default_image

5 years ago

July 1, 2020

नेपाली बलिङको भविष्य देखिएका पाँच खेलाडी

317 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

बलिङ नेपाली क्रिकेट टोलीको प्रमुख हतियार हो । नेपालको ईतिहासदेखि हालसम्म उपलब्धीमा बलिङ प्रमुख पक्ष रहँदै आएको छ । कमजोर बलिङको कारण नेपालले थोरै अवसर गुमाएको छ । नेपालको विश्व क्रिकेटमा बनेका कीर्तिमानमा बलिङबाट धेरै छन् ।

वर्तमान समयमा पनि नेपालको बलिङ प्रमुख हतियार रहँदै आएको छ । उमेर समूह र घरेलु प्रतियोगितामा बलरहरुको प्रभाव उत्कृष्ट छ । टोलीमा स्थान बनाउन ब्याट्सम्यानको तुलनामा बलरहरुमा बढि प्रतिस्पर्धा, धैर्यता र संघर्ष गर्नुपर्ने हुन्छ । युवा खेलाडीले बलिङमा राम्रो सम्भावना देखाएका छन् । उनीहरुलाई समय अनुसार तयार पार्न सक्ने हो भने आगमी दिनमा नेपालको बलिङ अझ मजबुत बन्ने देखिन्छ ।

युवा खेलाडीलाई टोलीमा डेब्यु गराउन हतार र धैर्यता देखाउन नसक्ने नेपाली क्रिकेटको समस्या सुधार गर्नैपर्ने देखिन्छ । अन्यथा थुप्रै युवा खेलाडीको प्रतिभा त्यतिकै खेर जान सक्छन् । बलिङको भविष्य मानिएका पाँच युवा खेलाडी, जसले आगमी दिनमा नेपाली क्रिकेटलाई माथिल्लो स्तरमा पुर्याउन सक्ने सम्भावना देखाएका छन् ।

५. सागर ढकाल (स्पिनर)

स्पिनर सागर ढकाल नेपाली क्रिकेटमा राम्रो सम्भावना बोकेका युवा खेलाडी हुन् । गत माघमा अमेरिकाविरुद्ध अभ्यास खेलमा नेपाल ‘ए’ लाई ३७ रनको उत्कृष्ट जित दिलाउन सागरले मुलपानी क्रिकेट मैदानमा ८ ओभरमा ३ मेडन सहित १३ रन खर्चेर ३ विकेट लिएका थिए । उक्त खेलमा १ सय १२ रनको पछ्याएको अमेरिका ३३.२ ओभरमा ७४ रनमा अल आउट भएको थियो ।

गतवर्ष जुलाईमा मलेसियामा एसिसी इस्र्टन रिजन यू१९ प्रतियोगितामा नेपाल च्याम्पियन बन्दा सागर सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । सागरले उक्त प्रतियोगितामा ४ खेलमा १५ विकेट लिएका थिए । उमेर समूह र घरेलु क्रिकेटमा सागरले राम्रो छाप छोड्दैं आएका छन् । नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने सागरले गतवर्ष प्रधानमन्त्री एकदिवसिय राष्ट्रिय प्रतियोगितामा ८ विकेट लिएका थिए ।

गतवर्ष धनगढी प्रिमियर लिगमा महेन्द्रनगर युनाइटेडलाई फाइनलमा पुर्याउन ६ खेलमा ११ विकेट लिदै महत्वपूर्ण प्रर्दशन गरेका थिए । हाल सिनियर टोलीमा सन्दीप लामिछाने, सुशन भारी, ललित नारायण राजवंशी लगायतका स्पिनर हुँदा उनलाई स्थान बनाउन सहज देखिदैन । तर सागर एक राम्रो विकल्प हुन् । सिनियर टोलीको बन्द प्रशिक्षणमा परि सकेका सागरले आफूलाई अन्तिम १४ मा अटाउँन संघर्षरत छन् ।

४. प्रतिस जि.सी.

तीव्र गतिका बलर प्रतिस जि.सी. पनि नेपाली क्रिकेट टोलीमा एक ठूलो सम्भावना बोकेका युवा खेलाडी हुन् । तल्लोक्रममा ठूला सट खेल्न सक्ने क्षमता राख्ने प्रतिसले तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । यू१६ हुँदै हाल यू१९ का प्रमुख सदस्य प्रतिसले टोलीमा औसत प्रर्दशन गर्दै आएका छन् ।

डेढ वर्षदेखि यू१९ टोली बाट खेल्दै आएका प्रतिस सिनियर खेलाडीको कारण केहि ओझेलमा पर्न पुगे । अर्थात टोलीमा परेपनि नियमित प्लेइङ ११ मा परेनन् । तर उनले आफूले पाएको मौकामा भने ब्याटिङ र बलिङ दुबैमा योगदान दिएका छन् । हाल यू१९ का प्रमुख सदस्य प्रतिसले बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । फ्रेन्चाईज लिगमा भने डेब्युको पर्खांइमा छन् ।

प्रतिसको उमेर अनुसार प्रर्दशनमा पनि निखारता आउँने छ । उनलाई त्यसको लागि राम्रो समय छ । प्रतिस औपचारीक रुपमा सिनियर टोलीको बन्द प्रशिक्षण परेका छैनन् । तर सिनियर टोलीलाई नेटमा बलिङ भने गर्दै आएका छन् । उनको प्रतिभा र खेल्ने शैलीलाई हेर्दा नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका युवा खेलाडी देखिन्छन् ।

३. किशोर महतो

तीव्र गतिका बलर किशोर महतो पनि नेपाली क्रिकेटमा एक ठूलो सम्भावना बोकेका युवा खेलाडी हुन् । सोमपाल कामीको अनुपस्थीतिमा गत फागुनमा थाईल्यान्डमा भएको एसिसी इस्र्टन रिजन टि२० प्रतियोगितामा राष्ट्रिय टोलीमा परेपनि डेब्यु भने गर्न पाएनन् । किशोरले घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडि सकेका छन् ।

गत पिपिएलमा विराटनगर टाइटन्सलाई फाइनलमा पुर्याउन महत्वपूर्ण योगदान दिने क्रममा किशोरले ७ खेलमा १० विकेट लिएका थिए । आत्माविश्वासी किशोर दबाबमा पनि उत्कृष्ट प्रर्दशन गर्ने गर्दछन् । पहिलो संस्करणको पिपिएलमा बुटवल ब्लास्टर्सलाई अन्तिम खेलमा १३ रन चाँहिएको अवस्थामा मेडन राख्दै किशोरले राम्रो चर्चा कमाएका थिए ।

गतवर्ष पिएम कपमा किशोरले गण्डकी प्रदेशबाट ४ खेलमा ८ विकेट लिएका थिए । किशोर तल्लोक्रममा ठूला सट पनि खेल्ने गर्दछन् । ब्याटिङमा पनि योगदान दिन सक्ने क्षमता राख्ने किशोरलाई आगमी दिनमा नेपालको बलिङ भविष्य मानिएको छ ।

२. कमलसिंह ऐरी

तीव्र गतिका बलर कमल सिंह ऐरीले सिनियर टोलीमा डेब्यु गरि सकेका छन् । उमेर समूह र घरेलु क्रिकेट प्रतियोगितामा उच्च प्रर्दशन गर्दै नेपाली क्रिकेट टोलीमा ठूलो सम्भावना देखाईं सकेका छन् । कमलले गत माघमा आइसिसी विश्वकप लिग–२ मा ओमानविरुद्ध डेब्यु गरेका थिए ।

नियमित तीव्र गतिका बलर सोमपाल कामी अस्वस्थको कारण कमलले सिनियर टोलीमा मौका पाएका थिए । डेब्यु खेलमा भने अपेक्षा अनुसार प्रर्दशन गर्न सकेनन् । तीन वर्षसम्म यू१९ टोलीको प्रमुख बलर रहेका कमलले फ्रेन्चाइज लिग इपिएल चितवन टाइगर्स, डिपिएल सिवाईसी अत्तरिया र पिपिएल धनगढी एक्स्पर्टबाट राम्रो प्रर्दशन गर्दै आएका छन् ।

अन्य घरेलु क्रिकेट भने एपिएफबाट खेल्ने गर्दछन् । आगमी दिनमा आफ्नो कम्जोरीलाई सुधार गर्दै अघि बढेको खण्डमा कमलको प्रर्दशन पनि उत्कृष्ट हुँदै जाने छ ।

१. राशिद खान

तीव्र गतिका बलर राशिद खान नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका एक युवा खेलाडी हुन् । गत मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद सागमा राशिदले भुटानविरुद्ध डेब्यु गरेका थिए । यू१९ टोलीका प्रमुख सदस्य राशिदले घरेलु क्रिकेट, उमेर समूह र फ्रेन्चाइज लिगमा राम्रो प्रभाव छाडि सकेका छन् ।

पहिलो संस्करणको पिपिएलमा पोखरा पल्टनलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रर्दशन गर्दै राशिद उदयमान खेलाडी घोषित भएका थिए । राशिद तल्लोक्रमा ठूला सट खेल्दै ब्याटिङ इनिङ उकास्ने क्षमता समेत राख्दछन् । पछिल्लो समय नेपाल पुलिसबाट घरेलु क्रिकेट खेल्ने राशिदले राम्रो प्रर्दशन गर्दै आएका छन् ।

गतवर्ष मेरिलेबोन क्रिकेट (एमसीसी) विरुद्ध टि२० खेलमा ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए । घरेलु क्रिकेटमा उच्च प्रर्दशन गरि रहेका राशिदले भुटानसँगको डेब्यु खेलमा भने अपेक्षा अनुसार प्रर्दशन गर्न सकेनन् । राशिदले आफूले आफूलाई तयार पार्ने राम्रो समय छ । उनको हालसम्मको प्रर्दशन र क्षमतालाई हेर्दा नेपाली क्रिकेटमा लामो यात्रा गर्न सक्ने क्षमता भएको युवा बलरको रुपमा हेरिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.