default_image

5 years ago

June 25, 2020

क्रिकेट टोलीको प्रशिक्षण थाल्ने क्यानको तयारी

243 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको प्रशिक्षण यसै महिनादेखि थाल्ने तयारी गरेको छ ।

असार तेस्रो वा चौथो साता देखि प्रशिक्षण गर्ने तयारीमा रहेको क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रशिक्षण सुरु गर्न अनुमति दिन पत्र पठाएको स्रोतले जनाएको छ । क्यानले राखेपबाट अनुमति प्राप्तसँगै प्रशिक्षण थाल्ने छ ।

‘राखेपलाई प्रशिक्षण अनुमतिको लागि पत्र पठाएका छौं । राखेपले निर्देशन दिने छ । हामीले यस अघिनै गरेको निर्णयलाई औपचारिक रुपमा पत्र पठाएका हौं । राखेपले जे निर्णय दिन्छ त्यसमा भर पर्छ । खेलाडीको पिसिआर परिक्षण सरकार, क्यान वा राखेप कस्ले गर्ने राखेपले प्रष्ट पार्नेमा आशावादी छौं’, स्रोतले भन्यो ।

पूर्वकप्तान पारस खड्का लगाएतका केहि खेलाडीले व्यक्तिगत रुपमा कीर्तिपुरमा रहेको इन्डोरमा प्रशिक्षण गर्न थालिसकेका छन् । खेलाडी तीन महिना देखि प्रशिक्षण गरेका छैनन् । जसले गर्दा क्यानको ध्यान प्रशिक्षण कसरी सुरु गर्नेमा रहेको छ ।

क्यानको आफ्नो एकल निर्णयमा प्रशिक्षण सुरु गर्न सक्दैन । त्यसैले सरकारको अनुमतिको पर्खाईमा छ । २०–२२ जना खेलाडीलाई समुह र समय विभाजन गरेर प्रशिक्षण सुरु गर्ने क्यानले योजना र खाका तयार पारेका छ । क्यानले इन्डोरमा कीर्तिपुरमै प्रशिक्षण गराउने जनाएको छ ।

भदौ अघि सम्म नेपालमा कुनै विदेशी प्रशिक्षक नआउने निश्चित छ । क्यानले कोरोनाको अवस्थामा हेरेर मात्र घरेलु प्रतियोगिता सुरुचारु गर्ने जनाएको छ । भदौ अघि कुनै घरेलु प्रतियोगिताको सम्भावना पनि छैन । त्यसपछि नेपालमा कोरोनाको अवस्था हेरेर सुरु गर्ने छ । नेपालले पछिल्लो पटक अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता फागुन १७ देखि २३ सम्म थाईल्यान्डमा एसिसी इस्टर्न रिजन २०२० प्रतियोगिता खेलेको थियो ।

धेरै खेलाडी उपत्यका बाहिर रहेको बुझिएको छ । तीन महिना भन्दा बढी समय प्रशिक्षण बिहिन खेलाडी पनि अभ्यासमा फर्किन आतुर छन् । तर बढ्दो कोरोना संक्रमणले भने चिन्ता थप्न थालेको छ । नेपालमा बिहीबार सम्म १० हजार भन्दा बढी संक्रमित भेटिदा २४ जनाको मृत्यु भई सकेको छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.