default_image

5 years ago

June 29, 2020

कोरोनापछि क्रिकेटमा देखिने पाँच परिवर्तन

153 views

0 Bookmark

एजेन्सी – क्रिकेट इतिहासमा यति लामो समयसम्म शून्य गतिविधि यसअघि कहिल्यै भएको थिएन । मार्च १३ देखियता कोरोना भाइरसको कारण क्रिकेटका सबै अन्तर्राष्ट्रिय प्रतियोगिता, सिरिज र खेल शून्य नै छन् ।

अन्तिम पटक अष्ट्रेलिया र न्युजिल्यान्डबीच तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेल १३ मार्चमा खाली रंगशालामा भएको थियो । तर बाँकी दुई खेल भने स्थगित हुन पुगे । झन्डै चार महिनापछि जुलाई ८ मा इंग्ल्यान्ड र वेस्ट इन्डिजको पहिलो टेष्टसँगै अन्तर्राष्ट्रिय क्रिकेट फर्किंने छ । जसको लागि एक महिना अघिनै वेस्ट इन्डिजको टोली इंग्ल्यान्ड आइपुगेको छ ।

१४ दिनको क्वारेन्टाइन बसाईपछि अभ्यासमा ब्यस्त छ । जुलाई ८ मा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच साउथह्याप्टमा मैदान प्रवेशसँगै विश्वमा क्रिकेटको माहोल र उत्साह पुनः फर्किंने छ । तर कोरोनाले क्रिकेटमा धेरै कुरामा परिवर्तन गराउने छ । खेलाडीको प्रर्दशन स्तर घट्ने आशंका गरिएको छ । कोरोना महामारीपछि अन्तर्राष्ट्रिय फर्किंदा क्रिकेटमा देखिने पाँच परिवर्तनहरु ।

५. हात मिलाउन बन्देज

कोरोना महामारीको कारण खेलाडीहरुले केहि समय अव हात नमिलाई खेल खेल्ने छन् । भद्र भलाद्मी खेलको रुपमा चिनिने क्रिकेटमा अव टसको बीच दुई कप्तान, राष्ट्रिय गानको समय र खेलको नतिजापछि खेलाडीहरुले हात नमिलाई पेभिलिएन फर्किने छन् । खेलाडीको सेलिब्रेसनमा पनि कमि आउने छ । केहि यस्ता विकेट हुँन्छन् जो आउट हुँदा पुरै खेलाडी खुसीले अंगलो मार्ने गर्दछन् ।

अंगालोमार्दा पनि कोरोना सर्ने सम्भावना हुन्छ । कोरोनाअघि दक्षिण अफ्रिका स्पिनर इमरान ताहिरले विकेटपछि मैदान घुम्दैं सेलिबे्रशन गर्दा उनलाई रोक्न र अंगालोमार्न अन्य खेलाडी जाने गर्दथिए । अवस्था यस्तो आउँदै छ, ताहिर अव एक्लै मैदान घुम्नेछन् उनलाई रोक्न कोहि जाने छैनन् ।

४. एक महिना अघि विदेश भ्रमण

कोरोना महामरीको कारण भ्रमणकारी टोली १४ दिन आइसोलेशनमा बस्नैपर्ने हुन्छ । यस अघि एक हप्ताअघि विदेश भ्रमणमा निस्कने टोलीले कम्तिमा २० दिन अगाडि निस्कनुनै पर्ने हुन्छ । अझ केहि अभ्यास खेल खेल्ने टोली एक महिना पहिलेनै अभ्यास भ्रमणमा निस्कने छन् । वेस्ट इन्डिज टोली एक महिना अघिनै इंग्ल्यान्ड आएको थियो ।

त्यस्तै पाकिस्तानको टोली पनि अगष्टमा हुने टेष्ट र टि२० आई सिरिजको लागि इंग्ल्यान्ड एक महिना भन्दा अघिनै आइतबार त्यसतर्फ जादैं छ । जसले कमजोर आर्थिक भएका क्रिकेट बोर्ड संकटमा पर्ने देखिन्छ ।

३.थुक प्रयोगमा प्रतिबन्ध

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बलरलाई थुक प्रयोगमा प्रतिबन्ध लगाएको छ । यसले बलरलाई केहि समय धेरै कठिन र अलमलमा पर्ने छन् । अर्कोतर्फ तीब्र गतिका बलरलाई बल स्विङ नहुने हो की भन्ने चिन्ता छ । बाल्यकाल देखिनै थुक प्रयोग गर्दै आएका बलर यसमा झुक्किने छन् ।

नेपाली समाजमा एउटा उखान छ, ‘लाएको बानी घोएर नजानी’ त्यसैले पहिलो पटक थुक प्रयोग गर्दा बलरलाई कारबाही नगरेर अम्पायरले चेतावनी दिने छ । दुइ चेतावनीपछि पुनः दोहाराएमा भने ५ रन पेनाल्टी लाग्ने आइसिसीले जनाएको छ । यो नियम कोरोना माहामारी अन्त्य नहुन सम्म कायम हुने छ ।

२. खाली रंगशालामा खेल

समर्थकलाई १२ औं खेलाडीको रुपमा लिइन्छ । तर केहि समय अन्तर्राष्ट्रिय क्रिकेट समर्थक विनाको रंगशालामा खेल्नुपर्ने बाध्यता हुने छ । ब्याट्सम्यानले प्रहार गरेको छक्काको बल लिन खेलाडी आफैं प्याराफिटमा खोज्न जानुपर्ने हुन्छ । खेलाडीको आवज रंगशालामा ठोकिने छ ।

खेलाडीलाई घरेलु मैदानमा अवे स्टेडियम जस्तै लाग्ने छ । हजारौं समर्थकको समर्थन विना खेलाडीमा उर्जामा कमी आउन सक्छ । समर्थक वा शुभचिन्तकले केहि समय उक्त खेल टिभी वा अन्य विद्युतीय र इन्टरनेटका माध्यमबाट हेर्नुपर्ने बाध्यता हुने छ ।

१. समर्थकमा सामाजिक दुरी कायम

लामो समय सम्म समर्थक विनाको रंगशालमा क्रिकेट सुचारु गर्दा लोकप्रियतानै गुम्ने डर हुन्छ । हालसम्म कोरोना महामरी अन्त्यको लागि कुनै खोप र औषधी बनेको छैन । तर सुरक्षित रहने थुप्रै उपाय छन् । त्यस मध्य एक प्रभावकारी तरिका सामाजिक दुरी कायम गर्नु हो ।

दुई मिटर टाढा रहँदा कोरोना नसर्ने वैज्ञानीकको अनुमान छ । कोरोना महामारी लामो समय सम्म कायम रहे समर्थकमा सामाजिक दुरी कायम गरि रंगशालामा खेल खेलाउने देखिन्छ । त्यसको लागि खेल सुरुहुनु अघि सबै समर्थकमा सेनिटाइजर प्रयोग र स्वास्थ्य परिक्षण अनिवार्य हुन सक्छ । सामाजिक दुरी कायम गर्दा ५० हजारको दर्शक क्षमताको रंगशालामा १५—२० हजार मात्र अट्न सक्छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.