5 years ago
July 6, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान तथा ब्याट्सम्यान विराट कोहलीमाथि दोहोरो पदमा बसेर फाइदा उठाएको आरोप लागेको छ ।

मध्यप्रदेश क्रिकेट क्रिकेट एसोसिएसनका आजीवन सदस्य सञ्जीव गुप्ताले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का नैतिकता अधिकृत डि.के जैनलाई कोहली दोहोरो पद बसेर फाईदा उठाएको भन्दै मेल पठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । कोहलीले बिसिसीआईको नियम उलंघन गरेको र एक पद त्याग्नुपर्ने उनको माग रहेको छ ।
गुप्ताले बिसिसीआईलाई पठाएको मेलमा कोहलीको स्पोर्ट्स एलएलपी कम्पनीमा लगानी रहेको आरोप छ । यस कम्पनीमा दुई मालिक रहेको बताईएको छ । गुप्ताका अनुसार यस कम्पनीमा कोहली र अमिर अरुण सज्देहको लगानी छ । त्यस्तै कोहली कर्नेष्टोन भेन्चर पार्टनर एलएलपीमा निर्देशकका रुपमा रहेको आरोप लगाएका छन् ।
यस कम्पनीमा विराट, अमितसँगै बिनोय भारत खिमाजीको लगानी रहेको उनको आरोप छ। भारतीय सर्वोच्च अदालतले अनुमोदन गरेको बिसिसीआई नियम ३८ (४) अनुसार दुई पदमा बस्न नपाइने र त्यसै अनुसार कोहलीले एक पद छाड्नुपर्ने माग राख्दै उनले मेल पठाएका हुन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]