5 years ago
July 16, 2020
एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्यान्डबीचको तीन टेष्ट सिरिज अन्तर्गत दोस्रो खेल आजदेखि सुरु हुँदैछ । खेल दिउँसो ३:४५ मा ओल्ड ट्रोफोर्ड म्यानचेस्टरमा सुरु हुनेछ ।

पहिलो टेष्टमा ४ विकेटले विजयी भएको वेस्ट इन्डिज एक खेल अगावै सिरिज २–० ले जित्ने रणनितीका साथ मैदान प्रवेश गर्ने छ । तर पहिलो खेल गुमाएपनि घरेलु टोली बाँकी दुई खेलमा उत्कृष्ट पूनरागमन गर्दै सिरिज जित्न चाहन्छ । इंग्ल्यान्डलाई दोस्रो टेष्ट जित्न पर्ने दबाब छ ।
नियमित कप्तान जो रुट पारिवारिक कारण उपलब्ध हुन नसक्दा पहिलो टेष्टमा बेन स्टोक्सले नेतृत्व गरेका थिए । रुट टोलीमा फर्कि सकेका छन् । स्थायी कप्तान रुटको आगमनसँगै इंग्ल्यान्डको ब्याटिङ बलियो बन्ने देखिन्छ । पहिलो खेलमा इंग्ल्यान्डले ब्याटिङमा कमजोर प्रर्दशन गरेको थियो ।
पहिलो खेलमा तेस्रो नम्बरमा ब्याटिङ गरेका जो डेनली दोस्रो खेलमा छैनन् । डेनलीले पहिलो इनिङमा १८ र दोस्रो इनिङमा २९ रनमा आउट भएका थिए । दोस्रो इनिङमा ७६ रन जोडेका युवा ब्याट्सम्यान ज्याक क्रलीले तेस्रो नम्बरमा ब्याटिङ गर्ने छन् ।
रुट पहिलो टेष्टमा नहुँदा क्रलीले चौथो नम्बरमा ब्याटिङ गरेका थिए । रुटले चौथो नम्बरमा ब्याटिङ गर्दा पाँचौ नम्बरमा ओली पोप वा बेन स्टोक्स मध्य एकले गर्ने छन् । रुटले टेष्टमा ओल्ड ट्राफोर्डमा ८५ को औसतमा रन बनाएका छन् । रुटको लक्की घरेलु मैदानको रुपमा समेत चिचिन्छ ।

टोलीमा बायाँ हाते युवा अलराउन्डर साम करनको सम्भावना छ । करनको आगमनले इंग्ल्यान्डको तल्लोक्रम ब्याटिङ र तीव्र गतिको बलिङ मजबुत हुने छ। अनुभवी तीव्र गतिका बलर जेम्स एन्डरसन र मार्क वुडलाई आराम दिएको छ । त्यसैले स्टुअर्ट ब्रोडले टोलीमा मौका पाउँने छन् । स्टुअर्ट पहिलो खेलमा बेन्चमा बसेका थिए । तीव्र गतिमा स्टुअर्ट सहित, जोफ्रा आर्चर, स्टोक्स र करनलाई खेलाउने रणनिती देखिन्छ । स्पिनर डोम बेसलेनै मौका पाउँने छन् ।
पहिलो खेलमा उत्कृष्ट जित हात पारेको वेस्ट इन्डिज दोस्रो खेलमा टोली परिवर्तनको सम्भावना कम छ । पहिलो खेलमा कप्तान जेसन होल्डर, तीव्र गतिका बलर शेनन ग्याब्रियल र जर्मेन ब्ल्याकवुडले उत्कृष्ट प्रर्दशन गर्दै सहज जित पक्का गरेका थिए । शाई होपलाई ठूलो इनिङ खेल्न केहि दबाब छ । उनले पहिलो टेष्टमा १६ र ९ रनमा आउट भएका थिए ।
पहिलो टेष्टको दोस्रो इनिङमा ९५ रन जोडेका ब्ल्याकवुड दोस्रो खेलमा पनि नायक बन्न सक्छन् । पहिलो इनिङमा करिअरकै उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएका थिए । ‘म्यान अफ द म्याच’ जुनिएका ग्याब्रियलले पहिलो इनिङमा ४ र दोस्रोमा ५ विकेट लिएका थिए । ओल्ड ट्राफोर्डमा पछिल्ला १२ टेष्ट खेलमा इंग्ल्यान्डले १ खेल मात्र गुमाएको छ भने ९ खेल जितेको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]