9 years ago
August 15, 2016
वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले आठौं खेलमा नेदरल्याण्डलाई १९ रनले पराजित गरेको छ।

पहिलो ब्याटिङ्ग गर्दै निर्धारित ५० ओभरमा २१७/९को स्कोर बनाएको नेपालका लागि कप्तान पारस खड्काले ९४ बलमा ८४ रनको उत्कृष्ट पारी खेलेका थिए। नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ३९ र सागर पुनले ४५ रन बनाएका थिए। बिनोद भण्डारी १७रनमा अविजित रहे।
२१८ रनको लक्ष्य पछ्याएको डच टोली पुरा खेल अवधिभर दवावमा रह्यो। नेपालले प्रयोग गरेका छ जना बलरले नै विकेट लिएपछि उनिहरुको पारी सम्हालिन सकेन। रोलफ भ्यान डर मर्वले अर्धशतक बनाए भने डाउड (३५), ग्रुजिटर्स (४४) र भ्यान डर ग्युटन (३६)ले पनि मह्तवपुर्ण योगदान दिए। तर डच टोलीको पारी ४८.३ ओभरमा १९८ रनमा अड्कियो र नेपालले तेश्रो जित हात पार्यो।
नेपालका लागि सोमपाल, पारस र वसन्तले २-२ विकेट लिए भने सागर, शक्ति र सन्दिपले १-१ विकेट लिए।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]