनाउन सकि रहेका छैनन् । त्यसैले यो वर्ष टि२० विश्वकप नभएपनि मलिकले ढल्किँदो उमेरको कारण २०२१ म पाकिस्तानको टोलीमा मौका पाउने सम्भावना न्युन रहन्छ ।

३. क्रिस गेल (वेस्ट इन्डिज, ४० वर्ष)

वेस्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल पनि अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविरामको संघारमा छन् । वेस्ट इन्डिजका एक सफल ब्याट्सम्यान गेलले १ सय ३ टेष्ट, ३ सय १ ओडिआई र ५८ टि२० आई खेलेका छन् । विष्फोटक ब्याट्सम्यान क्रिस गेलपनि यसवर्ष हुने टि२० विश्वकप खेल्दै सन्न्यास लिन चाहान्छन् । गेलले सन् १९९९ मा भारतविरुद्ध ओडिआईमा डेब्यु गरेका थिए ।

ओडिआईमा २५ शतक, ५४ अर्ध शतक सहित कुल १० हजार ४ सय ८० रन बनाउनुको साथै १ सय ६७ विकेट लिएका छन् । ढल्कँदो उमेरको कारण गेलले पछिल्लो एक वर्षमा वेस्ट इन्डिजको टोलीमा नियमित स्थान बनाउन संघर्ष गर्नुपरेको छ । गेल २०१९ अगष्ट ओडिआई तथा टि२० आईमा मार्चदेखि वेस्ट इन्डिजको टोलीमा छैनन् । गेलले यस वर्ष हुने टि२० विश्वकपपछि भने अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने बलियो सम्भावना देखिन्छ ।

२. लासिथ मलिङ्गा (श्रीलंका, ३६ वर्ष)

श्रीलंका टि२० क्रिकेट टोलीका कप्तान तथा तीव्र गतिका बलर लासिथ मलिङ्गाले अघिल्लो वर्ष बंगलादेशविरुद्ध खेल्दै ओडिआईबाट सन्न्यास लिएका थिए । मलिङ्गा टि२० आईमा एक सय विकेट लिने पहिलो बलर हुन् । मलिङ्गाले आफ्नो कप्तानीमा श्रीलंकालाई सन् २०१४ मा टि२० विश्वकप जिताएका थिए ।

मलिङ्गाले ३० टेष्टमा १ सय १, २ सय २६ ओडिआईमा ३ सय ३८ र ८४ टि२० आईमा १ सय ७ विकेट लिएका छन् । सन् २०१० मानै टेष्ट खेल्न छोडेका योर्कर किंग मलिङ्गा यसैवर्ष हुने टि२० विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउन चाहान्छन् ।

१. महेन्द्र सिंह धोनी (भारत, ३८ वर्ष)

भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान महेन्द्र सिंह धोनी विश्व क्रिकेटकै एक सफल कप्तान तथा सर्वोत्कृष्ट विकेटकिपर फिनिसर हुन् । धोनीले गतवर्ष एकदिवसिय विश्वकपमा सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध अन्तिम खेल खेलेका थिए । धोनी टि२० आई, एक दिवसिय र च्याम्पियन्स ट्रफी जित्ने एक्लो कप्तान हुन् । धोनीले ९० टेष्ट, ३ सय ५० ओडिआई र ९८ टि२० आई खेल खेलेका छन् ।

धोनीले यसवर्ष टि२० विश्वकप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिन चाहान्छन् । ऋषभ पन्त, लोकेश (केएल) राहुल, सञ्जु स्यामसन लगायतका युवा विकेटकिपर हुँदा यो वर्ष टि२० विश्वकप नभएको खण्डमा भारतीय टोलीमा ढल्किँदो उमेरको कारण धोनीको सम्भावना निकै न्यून देखिन्छ । यस वर्ष टि२० विश्वकप तोकिएकै समयमा भएमा धोनीले टि२० विश्वकप खेल्दै सन्न्यास लिने लक्ष्य राखेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.