default_image

5 years ago

June 26, 2020

नेपाली ब्याटिङको भविष्य मानिएका पाँच खेलाडी

217 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेट टोलीको प्रमुख समस्या ब्याटिङ हो । ब्याटिङ पक्ष्य बलियो हुने हो भने विश्व क्रिकेटमा नेपालले धेरै फड्को मार्नेमा दुईमत छैन । तर सिमित खेलाडीमा निर्भर ब्याटिङ इतिहास देखिनै टाउको दुखाईको विषय बन्दै आएको छ ।

पछिल्लो एक दशक नेपाली ब्याटिङ पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरमा बढि निर्भर रह्यो । पछिल्लो तीन–चार वर्षयता ब्याटिङमा युवा खेलाडीले सम्भावना र आशा देखाउन थालेका छन् । तर एकरुपता र क्षमता अनुसारको प्रर्दशन गर्न भने संघर्षरत छन् । अर्कोतर्फ युवा खेलाडीमा गैरजिम्मेवार प्रर्दशन पनि बढ्न थालेको देखिन्छ । जुन प्रमुख चिन्ताको विषय हो ।

पछिल्लो पाँच वर्षमा ओडिआई मान्यता नेपालको सवैभन्दा ठूलो सफलता हो । नेपालले पछिल्लो पाँच वर्षमा युवा खेलाडीलाई धेरै मौका दिएको छ । तर धैर्यता भने देखाउन सकेको छैन । युवा खेलाडी तयार हुन अझैं केहि समय लाग्ने देखिन्छ । युवा खेलाडीलाई खेलको अनुभव जतिधेरै दिन सकिन्छ त्यतिनै नेपालको ब्याटिङमा सुधार हुने देखिन्छ ।

कमजोर ब्याटिङ हुनुमा खेलाडीलाई मात्र दोष दिन मिल्दैन । कमजोर घरेलु संरचना, प्रतियोगिता, नेतृत्व लगायतका थुप्रै कुरा त्यो भन्दा अझ बढी जिम्मेवार रहन्छन् । हालसम्म उमेर समुह, सिनिय टोली, घरेलु प्रतियोगिता, प्रर्दशन गर्न सक्ने क्षमता, प्रतिभा र सम्भावनालाई हेर्दा यी पाँच युवा खेलाडी नेपाली ब्याटिङको भविष्य देखिन्छन् ।

५. रित गौतम

यू१९ का कप्तान रित गौतम उमेर समुहमा कीर्तिमानी प्रर्दशन गर्ने ब्याट्सम्यान हुन् । ओपनर ब्याट्सम्यान रित नेपालबाट यू१६ र यू१९ अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् । रितले एसिसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सिंगापुरविरुद्ध १ सय १५ रन र २०१७ मा यू१६ इस्टर्न रिजनमा म्यानमारविरुद्ध १ सय ६ रनको अविजित शतकीय इनिङ खेलेका थिए । यसले उनको क्षमता र सम्भावना प्रष्टाउँछ ।

उमेर समुहमा रितले निरन्तर राम्रो प्रर्दशन गर्दै आएका छन् । दबाबमा धैर्यताका साथ ब्याटिङ गर्ने रित आफ्नो विकेट सहजै गुम्न दिदैनन् । क्रिजमा डटेर बलरको सामना गर्दै दबाबमा पनि रन जोड्न सिपालु छन् । घरेलु क्रिकेट बागमती प्रदेशबाट खेल्ने रित ५० ओभरका खेलमा अझ बढी उपयोगी खेलाडी मानिन्छन् । टि२० फ्रेन्चाइज लिगमा भने रित डेब्युको पर्खाईमा छन् ।

रित सिनियर टोलीको बन्द प्रशिक्षणबाट बाहिरिंदै आएका छन् । नेपाली क्रिकेटमा ओपनिङ परम्परा समस्या बन्दै आएको छ । रितले उमेर समुहको लयलाई निरन्तरता दिन सके सिनियर टोलीको ढोका टाढा देखिदैन । रितलाई दीर्घकालिन ओपनरको रुपमा समेत हेरिएको छ । त्यसको लागि रितले आफ्नो प्रर्दशनमा अझ सुधार गर्दै जिम्मेवारका साथ ब्याटिङ गर्न आवश्यक देखिन्छ ।

४. लोकेश बम

युवा ब्याट्सम्यान लोकेश बमले घरेलु क्रिकेट र उमेर समुहमा राम्रो प्रभाव छोडिसकेका छन् । लोकेशले ओपनर र फिनिसर दुबैमा ब्याटिङ गर्ने गर्दछन् । लोकेश विशेष त टि२० शैलीमा बढी उपयोगी हुने खेलाडी हुन् । विकेटकिपर समेत रहेका लोकेशले उमेर समुह र घरेलु क्रिकेटमा राम्रो सम्भावना देखाई सकेका छन् ।

लोकेशले गत सिजनको पोखरा प्रिमियर लिग (पिपिएल) मा विराटनगर टाइटन्सबाट फ्रेन्चइज लिगमा डेब्यु गर्दै उत्कृष्ट प्रर्दशन गरेका थिए । लोकेशले चितवन राइनोजविरुद्ध ३६ बलमा ६२ रन जोड्दै सबैको मन जितेका थिए । पिपिएलमा विराटनगरलाई फाइनलसम्म पुर्याउन महत्पूर्ण योगदान दिएका लोकेश मोष्ट भ्यालुबल खेलाडी चुनिएका थिए ।

घरेलु प्रतियोगितामा सुदूरपश्चिमको जर्सीमा देखिने लोकेशले शीर्षक्रममा ब्याटिङ गर्दै आएका छन् । लोकेशले माघमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेपनि अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । तर आगमी दिनमा सिमियर टोलीमा पर्दै विकेटकिपरको रुपमा लामो यात्रा गर्ने सम्भावना देखिन्छ ।

३. सन्दीप जोरा

सन्दीप जोरा ठूला सट र आक्रामण ब्याटिङ लागि परिचित युवा ब्याट्सम्यान हुन् । जोराले सिनियर टोलीबाट डेब्यु गर्दै विश्व कीर्तिमान रचेका छन् । २०१९ मा युएईविरुद्ध ओडिआई र टि२० आईमा डेब्यु गरेका थिए । डेब्यु टि२० आई खेलमा ५३ रनमा अविजित रहँदै सन्दीप जोराले विश्व कीर्तिमान रचेका थिए । टि२० आईमा सवैभन्दा कम उमेरमा अर्ध शतक प्रहार गर्ने ब्याट्सम्यान बनेका थिए ।

जोरालाई फिनिसरको रुपमा हेरिएको छ । उमेर समुुह र फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशनका साथ सिनियर टोलीमा परेका जोरालाई एकरुपता प्रर्दशन गर्न भने आवश्यक देखिन्छ । एपिएफबाट घरेलु क्रिकेट खेल्ने जोराले आफूलाई अझ तयार पार्दै लाने राम्रो समय छ ।

नेपालमा टि२० शैलीका ब्याट्सम्यान नभएको भन्ने गुनासोलाई जोराले गलत सावित गर्ने अनुमान गरिएको छ । उमेर समुह र सिनियर टोलीमा सुरुवाती प्रर्दशनले जोरालाई नेपाली ब्याटिङमा आगमी दिनको भविष्य देखाउँछ ।

२. कुशल मल्ल

युवा अलराउन्डर कुशल मल्लले नेपाली क्रिकेटमा लामो यात्रा गर्ने सम्भावना देखाई सकेका छन् । बायाँ हाते कुशल मल्ल आक्रामक ब्याटिङ र स्पिन बलिङ गर्ने गर्दछन् । उमेर समुह र घरेलु क्रिकेटमा उत्कृष्ट प्रर्दशनका साथ सिनियर टोलीमा स्थान बनाएका कुशलले गतवर्ष टि२० आईमा जिम्बावेविरुद्ध डेब्यु गरेका थिए ।

उक्त त्रिकोणात्मक सिरिजमा अपेक्षा अनुसार प्रर्दशन गर्न नसके पनि कुशलले माघमा आइसिसी विश्वकप लिग–२ मा भने उच्च प्रर्दशन गर्दै आफूलाई प्रमाणित गरेका थिए । अमेरिकाविरुद्ध ओडिआई डेब्यु खेलमा कुशलले ५१ बलमा ४ चौका र ३ छक्का सहित ५० रन बनाउँदै रोहित कुमार पौडेलको ओडिआईमा कम उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान तोडेका थिए ।

आर्मीबाट घरेलु क्रिकेट खेल्ने कुशलको प्रर्दशन उत्कृष्ट छ । ठूला सट अनि टोलीको आवश्यकता अनुसार खेल्ने कुशल विपक्ष्य ब्याट्सम्यानलाई बलिङमा स्पिन बलमा घुमाउन सक्ने क्षमता पनि राख्दछन् । बायाँ हाते खेलाडी भएको हुँदा रणनितीक हिसाबमा अझ सहज हुने देखिन्छ । १६ वर्षिय कुशलको उमेर बढ्दै जादा प्रर्दशनमा अझ निखार आउने छ ।

कुशल टि२० र ५० ओभर दुबैमा शैली अनुसार उत्कृष्ट प्रर्दशन गर्न सक्ने क्षमता भएका युवा ब्याट्सम्यान हुन् । ५० ओभरको खेलमा मध्यक्रम र टि२० मा ओपनिङ गर्ने गर्दछन् । उनको हालसम्मको प्रर्दशन हेर्दा धेरैले पारस खड्काको सन्न्यास पछि अभाव महसुस हुन नदिने युवा खेलाडी नेपालले पाएको बताउन थालि सकेका छन् ।

१. रोहित कुमार पौडेल

Rohit half century

युवा ब्याट्सम्यान रोहित कुमार पौडेल युवा ब्याट्सम्यानमध्य सर्वाधिक भरपर्दा खेलाडी मानिन्छन् । जिम्मेवारका साथ ब्याटिङ गर्ने रोहितले नेपाललाई ओडिआई मान्यता दिलाउन नामिबियामा २०१८ मा डिभिजन २ र जिम्बावेमा एक दिवसिय विश्वकप छनोटमा महत्वपूर्ण योगदान दिएका थिए । नेपालबाट लिष्ट ए मा २०१८ मा नामिबियाविरुद्ध, ओडिआईमा नेदरल्यान्ड्स र टि२० आईमा २०१९ मा युएईविरुद्ध डेब्यु गरेका थिए ।

रोहितले मध्यक्रममा महत्पूर्ण प्रर्दशन गर्दै आएका छन् । सन् २०१९ मा युएईविरुद्ध दोस्रो ओडिआई खेलमा ५५ रन जोड्दै भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रिदीको कीर्तिमान तोडेका थिए । ओडिआईमा सबैभन्दा कम उमेरमा अर्ध शतक बनाउने कीर्तिमान एक वर्षपछि कुशलले गत माघमा तोडेका थिए ।

जिम्मेवारीपूर्वक ब्याटिङ रोहितको मुख्य विशेषता हो । अर्कोतर्फ आक्रामक र डबल सिंगल दुबै टोलीको आवश्यकता अनुसार खेल्ने गर्दछन् । एक दिवसिय विश्वकप छनोटमा हङकङविरुद्ध उत्कृष्ट प्रर्दशन गर्ने क्रममा ८६ बलमा ५ चौका सहित ४८ रनमा अविजित रहँदै नेपाललाई ५ विकेटको जित दिलाएका थिए ।

रोहितको उक्त ब्याटिङबाट प्रभावित हुँदै अफगानिस्तानका कप्तान अस्गर अफगानले आफ्नो ब्याटनै उपहार दिएका थिए । उमेर समुहमा उत्कृष्ट प्रर्दशन गरेका रोहितलाई मध्यक्रममा नेपाली क्रिकेटको भविष्य र प्रमुख खेलाडीको रुपमा हेरिदै आएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.