default_image

5 years ago

July 12, 2020

घरेलु टोली इंग्ल्यान्डमाथि वेस्टइन्डिजको उत्कृष्ट जित

165 views

0 Bookmark

एजेन्सी – कोरोना संक्रमणपछि सुरु भएको अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो सिरिजअन्तर्गत वेस्टइन्डिजले पहिलो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ४ विकेटले हराएको छ । साउथह्याप्टनमा पाँचौ तथा अन्तिम दिन २ सय रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ६४.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।

वेस्ट इन्डिजका जेर्मेन ब्ल्याकउडले उत्कृष्ट ब्याटिङ गर्दै जित पक्का गराए । ६०.४ ओभरमा बेन स्टोक्सले जेम्स एन्डरसनबाट क्याच आउट गराएपछि आफ्नो टेष्ट करिअरको दोस्रो शतक पूरा गर्न ब्ल्याकउडमात्र पाँच रनले चुके । उनले १ सय ५४ बलमा १२ चौका सहित महत्वपूर्ण ९५ रन जोड्दै टोलीको जित सहज बनाए ।

कप्तान जेसन होल्डर १४ रनमा अविजित रहे । वेस्ट इन्डिजको सुरुवात भने राम्रो हुन सकेन । ओपनर क्रेग ब्रेथवेटलाई जोफ्रा आर्चरले ४ रनमा बोल्ड आउट गरे । शम्राह बूक्सलाई आर्चरलेनै शून्यमा एलबिडब्लू आउट गरे । जोन क्याम्पबेल १ रनमा रिटायर्ट हर्ट आउट भए । शाई होपलाई मार्क उडले ९ रनमा बोल्ड आउट गरे । रोस्टन चेस ३७ र शेन डोरीच २० रनमा आउट भए । इंग्ल्यान्डका जोफ्रा आर्चरले ३, बेन स्टोक्सले २ र मार्क उडले १ विकेट लिए ।

त्यसअघि इंग्ल्यान्ड दोस्रो इनिङमा १११.२ ओभरमा ३ सय १३ रनमा अल आउट भएको थियो । वेस्ट इन्डिजले पहिलो इनिङमा १ सय १४ रनले अग्रता लिएको हुँदा समग्रमा २ सय रनको लक्ष्य पाएको थियो । संघर्षपूर्ण सुरुवातले इंग्ल्यान्डका शीर्षक्रम समालिएपनि तल्लोक्रमका ब्याट्सम्यान भने समालिन सकेनन् । ३६.१ ओभरमा रोरी बर्न्स ४२ रनमा क्याच आउट हुनुअघि डोम सिब्लेसँग मिलेर पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।

रोरीलाई रोस्टन चेसले क्रेग क्याम्पबेलबाट स्लिपमा क्याच आउट गराउँनु अघि १ सय ४ बलमा ५ चौका प्रहार गरे । अर्का ओपनर सिब्ले १ सय ६४ बलमा ४ चौका सहित ५० रनमा आउट भए । ५२ औं ओभरको पहिलो बलमा बोल्ड आउट हुँदा नो बलको कारण जीवनदान पाएका सिब्लेले त्यो मौका सदुपयोग गर्न सकेनन् ।

उक्त जीवनदानको दुइ बलपछि लेग साइडमा सट खेल्नेक्रममा क्याच आउट हुन पुगेका थिए । जो डेनलीलाई २९ रनमा चेसलेनै होल्डरबाट क्याच आउट गराए । चौथो विकेटका लागि कप्तान बेन स्टोक्स र युवा ब्याट्सम्यान ज्याक क्रलीले ९८ रनको साझेदारी गदैं राम्रो योगफलको आशा देखाएका थिए । तर स्टोक्सलाई कप्तान जेसन होल्डरले शाई होपबाट ४६ रनमा क्याच गराएपछि इंग्ल्यान्ड समालिन सकेन । स्टोक्सले ७९ बलमा ६ चौका प्रहार गरे ।

क्रलीले १ सय २७ बलमा ८ चौका सहित सर्वाधिक ७६ रनको योगदान दिए । आफ्नो टेष्ट करिअरकै उच्च प्रर्दशन गरेका क्रलीलाई अल्जारी जोशेफले कट एण्ड बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । जोफ्रा आर्चर २३, ओली पोप १२, जस बटलर ९, डोम बेस ३ रनमा आउट हुन पुगे । तीव्र गतिका बलर शेनन ग्याब्रियलले २१.२ ओभरमा ४ मेडन सहित ७५ रन खर्चेर ५ विकेट लिए । रोस्टन चेस र अल्जारी जोशेफले २–२ तथा जेसन होल्डरको नाममा १ विकेट लिए ।

त्यसअघि पहिलो इनिङमा वेस्ट इन्डिज १ सय २ ओभरमा ३ सय १८ रनमा अल आउट भएको थियो । ओपनर क्रेग ब्रेथवेटले १ सय २५ बलमा ६ चौका सहित सर्वाधिक ६५ रनको योगदान दिए । क्रेगलाई कप्तान बेन स्टोक्सले एलबिडब्लू आउट गरेका थिए । जेम्स एन्डरसनले एलबिडब्लू आउट गर्नुअघि अर्का ओपनर जोन क्याम्पबेलले ३६ बलमा ३ चौका सहित २८ रन जोडे । युवा स्पिनर डोम बेसले सिलिपमा स्टोक्सबाट शाई होपलाई १६ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए । मध्यक्रमका शम्राह ब्रुक्सले ३९ र रोस्टन चेशले ४७ रन जोडे ।

विकेटकिपर शेन डोरीचले १ सय १५ बलमा ८ चौका सहित ६१ रन जोडेपछि वेस्ट इन्डिजले अग्रता कायम गरेको थियो । इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले १४ ओभरमा ५ मेडन सहित ४९ रन खर्चेर ४ विकेट लिए । जेम्स एन्डरसन ३, डोम बेसले २ र मार्क उडले १ विकेट लिए । पहिलो इनिङमा इंग्ल्यान्ड ६७.३ ओभरमा २ सय ४ रनमा अल आउट हुन पुगेको थियो । स्टोक्सले सर्वाधिक ४३ रन बनाउँदा अन्यले राम्रो प्रर्दशन गर्न सकेका थिएनन् ।

स्टोक्सले ९७ बलमा ७ चौका प्रहार गरे । जस बटलरले ३५ रन बनाए। बटलरले ४७ बलमा ६ चौका प्रहार गरे । दोस्रो ओभरको चौथो बलमा तीव्र गतिका बलर शेनन ग्याब्रियलले ओपनर डोम सिब्लेलाई शून्यमा बोल्ड आउट गरेका थिए । अर्का ओपनर रोरी बर्न्सलाई पनि ग्याब्रियलले ८५ बलमा ४ चौका सहित ३० रनमा एलबिडब्लू आउट गरे । होल्डरले ज्याक क्रलीलाई १० रनमा एलबिडब्लू आउट गरे ।

डोम बेस ४४ बलमा ४ चौका सहित ३१ रनमा अविजित रहे । जेम्स एन्डरसनलाई ग्याब्रियलले २० बलमा १ चौका सहित १० रनमा बोल्ड आउट गरे । होल्डरले आफ्नो टेष्ट करिअरको उत्कृष्ट प्रर्दशन गर्नेक्रममा २० ओभरमा ६ मेडन सहित ४२ रन खर्चेर ६ विकेट लिए । ग्याब्रियलले १५.३ ओभरमा ३ मेडन राख्दैं ६२ रन खर्चेर ४ विकेट लिए ।

यस जितसँगै पाहुना टोली वेस्ट इन्डिजले तीन टेष्ट सिरिजमा १-० को अग्रता कायम गरेको छ । दोस्रो टेष्ट जुलाई १६ देखि २० सम्म म्यानचेस्टरमा हुने छ । दोस्रो टेष्टमा इंग्ल्यान्डका नियमित कप्तान जो रुट टोलीमा फर्किने छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.