5 years ago
July 9, 2020
एजेन्सी– इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको पहिलो टेष्टसँगै कोरोना महामारीपछि अन्तर्राष्ट्रिय क्रिकेट १ सय १७ दिनपछि फर्किएको छ । तर पहिलो दिन बुधबार वर्षाको कारण प्रभावित बन्न पुग्यो ।

साउथह्याप्टनमा इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले टस जित्दै ब्याटिङ गर्ने निर्णय लिए । वर्षाको कारण भोजन समयसम्म टस नै हुन सकेको थिएन । बारम्बार वर्षाको कारण पहिलो दिन १७.४ ओभरमा स्टम्प्स हुन पुग्यो । इंग्ल्यान्डले पहिलो दिनको समाप्तीमा ३५ रन जोड्दा १ विकेट गुमाएको छ ।
कोरोना महामारीपछि पहिलो खेलको पहिलो ओभर तीव्र गतिका बलर केमर रोचले बलिङ गरेका थिए । दोस्रो ओभरको चौथो बलमा शेनन ग्याब्रियले ओपनर डोम सिब्लेलाई शून्यमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । जुन समय इंग्ल्यान्डको खातामा समेत कुनै रन थिएन ।
अर्का ओपनर रोरी बर्न्स ५५ बलमा ३ चौका सहित २० रनमा अविजित छन् । रोरीलाई जो डेनलीले ४८ बलमा ३ चौका सहित १४ रनमा साथ दिएका छन् । चौथो नम्बरमा ज्याक क्रली, पाँचौं नम्बरमा ओली पोप र छैटौं नम्बरमा कप्तान बेन स्टोक्सले ब्याटिङ गर्ने छन् । सातौं नम्बरमा विकेटकिपर जस बटलरले गर्ने छन् । मार्क उड, जेम्स एन्डरसन, जोफ्रा आर्चर र स्पिनर डोम बेस रहेका छन् ।
स्टोक्स इंग्ल्यान्डका ८१ औं टेष्ट कप्तान बनेका छन् । नियमित कप्तान जो रुटले पारिवारिक कारण पहिलो टेष्टमा उपलब्ध हुन नसक्दा स्टोक्सले इंग्ल्यान्डले कप्तानी पहिलो पटक गरेका हुन् । खेलमा दुबै देशका खेलाडी, अम्पायर, अफिसल सबैले रंगभेदी ब्यवहारविरुद्धको विरोध गरेका थिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]