default_image

5 years ago

July 10, 2020

इंग्ल्यान्डविरुद्ध वेस्टइन्डिज हाबी

164 views

0 Bookmark

एजेन्सी– कप्तान जेसन होल्डरले करिअरकै उत्कृष्ट प्रर्दशन गरेपछि पहिलो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिज हाबी बनेको छ ।

दोस्रो दिनको समाप्तीमा वेस्ट इन्डिज १ सय ४७ रनले पछि छ । दोस्रो दिन बिहीबार पहिलो इनिङ थालेको वेस्ट इन्डिजले १९.३ ओभरमा ५७ रन जोड्न १ विकेट गुमाएको छ । ओपनर क्रेग ब्रेथवेट ६५ बलमा २ चौका सहित २० रनमा अविजित छन् । उनलाई शाई होपले ३ रनमा साथ दिने छन् । ओपनर जोन क्याम्पबेललाई १३ औं ओभरको अन्तिम बलमा जेम्स एन्डरसनरले २८ रनमा एलबिडब्लू आउट गरे । उनले ३६ बलमा ३ चौका प्रहार गरे ।

बुधबार साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड पहिलो इनिङमा विहीबार दोस्रो दिन दोस्रो सेसनमा ६७.३ ओभरमा २ सय ४ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रनको योगदान दिए ।

खराब प्रर्दशन गरेको इंग्ल्यान्डलाई छैटौं विकेटका लागि कप्तान बेन स्टोक्स र उप–कप्तान जस बटलरले ६७ रनको साझेदारी गर्दै केहि आशा दिलाएपनि त्यसलाई होल्डरले लामो समय टिक्न दिएनन् । ५३.३ ओभरमा स्टोक्सलाई होल्डरले विकेटकिपर शेन डोरीचबाट क्याच गराएसँगै पहिलो इनिङमा इंग्ल्यान्डको ठूलो योगफलको आशा टाढिएको थियो ।

स्टोक्सले ९७ बलमा ७ चौका प्रहार गरे । होल्डरले लगत्तै ५५.४ ओभरमा बटलरलाई ३५ रनमा क्याच आउट गराउँदै आफ्नो दबाब कायम राखे । बटलरले ४७ बलमा ६ चौका प्रहार गरे ।

दोस्रो ओभरको चौथो बलमा तीव्र गतिका बलर शेनन ग्याब्रियलले ओपनर डोम सिब्लेलाई शून्यमा बोल्ड आउट गरेका थिए । अर्का ओपनर रोरी बन्र्सलाई पनि ग्याब्रियलले ८५ बलमा ४ चौका सहित ३० रनमा एलबिडब्लू आउट गरे । अम्पायरले ग्याब्रियलको अपिललाई अस्वीकार गरेपनि होल्डरले रिब्यू लिदैं रोरीलाई पेभिलिएन फर्काएका थिए ।

ग्याब्रियलले जो डेनलीलाई १८ रनमा बोल्ड आउट गर्दै इंग्ल्यान्डलाई दबाबमा राखेका थिए । त्यसपछि भने इग्ल्यान्डको इनिङ होल्डरले ध्वोस्त पारे । होल्डरले ज्याक क्रलीलाई १० रनमा एलबिडब्लू आउट गरे । होल्डरलेनै ३७.४ ओभरमा युवा ब्याट्सम्यान ओली पोपलाई १२ रनमा कट बिहान्ड आउट गरेपछि दबाबमा झनैं थपिएको थियो ।

होल्डरले जोफ्रा आर्चरलाई शून्यमा एलबिडब्लूको शिकार बनाउँदै आफ्नो ब्यक्तिगत पाँच विकेट पूरा गरे । इंग्ल्यान्ड विरुद्ध उनले पहिलो पटक पाँच विकेट पूरा गरेका हुन् । उनको समग्रमा टेष्ट करिअरको भने सातौं पटक पर्दछ ।

अन्तिम विकेटका लागि स्पिनर डोम बेस र तीव्र गतिका बलर जेम्स एन्डरसनले ३० रनको साझेदारी गर्दै दुई सय रन कटाएका थिए । बेस ४४ बलमा ४ चौका सहित ३१ रनमा अविजित रहे ।एन्डरसनलाई ग्याब्रियलले २० बलमा १ चौका सहित १० रनमा बोल्ड आउट गरे ।

कप्तान जेसन होल्डरले आफ्नो टेष्ट करिअरको उत्कृष्ट प्रर्दशन गर्नेक्रममा २० ओभरमा ६ मेडन सहित ४२ रन खर्चेर ६ विकेट लिए । अर्का तीव्र गतिका बलर शेनन ग्याब्रियलले १५.३ ओभरमा ३ मेडन राख्दैं ६२ रन खर्चेर ४ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.