default_image

5 years ago

June 23, 2020

डेब्युमा खाता नखोली आउट हुने ६ नेपाली क्रिकेटर

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हरेक खेलाडीको पहिलो सपना आफ्नो राष्ट्रबाट खेल्ने हुन्छ । देशबाट खेलेपछि हरेक खेलाडीले निरन्तर राम्रो प्रर्दशनका साथ नियमित टोलीमा पर्ने लक्ष्य बोकेको हुन्छ ।

विशेषगरि खेलाडीले डेब्यु खेलमा उच्च प्रर्दशन गर्दै आफ्नो क्षमता देखाउन चाहन्छन् । तर सबैको उक्त सपना पूरा हुँदैन । प्रतिभा भएका सबै खेलाडीले डेब्यु खेलमा उत्कृष्ट प्रर्दशन गर्न सक्छन् भन्ने हुँदैन । थुप्रै महान क्रिकेटर मध्य कसैले डेब्यु खेलमा शतक प्रहार गरेका छन् भने कुनै शून्यमा पनि आउट भएका छन् ।

भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्र सिंह धोनी सन् २००४ मा ओडिआईमा बंगलादेशविरुद्ध डेब्यु खेलमा शुन्यमा आउट भएका थिए । विश्व क्रिकेटकै सर्वाधिक सफल ब्याट्सम्यान मानिने सचिन तेन्दुलकर पनि ओडिआई डेब्यु खेलमा शुन्यमा आउट भएका थिए । सचिन सन् १९८९ मा पाकिस्तानविरुद्ध ओडिआईमा शुन्यमा आउट भएका थिए । यसले क्षमतावान् खेलाडीले डेब्यु खेलमै उत्कृष्ट प्रर्दशन गर्छनै भन्ने हुँदैन भन्ने राम्रो उदाहरण दिन्छ ।

डेब्यु खेलको केहि दबाब पनि हुने हुँदा सबै खेलाडीले सोचे अनुसार प्रर्दशन गर्न सक्दैनन् । नेपाली क्रिकेट टोलीका ६ खेलाडी जो टि२० आई र ओडिआई डेब्यु खेलमा शुन्यमा आउट भएका थिए ।

६. नरेश बुढाएर (ब्याट्सम्यान)

राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान नरेश बुढाएर सन् २०१४ मा बंगलादेशमा भएको टि२० विश्वकप खेलमा हङकङरुद्ध टि२० आईमा डेब्यु खेलमा शून्यमा आउट हुन पुगेका थिए । १९ औं ओभरको पाँचौ बलमा नरेशलाई हङकङका हसीब अमजदले बोल्ड आउट गरेपछि डेब्यु विश्वकप र टि२० आई खेलमा खाता नखोली पेभिलिएन फर्किनुपरेको थियो । २८ वर्षीय नरेश पछिल्लो समय क्यानडामा छन् ।

५. शक्ति गौचन (स्पिनर)

shakti gauchan

नेपाली क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन पनि टि२० विश्वकप २०१४ मा हङकङविरुद्ध टि२० आई खेलमा शुन्यमा आउट भएका थिए । शक्ति अन्तिम बलमा रन आउट हुन पुगेका थिए । अन्तिम बलमा मौका पाएका शक्तिलाई हसीब अमजदले रन आउट गराएपछि शुन्यमा पेभिलिएन फर्किनु परेको थियो । सन् २०१८ मा नेदरल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा डेब्यु गर्दै शक्तिले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।

४. आरिफ शेख (ब्याट्सम्यान)

युवा ब्याट्सम्यान आरिफ शेख सन् २०१८ मा नेदरल्याड्सविरुद्ध ओडिआई डेब्यु खेलमा शुन्यमा आउट भएका थिए । आरिफलाई नेदरल्यान्डका मिचेल रिपनले २० औं ओभरको चौथो बलमा वेस्ले ब्यारेसीबाट क्याच गराउँदै शुन्यमा पेभिलिएन फर्काएका थिए । २२ वर्षिय आरिफ नेपाली क्रिकेट टोलीका ठूलो सम्भावना बोकेका युवा ब्याट्सम्यान हुन् । आरिफ हाल मध्यक्रमका प्रमुख ब्याट्सम्यान मानिन्छन् ।

३. वसन्त रेग्मी (स्पिनर)

अनुभवी स्पिनर वसन्त रेग्मी ओडिआई डेब्यु खेलमा शुन्यमा आउट हुन पुगेका थिए । नेदरल्यान्ड्सविरुद्धको पहिलो ओडिआई खेलमा वसन्त शुन्यमा आउट भएका थिए । सीलारको बलमा सट खेल्ने क्रममा शेन सेन्टरबाट क्याच हुँदै ९ बलमा शुन्यमा पेभिलिएन फर्केका थिए । ढल्किँदो उमेरको कारण पछिल्लो समय टोली बाहिर रहेका वसन्त सन्न्यासको संघारमा छन् ।

२. करण केसी (तीव्र गतिका बलर)

तीव्र गतिका बलर करण केसी पनि नेदरल्यान्ड्सविरुद्धको ओडिआई खेलमा शुन्यमा आउट भएका थिए । करणलाई ३६ औं ओभरको तेस्रो बलमा फ्रड क्लासेनले विकेटकिपर स्कर्ट एड्वार्ड्सबाट क्याच गराएपछि शुन्यमा आउट भएका थिए । करणले सोमपाल कामीको जोडीको रुपमा टोलीमा निरन्तर स्थान बनाउँदै उच्च प्रर्दशन गर्दै आएका छन् । करण तल्लोक्रममा आक्रामक ब्याटिङका लागि माहिर छन् ।

१. सोमपाल कामी (अलराउन्डर)

तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी नेदरल्यान्ड्ससँगको पहिलो ओडिआई खेलमा शुन्यमा आउट भएका थिए । सोमपाललाई २३ औं ओभरको तेस्रो बलमा सीलारले एलविडब्लू आउट गरेपछि ९ बलमा शुन्यमा पेभिलिएन फर्किनु परेको थियो । उक्त खेल नेपालले ५५ रनले पराजित भएको थियो । तर नेदरल्यान्ड्ससँगको दोस्रो खेलमा भने सोमपालले ४६ बलमा ३ छक्का र ५ चौका सहित ६१ रनको उत्कृष्ट इनिङ खेल्दै नेपाललाई १ रनको रोमाञ्चक जित दिलाउन महत्वपूर्ण योगदान दिएका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.