default_image

5 years ago

July 7, 2020

धोनीका ३० कीर्तिमान

223 views

0 Bookmark

एजेन्सी – विकेटकिपर तथा फिनिसर महेन्द्र सिंह धोनी भारतीय क्रिकेटका सर्वाधिक सफल कप्तान हुन् । पूर्व कप्तान धोनी भारतमात्र नभई विश्व क्रिकेट जगतकै एक सफल र उत्कृष्ट कप्तान मानिन्छन् ।

धोनी आफ्नो क्रिकेट करिअरमा पूर्णविरामको संघारमा छन् । एक वर्षदेखि टोली बाहिर रहेका धोनीको एक दिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँगको खेलनै अन्तिम हुने हो की भन्ने चिन्ता समर्थक र शुभ चिन्तकमा छ । धोनी आफ्नो करिअरबारे केहि बोलेका छैनन् ।

धोनीले सन् २००४ मा बंगलादेशविरुद्ध ओडिआईमा डेब्यु गरेका थिए । धोनीले सन् २००५ मा श्रीलंका विरुद्ध टेष्ट र २००६ मा दक्षिण अफ्रिकाविरुद्ध टि२० आईमा डेब्यु गरेका थिए । धोनीले ९० टेष्टमा ६ शतक र ३३ अर्ध शतक सहित ४ हजार ८ सय ७६ रन बनाएका छन् । ३ सय ५० ओडिआई खेलमा २ सय ९७ इनिङमा ब्याटिङ गर्दै १० शतक र ७३ अर्ध शतक सहित १० हजार ७ सय ७३ रन बनाएका छन् । ९८ टि२० आईमा १ हजार ६ सय १७ रन बनाएका छन् ।

धोनीले आफ्नो कप्तानीमा भारतीय क्रिकेटलाई नयाँ उचाईमा पुर्याउँदै विश्वकै एक उत्कृष्ट टोली र लोकप्रिय बनाउन सफल भए । विश्वकप च्याम्पियन धोनी विश्वकै एक उदाहरणीय कप्तान, फिनिसर र विकेटकिपर हुन् । धोनी जुलाई ७ (आज) देखि ३८ वर्षपूरा भई ३९ वर्षमा लागे छन् । धोनीको नाममा विश्व र भारतीय क्रिकेटमा थुप्रै कीर्तिमान छन् ।

समग्रमा धोनीका ३० कीर्तिमान यस प्रकार छन् ।

१. तीनै प्रतियोगिता जित्ने एक्लो कप्तान : धोनी आइसिसीको एक दिवसिय विश्वकप, टि२० विश्वकप र च्याम्पियन्स ट्रफीको उपाधि जित्ने एक्लो कप्तान हुन् । धोनीले सन् २००७ मा टि२० विश्वकप, २०११ मा एक दिवसिय विश्वकप र २०१३ मा ट्रफीको उपाधि जितेका थिए ।

२. ६ पटक टि२० आई विश्वकप्मा कप्तानी गर्ने एक्लो कप्तान । धोनी ६ पटक टि२० विश्वकपमा नेतृत्व गर्ने एक्लो कप्तान हुन् । धोनीले सन् २००७ देखि २०१६ सम्म टि२० विश्वकपमा भारतको कप्तानी गरेका थिए ।

३. वरियतामा सर्वाधिक छिटो शीर्षस्थानमा : धोनी आईसिसीको ओडिआई वरियतामा सर्वाधिक छिटो शीर्षस्थानमा उक्लिने ब्याट्सम्यान पर्दछन् । धोनी मात्र ४२ ओडिआई इनिङ खेल्दै शीर्षस्थानमा उक्लिएका थिए ।

४. कप्तानको रुपमा सर्वाधिक खेल खेल्ने खेलाडी : धोनी कप्तानको रुपमा सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन् । धोनीले ३ सय ३२ अन्तर्राष्ट्रिय खेल कप्तानको रुपमा खेलेका छन् । धोनीपछि अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ पर्दछन् । पोन्टिङले ३ सय २४ खेलमा कप्तानी गरेका छन् ।

५. ओडिआईमा ५० को औसतमा १० हजार रन बनाउने धोनी विश्वका एक्ला ब्याट्सम्यान हुन् ।

६. धोनी ओडिआईमा छैटौं नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने खेलाडी पर्दछन् । धोनीले छैटौैं नम्बरमा ४ हजार ३ सय १ रन बनाएका छन् ।

७. धोनी ओडिआईमा सर्वाधिक अविजित( नट आउट) हुने खेलाडी हुन् । उनी ८४ इनिङमा अविजित रहेका छन् ।

८. ओडिआईमा विकेटकिपरको रुपमा एक इनिङमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि धोनीको नाममा छ । धोनीले सन् २००५ मा श्रीलंकाविरुद्ध १ सय ८३ रनको अविजित इनिङ खेलेका थिए ।

९ ओडिआईमा धोनी सर्वाधिक स्टम्पिङ गर्ने विकेटकिपर हुन् । धोनीले १ सय २३ स्टम्पिङ आउट गरेका छन् ।

१०. धोनी ओडिआईमा कप्तानको रुपमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पर्दछन् । उनले कप्तानीमा २ सय ४ छक्का प्रहार गरेका थिए ।

११. धोनी टि२० आईमा सर्वाधिक क्याच लिने विकेटकिपर हुन् । उनले ५७ क्याच लिएका छन् ।

१२. धोनी टि२० आईमा सर्वाधिक स्टम्पिङ गर्ने विकेटकिपर पर्दछन् । उनले ३४ स्टम्पिङ आउट गराएका छन् ।

१३. धोनी टि२० आईमा सर्वाधिक कप्तानी गर्ने खेलाडी हुन् । उनले टि२० आईका ७२ खेलमा कप्तानी गरेका छन् ।

१४ धोनी टि२० आईमा सर्वाधिक खेल जित्ने कप्तान हुन् । धोनीले ४१ टि२० आई जित दिलाएका छन् ।

१५. धोनी टि२० आईमा सर्वाधिक अविजित हुने खेलाडी हुन् । ९८ खेलमा धोनी ४२ पटक अविजित रहेका छन् ।

१७. धोनी विकेटकिपरको रुपमा सर्वाधिक बलिङ गर्ने खेलाडीको कीर्तिमान कायम गरेका छन् । धोनीले विकेटकिपरको रुपमा ९ इनिङमा बलिङ गरेका छन् ।

१८. धोनी ओडिआईमा सातौं नम्बरमा २ शतक प्रहार गर्ने एक्लो ब्याट्सम्यान हुन् ।

१९. धोनीको ब्याट विश्व क्रिकेट इतिहासमा सर्वाधिक महँगो मूल्यमा बिक्दैं गिनिज बुकमा रेकर्ड कायम गरेको छ । धोनीले सन् २०११ मा विश्वकप जित्दाको ब्याट अक्सनमा १००,०० पाउन्ड स्टरर्लिङमा लिलामी भएको थियो ।

२०. धोनी विश्वकपमा छक्का प्रहार गर्दै उपाधि जित्ने एक्लो खेलाडी हुन् । सन् २०११ को एक दिवसिय विश्वकप फाइनलमा श्रीलंकाविरुद्ध धोनीले छक्का प्रहार गर्दै विश्वकप जितेका थिए ।

२१. धोनी टि२० क्रिकेटमा सर्वाधिक कप्तानी गर्ने खेलाडी हुन् । उनले २ सय ७० टि२० खेलमा कप्तानी गरेका छन् ।

२२. धोनी टि २० क्रिकेटमा १ सय ५० खेल जित्न एक्लो कप्तान हुन् ।

२३. धोनी भारतीय टेष्ट क्रिकेटमा सर्वाधिक कप्तानी गर्ने खेलाडी हुन् । उनले सन् २००८ देखि २०१४ सम्म ६० खेलमा कप्तानी गरेका थिए ।

२४. धोनी भारतीय ओडिआई क्रिकेटमा सर्वाधिक कप्तानी गर्ने खेलाडी हुन् । २००८ देखि २०१८ सम्म २ सय ओडिआईमा कप्तानी गरेका थिए ।

२५. धोनी ओडिआईमा भारतको तर्फबाट सर्वाधिक सफल कप्तान हुन् । २ सय खेलमा कप्तानी गरेका धोनीले १ सय १० खेल जिताएका छन् ।

२६. धोनी इन्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वाधिक आउट गर्ने विकेटकिपर हुन् । उनले विकेटकपरको रुपमा १ सय ९० खेलमा ९४ क्याच र ३८ स्टम्पिङ आउट गरेका छन् ।

२७. धोनी आइपिएलमा कप्तानको रुपमा सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । धोनीले आइपिएलमा कप्तानको रुपमा १ सय ७४ खेल खेलेका छन् । उनले १ सय ७४ खेलमध्य १ सय ४ खेल जिताएका छन् ।

२८. धोनी भारतलाई टेष्ट वरियतमा शीर्ष स्थानमा पुर्याउने पहिलो कप्तान हुन् । उनको कप्तानीमा २००९ मा भारत पहिलो पटक टेष्ट वरियतामा शीर्ष स्थानमा उक्लिएको थियो ।

२९. धोनीले सन् २०१६ मा अष्ट्रेलियामा तीन टि२० आई सिरिजमा क्लिनस्वीप गरेका थिए । अष्ट्रेलियालाई घरेलु मैदानमा क्लिनस्वीप गराउँने १ सय ४० वर्षको इतिहासमा धोनी पहिलो कप्तान थिए ।

३०. धोनी आइपिएलमा सर्वाधिक फाइनल खेल्ने कप्तान हुन् । १२ औं संस्करण मध्य धोनीले ९ पटक फाइनल खेल खेलेका छन् । जसमा ८ पटक चेन्नई सुपर किंग्स र एक राइजिङ पूणे सुपर जाइजायन्टबाट सामेल रहेको छ ।

(एजेन्सीको सहयोगमा भुपेन्द्र जिसीबाट संकलित)

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.