default_image

5 years ago

July 12, 2020

वेस्ट इन्डिजलाई बराबरीको चिन्ता

128 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिजसँगको पहिलो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्ड सामान्य योगफलतर्फ अघि बढेको छ । चौथो दिनको समाप्तीमा इंग्ल्यान्डले १ सय ७० रनको अग्रता कायम गरेको छ ।

दोस्रो इनिङमा इंग्ल्यान्डले १ सय ४ ओभरमा २ सय ८४ रन जोड्न ८ विकेट गुमाएको छ । पहिलो इनिङमा १ सय १४ रनले पछि परेको इंग्ल्यान्डलाई हारबाट बच्न ड्र (बराबरी) गराउनु पर्ने हुन्छ । इंग्ल्यान्डका जोफ्रा आर्चर ५ र मार्क उड १ रनमा क्रिजमा छन् । पाँचौ तथा अन्तिम दिन यी दुई ब्याट्सम्यानको प्रर्दशनले नतिजामा प्रभाव पार्ने देखिन्छ ।

इंग्ल्यान्ड रन भन्दापनि क्रिजमा यी दुई ब्याट्सम्यानलाई टिकाउँदै ड्र गराउनतर्फ बढी केन्द्रित हुने छ । यता वेस्ट इन्डिज भने बाँकी दुई विकेट चाडैंनै लिदैं आफ्नो जित पक्का गर्ने सोचमा छ । संघर्षपूर्ण सुरुवातले इंग्ल्यान्डका शीर्षक्रम समालिएपनि तल्लोक्रमका ब्याट्सम्यान सस्तैमा आउट हुँदा कमजोर अवस्थामा पुगेको हो ।

३६.१ ओभरमा रोरी बन्र्स ४२ रनमा क्याच आउट हुनुअघि डोम सिब्लेसँग पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए । रोरीलाई रोस्टन चेशले क्रेग क्याम्पबेलबाट सिलिपमा क्याच आउट गराउँनु अघि १ सय ४ बलमा ५ चौका प्रहार गरे । अर्का ओपनर सिब्ले १ सय ६४ बलमा ४ चौका सहित ५० रनमा आउट भए । ५२ औं ओभरको पहिलो बलमा बोल्ड आउट हुँदा नो बल हुँदा जीवनदान पाएका सिब्लेले त्यो मौका सदुपयोग गर्न सकेनन् ।

उक्त जीवनदानको दुइ बलपछि लेग साइडमा सट खेल्नेक्रममा क्याच आउट हुन पुगेका थिए । जो डेनलीलाई २९ रनमा चेशलेनै होल्डरबाट क्याच आउट गराए । चौथो विकेटका लागि कप्तान बेन स्टोक्स र युवा ब्याट्सम्यान ज्याक क्रलीले ९८ रनको साझेदारी गदैं राम्रो योगफलको आशा देखाएका थिए । तर स्टोक्सलाई कप्तान जेसन होल्डरले शाइ होपबाट ४६ रनमा क्याच गराएपछि इंग्ल्यान्ड समालिन सकेन । स्टोक्सले ७९ बलमा ६ चौका प्रहार गरे ।

क्रलीले १ सय २७ बलमा ८ चौका सहित सर्वाधिक ७६ रनको योगदान दिए । आफ्नो टेष्ट करिअरकै उच्च प्रर्दशन गरेका क्रलीलाई अल्जारी जोशेफले कट एण्ड बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । ओली पोप १२, जस बटलर ९, डोम बेस ३ रनमा आउट हुन पुगे । वेस्ट इन्डिजका शेनन ग्याब्रियलले सर्वाधिक ३, रोस्टन चेश र अल्जारी जोशेफले २–२ विकेट लिए । जेसन होल्डरको नाममा १ विकेट रहेको छ ।

त्यसअघि पहिलो इनिङमा वेस्ट इन्डिज १ सय २ ओभरमा ३ सय १८ रनमा अल आउट भएको थियो । ओपनर क्रेग ब्रेथवेटले १ सय २५ बलमा ६ चौका सहित सर्वाधिक ६५ रनको योगदान दिए । क्रेगलाई कप्तान बेन स्टोक्सले एलबिडब्लू आउट गरेका थिए । जेम्स एन्डरसनले एलबिडब्लू आउट गर्नुअघि अर्का ओपनर जोन क्याम्पबेलले ३६ बलमा ३ चौका सहित २८ रन जोडे । युवा स्पिनर डोम बेसले सिलिपमा स्टोक्सबाट शाई होपलाई १६ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए । मध्यक्रमका शम्राह ब्रुक्सले ३९ र रोस्टन चेशले ४७ रन जोडे ।

विकेटकिपर शेन डोरीचले १ सय १५ बलमा ८ चौका सहित ६१ रन जोडेपछि वेस्ट इन्डिजले अग्रता कायम गरेको थियो । इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले १४ ओभरमा ५ मेडन सहित ४९ रन खर्चेर ४ विकेट लिए । जेम्स एन्डरसन ३, डोम बेसले २ र मार्क उडले १ विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा इंग्ल्यान्ड ६७.३ ओभरमा २ सय ४ रनमा अल आउट हुन पुगेको थियो । स्टोक्सले सर्वाधिक ४३ रन बनाउँदा अन्यले राम्रो प्रर्दशन गर्न सकेका थिएनन् । इंग्ल्यान्डलाई छैटौं विकेटका लागि कप्तान बेन स्टोक्स र उप–कप्तान जस बटलरले ६७ रनको साझेदारी गर्दै केहि आशा दिलाए ।

५३.३ ओभरमा स्टोक्सलाई होल्डरले विकेटकिपर शेन डोरीचबाट क्याच गराए । स्टोक्सले ९७ बलमा ७ चौका प्रहार गरे । होल्डरले लगत्तै ५५.४ ओभरमा बटलरलाई ३५ रनमा क्याच आउट गराउँदै आफ्नो दबाब कायम राखे । बटलरले ४७ बलमा ६ चौका प्रहार गरे । दोस्रो ओभरको चौथो बलमा तीव्र गतिका बलर शेनन ग्याब्रियलले ओपनर डोम सिब्लेलाई शून्यमा बोल्ड आउट गरेका थिए ।

अर्का ओपनर रोरी बन्र्सलाई पनि ग्याब्रियलले ८५ बलमा ४ चौका सहित ३० रनमा एलबिडब्लू आउट गरे । होल्डरले ज्याक क्रलीलाई १० रनमा एलबिडब्लू आउट गरे । होल्डरलेनै ३७.४ ओभरमा युवा ब्याट्सम्यान ओली पोपलाई १२ रनमा कट बिहान्ड आउट गरेपछि दबाबमा झनैं थपिएको थियो ।

डोम बेस ४४ बलमा ४ चौका सहित ३१ रनमा अविजित रहे । जेम्स एन्डरसनलाई ग्याब्रियलले २० बलमा १ चौका सहित १० रनमा बोल्ड आउट गरे । होल्डरले आफ्नो टेष्ट करिअरको उत्कृष्ट प्रर्दशन गर्नेक्रममा २० ओभरमा ६ मेडन सहित ४२ रन खर्चेर ६ विकेट लिए । ग्याब्रियलले १५.३ ओभरमा ३ मेडन राख्दैं ६२ रन खर्चेर ४ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.