5 years ago
June 23, 2020
एजेन्सी– पाकिस्तान क्रिकेट टोलीका तीव्र गतिका बलर हरिस रउफ सहित तीन क्रिकेटरलाई कोरोना संक्रमण देखिएको छ ।

सोमबार पाकिस्तान क्रिकेट बोर्डले इंग्ल्यान्ड भ्रमण तयारीमा रहेका रउफ सहित युवा स्पिनर सादब खान र ओपनर ब्याट्सम्यान हैदर अलीलाई कोरोना संक्रमण देखिएको जनाएको छ । पाकिस्तानले आइतबार खेलाडीमा परिक्षण गरेको थियो । योसँगै पाकिस्तानमा कोरोना संक्रमण देखिने क्रिकेट खेलाडीको संख्या पाँच पुगेको छ ।
यसअघि पूर्वकप्तान शाहिद अफ्रिदीलाई कोरोना संक्रमण देखिएको थियो । पूर्व ब्याट्सम्यान तउफिक उमरले भने कोरोनाविरुद्धको लडाईं जितिसकेका छन् ।
पाकिस्तान यसै साता तीन टेष्ट र तीन टि२० आई सिरिजको लागि इंग्ल्यान्ड भम्रणमा जाने तयारीमा रहेको छ । अगष्ट र सेप्टेम्बरमा सिरिज खेल्ने कार्यक्रम छ । जसको लागि केहि साता अघि पाकिस्तानले २९ सदस्य टोली घोषणा गरेको थियो । तीन युवा खेलाडीलाई कोरोना संक्रमण देखिएसँगै इंग्ल्यान्ड जान लागेको पाकिस्तानलाई ठूलो धक्का लागेको छ ।
१९ वर्षिय हैदर युवा ओपनर ब्याट्सम्यान हुन् । घरेलु र उमेर समुहमा उत्कृष्ट प्रर्दशन गर्दै पहिलो पटक पाकिस्तानको सिनियर टोलीमा परेका थिए । यता रउफ अष्ट्रेलियाको चर्चित बिग ब्यास लिगमा गत सिजनमा मेलबर्न स्टार्सबाट उत्कृष्ट प्रर्दशन गर्दै जनवरीमा बंगलादेशविरुद्ध डेब्यु गरेका थिए ।
नेपाली युवा स्पिनर सन्दीप लामिछानेसँगै मेलबर्न स्टार्सबाट खेल्दै रउफले १० खेलमा २० विकेट लिएपछि पाकिस्तानको टोलीमा मौका पाएका थिए । रउफले पाकिस्तानबाट २ टि२० आई खेलेका छन् । २१ वर्षिय अलराउन्डर सादब खान पाकिस्तानका प्रमुख सदस्य हुन् । उनले ५ टेष्ट, ४३ ओडिआई र ४० टि२० आई खेलेका छन् ।
शनिबार बंगलादेशका पूर्वकप्तान मशराफे विन मोर्तजा सहित बायाँ हाते स्पिनर नाजमुल इस्लाम र पुर्व ओपनर ब्याट्सम्यान नसीफ इकवालमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]