5 years ago
July 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई जमैका तलावाजले अनुबन्ध गरेको छ । आफ्नो न्यूनतम मूल्य ९० हजार डलर (१ करोड रुपैयाँ) मूल्य तोकेका सन्दीप दोस्रो राउन्डमै छनोटमा परेका हुन् ।

सन्दीपले सिपिएलमा जमैकाबाट खेल्ने पक्का भएपछि मैदान फर्कन उत्साहित रहेको बताए । ‘ सिपिएलमा तीन फरक टोलीबाट खेलेको छु । यसअघि खेलेका दुवै टोलीलाई धन्यवाद दिन चाहन्छु । अब जमैकाको टोलीबाट खेल्न उत्साहित छु,’ उनले भने ।
सन्दीपले कोरोनाका कारण लामो समय मैदानबाहिर रहेका कारण खेलमा फर्कन आतुर रहेको बताए । ‘मैले क्रिकेट नखेलेको नै धेरै समय भएको छ । अहिलेको अवस्थामा प्रशिक्षणका लागि नेट्समा फर्केर आफ्नो लय समात्न तत्पर रहनेछु,’ उनले थपे ।
सन्दीपले सिपिएलमा यसअघिको अनुभवले आफूलाई थप उत्साहित गराएको पनि बताए । ‘मैले यसअघि सेन्ट किट्स र बार्बाडोसबाट खेलें । गत सिजन उपाधि नै जित्दा निकै खुसी भएँ । ठूलो प्रतियोगिता ठूलो खेलाडीसँग खेल्दा अर्कै महसुस हुन्छ । लाग्छ मैले २० विकेट आफैं लिएको छु,’ उनले हाँस्दै भने ।

लामो समयपछि क्रिकेटमा फर्कन लागेकाले उत्साहित रहेको सन्दीपले बताए । ‘निकै रमाइलो हुने अपेक्षा गरेको छु । मैदान फर्कने दिन गनिरहेको छु । मैदान फर्केर पुन: खुसी हुन आतुर छु,’ सन्दीपले भने ।
सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा गर्ने प्रस्ताव गरिएको छ । यद्यपि यसका लागि सरकारको स्वीकृति आउन भने बाँकी रहेको छ । ड्राफ्टअघि केहि टोलीले विदेशी खेलाडीलाई ड्राफ्टअघि नै अनुबन्ध गरिसकेका छन् । अलराउन्डर आन्द्रे रसललाई रिटेन गरेको सन्दीपको टोली तलावजले दक्षिण अफ्रिकी स्पिनर तबरेज शाम्शीलाई ड्राफ्टअघि नै अनुबन्ध गरेको थियो ।
सिपिएलले पहिलो पटक ड्राफ्टअघि नै विदेशी खेलाडी अनुबन्ध गर्ने प्रावधान अगाडी सारेको हो । हरेक खेलाडीले अधिकतम ५ खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

सिपिएलमा सन्दीपको यात्रा :
सन्दीपले सन् २०१८ मा सिपिएलमा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । पहिलो सिजनमा उनले ५ खेल खेल्दै ७ विकेट हात पारेका थिए । त्यस क्रममा उनले १७ ओभर बलिङ गर्दै १ सय ६ रङ खर्चेका थिए भने एक मेडन समेत राखेका थिए ।
दोस्रो सिजनमा बार्बाडोस ट्राइडेन्ट्समा अनुबन्धित सन्दीपले ६ खेल खेलेका थिए । उनले कुल ८ विकेट लिए । १९.५ ओभर बलिङ गरेका उनले १ सय २९ रन खर्चेका थिए भने १ मेडन राखे । सन्दीप राष्ट्रिय टोलीको खेल जुधेपछि सिजनको बीचमै छोडेर गएपनि ट्राइडेन्ट्सले उपाधि जितेको थियो । उनको स्थानमा मुख्य स्पिनरका रुपमा खेलेका हेडन वाल्स जुनियरले भने उत्कृष्ट प्रदर्शन गरेका थिए ।

पहिलो सिजन सेन्ट किट्समा अनुबन्ध हुँदा सन्दीपले ५ हजार अमेरिकी डलर प्राप्त गरेका थिए । उनी त्यसबेला ११ औं चरणमा छनोट भएका थिए । दोस्रो सिजनमा भने बार्बाडोसले उनलाई पाँचौ चरणमा छान्दै ७० हजार अमेरिकी डलर तिरेको थियो । तर सन्दीप पूरा सिजन उपलब्ध नभएका कारण उनले अनुबन्ध रकमको शत प्रतिशत भने प्राप्त गरेनन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]