5 years ago
June 23, 2020
एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका ओपनर फखर जमान सहित थप ७ जनामा कोरोना संक्रमण भेटिएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले मंगलबार जमानसँगै, अनुभवी ब्याट्सम्यान मोहम्मद हफिज, इमरान खान, कशिफ भाट्टी, मोहम्मद हुसैन, मोहम्मद रिजवान र वहाव रियाजमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । दोस्रो परिक्षणमा ७ जना खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।
योसँगै पाकिस्तान क्रिकेट टोलीमा कोरोना संक्रमण देखिने खेलाडीको संख्या १२ पुगेको छ । सोमबार पहिलो परिक्षणमा तीव्र गतिका बलर ह्यारिस रउफ सहित युवा स्पिनर सादब खान र ओपनर ब्याट्सम्यान हैदर अलीलाई कोरोना संक्रमण देखिएको थियो । यसअघि पूर्वकप्तान शाहिद अफ्रिदीलाई कोरोना संक्रमण देखिएको थियो । पूर्व ब्याट्सम्यान तउफिक उमरले भने कोरोनाविरुद्धको लडाईं जितिसकेका छन् ।
पाकिस्तान यसै साता तीन टेष्ट र तीन टि२० आई सिरिजको लागि इंग्ल्यान्ड भम्रणमा जाने तयारीमा रहेको छ । अगष्ट र सेप्टेम्बरमा सिरिज खेल्ने कार्यक्रम छ । जसको लागि केहि साताअघि पाकिस्तानले २९ सदस्य टोली घोषणा गरेको थियो । २९ खेलाडी मध्य १० खेलाडीमा कोरोना संक्रमण देखिएसँगै पाकिस्तानको इंग्ल्यान्ड भ्रमणको सम्भावना न्युन बनेको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]