default_image

5 years ago

July 8, 2020

इंग्ल्यान्ड विरुद्ध वेस्टइन्डिज– सम्पूर्ण जानकारी

225 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र वेस्टइन्डिजबीचको पहिलो टेष्ट खेल बुधवार देखि सुरु हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३:३० मा साउथह्याप्टनमा सुरु हुनेछ ।

कोरोना महामारीको कारण मार्च १३ पछि पहिलो पटक अन्तर्राािष्ट्रय खेल खेल हुन लागेको हो । पछिल्लो पटक अन्तिम अन्तर्राष्ट्रिय खेल अष्ट्रेलिया र न्युजिल्यान्डबीच एक दिवसिय खेल भएको थियो । १ सय १६ दिनपछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किंदा समर्थक, शुभचिन्तक, खेलाडी, प्रशिक्षक लगायत सबैमा उत्साह र खुसि फर्किंने छ ।

खेल दर्शक विनाको खाली रंगशालामा हुने छ । इंग्ल्यान्डका नियमित कप्तान जो रुट पारिवारिक कारण पहिलो टेष्टमा उपलब्ध हुने छैनन् । इंग्ल्यान्डको कप्तानी अलराउन्डर बेन स्टोक्सले गर्ने छन् । हालसम्म घरेलु प्रतियोगितामा पनि कप्तानी नगरेका स्टोक्स इंग्ल्यान्डको ८१ औं टेष्ट कप्तान बन्दैं छन् ।

स्टोक्स र वेस्ट इन्डिजका कप्तान जेसन होल्डरबीचको प्रतिस्पर्धाको रुपमा समेत हेरिएको छ । टेष्ट अलराउन्डर वरियता शीर्षस्थानमा रहेका होल्डर र दोस्रो स्थानमा रहेका स्टोक्स प्रमुख हतियार हुन् । दुबै देशलाई कप्तानको प्रर्दशन महत्वपूर्ण बन्ने अनुमान गरिएको छ ।

घरेलु टोली इंग्ल्यान्डको शीर्षक्रम ब्याटिङलाइनप केहि कमजोर देखिन्छ । शीर्षक्रमका युवा ब्याट्सम्यान ज्याक क्रली, ओली पोप, डोम सिब्लेमा टेष्टको धेरै अनुभव छैन । ओपनिङ सिब्ले र रोरी बन्र्सले गर्ने छन् ।

तेस्रो नम्वरमा जो डेनली वा ज्याक क्रली मध्य एकले मौका पाउँने छन् । २२ वर्षिय क्रली भन्दा डेनली उमेर र खेल दुबैको हिसाबमा अनुभवी छन् । क्रलीले मात्र ४ टेष्ट खेल खेल्दा ३४ वर्षिय डेनलीले १४ टेष्ट खेलेका छन् । त्यसैले डेनलीको बलियो सम्भावना रहँन्छ ।

चौथों नम्वरमा पोपले ब्याटिङ गर्ने छन् । इंग्ल्यान्डको आगमी भविष्य मानिएका पोपबाट कप्तान रुटको अभाव महसुस हुँन नदिने आशा राखिएको छ । ७ टेष्ट खेलेका पोपले १ शतक सहित ४ सय ३० रन बटुलेका छन् । पोप इंग्ल्यान्ड क्रिकेटमा ठूलो सम्भावना बोकेका युवा ब्याट्सम्यान हुन् ।

२९ वर्षिय बाँया हाते रोरीले १५ टेष्टमा २ शतक सहित ९ सय ७९ रन बनाएका छन् । सिब्लेले ६ टेष्ट मात्र खेलेका छन् । पाँचौ नम्वरमा स्टोक्स र छैटौं नम्वरमा विकेटकिपर जस बटलरले ब्याटिङ समाल्ने छन् । ब्याटिङमा यी दुई खेलाडीको प्रर्दशन महत्वपूर्ण रहने छ । तीब्र गतिका बलरको रुपमा जेम्स एन्डरसन, स्टुअर्ट ब्रोर्ड र जोफ्रा आर्चरको सम्भावना छ सम्भावना छ । स्टोक्सले तीव्र गतिका साथ दिने छन् । स्पिनरमा डोम बेस रहने छन् ।

एन्डरसन टेष्टमा सर्वाधिक विकेट लिने तीव्र गतिका बलर हुन् । एन्डरसन आफ्नो करिअरको ६ सय विकेट पूरागर्न १६ विकेट टाढा छन् । र यस सिरिजमा पूरा गर्न चाहन्छन् । यता वाउन्सर बलका सिपालु आर्चर वेस्ट इन्डिजलाई टाउँको दुखाईंको वलर बन्न सक्छन् । अनुभवी ब्रोर्ड आफ्नो टेष्ट करिअरको ५ सय विकेट पूरा गर्न १५ विकेट आवश्यक छ । समग्रमा इंग्ल्यान्डको फास्ट बलिङ सर्वाधिक बलियो हतियार देखिन्छ ।

यता एक महिना अघिनै इंग्ल्यान्डमा आएको वेस्ट इन्डिज उत्कृष्ट प्रर्दशन गर्दै रुट विनाको घरेलु टोलीलाई निराश बनाउँन चाहाँन्छ। ओपनर जोन क्याम्पबेल र क्रेग ब्रेथवेटले ओपनिङ गर्ने छन् । शाई होप तेस्रो र शम्राह ब्रुक्स चौथाें नम्बरमा ब्याटिङ गर्ने छन् । होपबाट ब्याटिङमा वेस्ट इन्डिजले ठूलो आशा राखेको छ ।

शिम्रन हेटमायर टोलीमा नहुँदा पाँचौ नम्बरमा रोस्टन चेश र छैटौं नम्बरमा कप्तान होल्डरले समाल्ने छन् । होल्डरले पाँचौं नम्बरमा ब्याटिङ गर्ने सम्भावना पनि त्यतिनै रहन्छ । विकेटकिपर शेन डोउरीचले सातौं नम्बरमा गर्न सक्छन् । तीब्र गतिका बलरको रुपमा अल्जारी जोशेफ, केमार रोच र श्यानन गेब्रिपल सम्भावना छ ।

वेस्ट इन्डिजका सफल बलर रोच आफ्नो टेष्ट दुई सय विकेट पूरा गर्न ७ विकेटले टाढा छन् । स्पिनरको रुपमा अलराउन्डर तथा १ सय ४० केजी भन्दा बढी तौल भएका खेलाडी रहकीम कर्नवाल रहने छन् । कर्नवालले तल्लोक्रममा राम्रो ब्याटिङ समेत गर्ने गर्दछन् ।

यता बलरले बलमा थुक प्रयोग गर्न नपाउँने हुँदा पहिलो टेष्टमा खेलाडीलाई कठिन हुने अनुमान गरिएको छ । दुई पटक भन्दा बढी बलमा थुक लगाएको खण्डमा ५ रन पेनाल्टी लाग्ने छ । पहिलो पटक थुक प्रयोग गर्दा अम्पायरले चेतावनी दिने छन् ।

पछिल्लो एक दशकमा टि२० क्रिकेटमा बढि केन्द्रित देखिएको वेस्ट इन्डिज टेष्ट हेड टु हेडमा भने इंग्ल्यान्ड भन्दा अघि छ । हालसम्म इंग्ल्यान्ड र वेस्ट इन्डिजले १ सय ५७ टेष्ट खेल खेलेका छन् । जसमा इंग्ल्यान्ड ४९ खेलमा विजयी हुँदा ५७ खेलमा पराजित भएको छ । ५१ खेल ड्र भएको छ ।

तीन टेष्ट सिरिज अन्तर्गत दोस्रो १६ देखि २० र अन्तिम खेल २४ जुलाई देखि २८ सम्म चल्ने छ । त्यसपछि इंग्ल्यान्डले लगत्तै जुलाई ३० देखि अगष्ट ४ सम्म आयरल्यान्डसँग तीन ओडिआई सिरिज घरेलु मैदानमै खेल्ने छ । १२ घण्टाको अन्तरपछि इंग्ल्यान्डले पाकिस्तानसँग खेल्ने छ ।

अगष्ट ५ देखि २५ सम्म पाकिस्तानसँग तीन टेष्ट सिरिज खेल्ने छ । पाकिस्तानसँग तीन टि२० सिरिज अगष्ट २८ देखि सेप्टेम्बर १ सम्म खेल्ने इंग्ल्यान्डको कार्यतालिका छ । सबै सिरिज दर्शक विनाको रंगशालामा हुनेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.