9 years ago
August 19, 2016
एम.एण्ड.एम. रेमिट अल्टिमेट इन्डोर क्रिकेट कप कर्पोरेट २०१६ अन्तर्गत पहिलो दिनको खेलमा सिटिजन्स बैंकले दुइ जित हासिल गर्दै राम्रो सुरुवात गरेको छ।

सिटिजन्सले पहिलो खेलमा नबिल बैंक (५४) विरुद्ध १६३ रन्को विशाल योगफल तयार पार्दै १०९ रनको अन्तरले खेल जितेको थियो। सिटिजन्सले आफ्नो दोश्रो खेलमा एन.एस.जे.एफलाइ ८६ रनले हराउदै अर्को चरणमा पुग्ने सम्भावना बलियो परेको हो ।
दिनको पहिलो खेलमा रमेश थापाले तिन विकेट लिएपछि एन.आई.सी एसिया बैंक(८३)ले श्रीनगर एग्रो फर्म(२४)लाइ ५९ रनले हरायो भने दोश्रो खेलमा जेड.टि.इ.(१०८)ले युनिभर्सल टुर्स एण्ड ट्राभल्स(१०३)क विरुद्ध तिन रन्को झिनो जित हात पार्यो। सानिमा हाइड्रो(७१)ले नबिल बैंक(१०८)संग ३७रन्को हार व्येहोर्यो। नबिलका लागि अभिषेक पौडेलले २९ रन बनाउनुका साथै २ विकेट लिए।
बिभब जोशीको २२ रन र ५ विकेटको मद्दतले सेन्चुरी बैंकले अन्नपूर्ण पोष्ट माथि १७७रनको विशाल जित हात पार्यो। सेन्चुरीले दिएको १८६ रनको लक्ष्य पछ्याएको अन्नपूर्णले जम्मा ८ रन जोड्न सक्यो। अन्नपुर्ण खेलको अधिकांश समय नेगेटिभ रन लिएर बसेको थियो।
दिनको अन्तिम खेलमा मेगा बैंक(१२४)ले एम.एण्ड.एम रेमिट (७३)लाइ ५२ रनले हरायो। विजेता टोलीका आसिश श्रेष्ठ (२४ रन,२ विकेट) म्यान अफ द म्याच घोषित भए।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]