default_image

9 years ago

August 20, 2016

शक्ति गौचन म्युजिक भिडियोमा

149 views

0 Bookmark

नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा खेलाडी शक्ति गौचन अब चाडैं एक म्युजिक भिडियोमा देखा पर्दैछन। मैदानमा सधै हँसिला देखिने गौचन मैदान बाहिरपनि उत्तिकै छन्।

Shakti Gauchan Music Video

सन्तोष बस्नेत को शब्द र स्वर रहेको उक्त गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्। यसअघी पनि निकेशकै निर्देशनमा फुटबल खेलाडी रुपेश केसीले प्रियंका कार्कीसंग म्युजिक भिडियो खेलेका थिए।  यस गीतमा संगीत सुरज कुमार थापाले दिएका हुन्।

शक्ति यस भिडियोमा क्रिकेटरका रुपमै प्रस्तुत हुनेछन भने वरिष्ठ कलाकार मिथिला शर्मा पनि भिडियोमा छिन्। अर्जुन तिवारीले खिचेको यो म्युजिक भिडीयोलाई निशान घिमिरेले सम्पादन गरेका छन।

गीतको छायांकन आज मात्र सकिएको हो र छिट्टै यो म्युजिक भिडियो दर्शकमाझ आउने बुझिएको छ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.