default_image

5 years ago

June 30, 2020

‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भन्दापनि क्रिकेटको विकास गर्ने सोचौं’ – लामा

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का पूर्व सिओओ छुम्बी लामा र मदन भण्डारी क्रिकेट फाउन्डेसनको क्रिकेट विभागका उपाध्यक्ष धर्मराज गिरि क्यानको केन्द्रिय सदस्यमा नियुक्त भएका छन् ।

क्यानको विधान अनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) मार्फत दुई जना प्रतिनिधि केन्द्रीय सदस्य रहने प्रावधान छ । त्यसै प्रावधान अनुसार सदस्य सचिवको असार १० गतेको निर्णयले लामा र गिरीलाई संघमा नियुक्त गरको हो ।

लामाले यसअघि क्यानमा चिफ अपरेटिङ अफिसर (सिओओ) को भूमिकामा काम गरिसकेका छन् । पोखरा प्रिमियर लिग र वुमन्स च्याम्पियन्स लिगको आयोजक क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक समेत रहेका लामा झन्डै एक दशकदेखि क्रिकेटमा रहेका छन् । उनी टंक आङबुहाङको कार्यकालमा पहिलो पटक क्यान प्रवेश गरेका थिए ।

लामाले क्यानको बोर्डमा रहेर आफूले यसअघि व्यवस्थापनमा रहँदा बोकेको अनुभव क्रिकेट विकासमा नै लगाउने बताए । ‘ मैले क्यान र त्यसबाहिर क्रिकेटकै व्यवस्थापनमा रहेर झन्डै १ दशक बिताइसकेको छु । अब बोर्डमा रहेर मैले नेपाली क्रिकेटको नीतिगत तवरबाट विकासमा सहयोग पुर्याउने छु,’ उनले भने ।

लामाले नेपाली क्रिकेटलाई व्यावसायिकतातर्फ लग्न संघको माध्यमबाट सक्दो पहल गर्ने बताए । ‘ हामीले अब क्रिकेटलाई व्यावसायिक बनाउनुपर्छ । क्यान निलम्बनमा रहँदा यसले केहि गति लिएको छ, अब यसैलाई उचित रुपमा नियमन गरेर अगाडी बढ्नुछ,’ लामाले थपे ।

उनले नेपाली क्रिकेटको विकासका लागि महिला र पुरुष दुवैतर्फ ग्रासरुट क्रिकेट पनि बलियो बनाउनुपर्ने बताए । ‘ हाम्रो अबको लक्ष्य भनेको ग्रासरुट क्रिकेट प्रवर्द्धन गर्नु हुनेछ । भविष्यका लागि अहिले देखि नै संघले सोच्नु आवश्यक छ । सबै क्षेत्र र जिल्ला समेटेर ग्रासरुट विकासको कार्ययोजना ल्याउन आवश्यक छ,’ लामाले भने ।

क्यानको निलम्बन फुकुवा भएपनि अझैपनि स्वतन्त्र रुपमा काम गर्न नपाएको कारण नतिजा आउन नसकेको लामाको बुझाइ छ । ‘क्यान निलम्बन फुकुवा भएपनि केहि गरेको नतिजा देखिन्न । त्रिकोणात्मक सिरिजमा पनि आईसीसीकै सहकार्य थियो र सागमा पनि सरकारले नै आयोजना गरेको थियो । अब चाडै क्यानले पूर्ण रुपमा काम गरेर नतिजा ल्याउन लाग्नेछौं,’ उनले थपे ।

लामाले अब व्यक्तिगत रिसराग त्यागेर सबै एकजुट भएर अगाडी बढ्नुपर्ने बताए । ‘अब हामीसँग ३ वर्ष समय छ ।  अहिलेको कठिन परिस्थितिबाट उठेर अगाडी बढ्न सबैको सहकार्य आवश्यक छ । हामीले क्रिकेटको भविष्यको लागि एक भएर अगाडी बढ्नुपर्छ,’ लामाले भने ।

महिलामा डब्लुसीएल र पुरुषमा पिपिएल आयोजना गर्दै आएका लामाले आफू बोर्डमा रहेपनि प्रतियोगिता आयोजना गर्नु सकारात्मक रुपमा लिनुपर्ने बताए । ‘ मैले प्रतियोगिता आयोजना गरेपनि बोर्डमा बसेपनि लक्ष्य क्रिकेट विकास गर्ने नै हो । यदि कसैले क्रिकेटमा लगानी गर्छ र विकासमा लाग्छ भने प्रोत्साहन गर्नुपर्छ,’ उनले थपे, ‘ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भन्ने हुँदैन । अहिले सदस्यसचिव ज्युको पनि फ्रेन्चाइज टिम छ । अन्य पदाधिकारीले पनि आ-आफ्नो क्षेत्रबाट योगदान दिनुभएको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’

गिरी भने लुम्बिनीबाट घरेलु क्रिकेट खेलेका खेलाडी हुन् । उनी नेकपा निकट मदन भण्डारी स्पोर्टस फाउन्डेसनमा समेत सक्रिय रहँदै आएका छन् । उनी फाउन्डेसनको क्रिकेट विभागको उपाध्यक्ष समेत छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.