5 years ago
July 8, 2020
एजेन्सी – एसिया कप टि२० क्रिकेट प्रतियोगिता २०२० रद्द हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) का अध्यक्ष सौरभ गांगुलीले एसिया कप २०२० रद्द हुने बुधबार बताएका छन् ।

गांगुलीले विहीबार बस्ने एसियन क्रिकेट काउन्सिल (एसिसी) को बैठकले सार्वजनिक गर्ने बताएका छन् । एसिया कप २०२० आगमी सेप्टेम्बरमा पाकिस्तानमा खेल्ने कार्यतालिका थियो । एसिया कप टि२० प्रतियोगितामा भारत, पाकिस्ता, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एक छनोट भएर आउने टोलीबीच प्रतिस्पर्धा हुने तय थियो । नेपाल भने एसिया कप यात्राको पहिलो चरणबाटै बाहिरिसकेको थियो ।
गत फागुनमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा खराब प्रर्दशन गर्दै चौथो स्थानमा रहेर नेपाल बाहिरिएको थियो । एसिया कप रद्द हुँदा सेप्टेम्बरमा १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) गर्न बाटो खुलेको छ । आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा टि२० विश्वकप हुँदैछ । उक्त विश्वकप अघि आइपिएल हुने सम्भावना बढेको हो ।
आइपिएललाई विश्वकप तयारीको रुपमा हरिएको छ । कोरोना महामारीको कारण विश्वकप टि२० समयमै हुने वा नहुनेमा अन्यौल छ । टि२० विश्वकप सरेको खण्डमा आइपिएल अक्टोबर नोभेम्बरमा हुने छ । अन्यथा एसिया कप रद्ध भएसँगै विश्वकप स्थगित नभएपनि आइपिएलको लागि बाटो खुलेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]