default_image

5 years ago

July 5, 2020

पहिलो टेष्टको लागि इंग्ल्यान्डको टोली घोषणा

115 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिजसँगको तीन टेष्ट सिरिज अन्तर्गत पहिलो टेष्टको लागि इंग्ल्यान्ड क्रिकेट बोर्डले १३ सदस्य टोली घोषणा गरेको छ ।

पहिलो टेष्ट बुधबारदेखि साउथह्याप्टनमा सुरु हुँदै छ । बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले टोली घोषणा गरेको हो । स्टोक्स इंग्ल्यान्डको ८१ औं टेष्ट कप्तान बन्नेछन् । स्थायी कप्तान जो रुटले आफ्नो श्रीमती क्यारीले दोस्रो सन्तान जन्मन लागेको हुँदा पहिलो टेष्टमा उपलब्ध हुन नसकेका हुन् ।

उत्कृष्ट अलराउन्ड प्रर्दशन गर्दै आएका स्टोक्सले हालसम्म घरेलु क्रिकेटमा समेत कप्तानी गरेका छैनन् । स्टोक्सलाई सीमित ओभरमा ओईन मोर्गन पछिको भावी कप्तानको रुपमा समेत हेरिदैं आएको छ । जसले पहिलो टेष्टको कप्तानीले धेरै प्रभाव पार्ने देखिन्छ ।

मार्च १३ पछि पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन लागेको हो । इंग्ल्यान्डको टोलीमा जेम्स एन्डरसन, जोफ्रा आर्चर, स्टुअर्ट ब्रोड, क्रिस वोक्स र मार्क वुड तीव्र गतिका बलरको रुपमा छन् । ओपनिङ रोरी बर्न्स र डोम सिब्ले गर्ने देखिन्छ । तेस्रो नम्बरमा ज्याक क्रली र जो डेनली मध्य एकले गर्ने छन् ।

चौथो नम्बरमा युवा ब्याट्सम्यान ओली पोपले समाल्ने छन् । पाँचौं नम्बरमा कप्तान स्टोक्स र छैटौं नम्बरमा उप–कप्तान जस बटलरले इंग्ल्यान्डको ब्याटिङ समाल्ने देखिन्छ । स्पिनरको रुपमा डोम बेस छन् । युवा स्टार स्याम करण भने ९ रिजरर्भ खेलाडीमा अटाएका छन् ।

पहिलो टेष्ट : जुलाई ८ देखि १२ सम्म

दोस्रो टेष्ट : जुलाई १६ देखि २० सम्म

तेस्रो टेष्ट : जुलाई २४ देखि २८ सम्म

पहिलो टेष्टको लागि इंग्ल्यान्डको टोली :

बेन स्टोक्स (कप्तान), जेम्स इन्डरसन, जोफ्रा आर्चर, डोम बेस, स्टुअर्ट ब्रोर्ड, रोरी बर्न्स, जस बटलर (विकेटकिपर), ज्याक क्रली, जो डेनली, ओली पोप, डोम सिब्ले, क्रिस वोक्स र मार्क वुड ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.