5 years ago
July 17, 2020
एजेन्सी – कोरोना महामारीपछि क्रिकेट अष्ट्रेलियाले पहिलो पटक अभ्यासको लागि २६ खेलाडी बोलाएको छ ।

इंग्ल्यान्ड भ्रमणलाई अष्ट्रेलियाले टि२० आई र ओडिआई सिरिजको लागि बिहिबार सुरुवाती २६ खेलाडी बोलाएको हो । सिरिजको मिति तय भई सकेको छैन । त्यसको लागि क्रिकेट अष्ट्रेलिया र इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डबीच छलफल जारी रहेको छ । अष्ट्रेलियाले सेप्टेम्बरमा इंग्ल्यान्ड भ्रमण गर्ने तयारी गरेको छ ।
बिग ब्यास लिगमा उच्च प्रर्दशन गरेका युवा विकेटकिपर जोश फिलिप, तीव्र गतिका बलर रिले मेरीडिथ र बायाँ हाते मध्यगतिका बलिङ अलराउन्डर डानियल साम्स अभ्यासमा बोलाएका मध्य अनक्याप्ड (हालसम्म अष्ट्रेलियाबाट नखेलेका) खेलाडी छन् । २७ वर्षिय डानियल साम्सले सिड्नी थन्डरबाट २०१९/२० को बिग ब्यासमा १७ खेलमा ३० विकेट लिदै शीर्ष स्थानमा रहेका थिए । साम्सले तल्लोक्रममा राम्रो ब्याटिङ पनि गर्ने गर्दछन् ।
सिड्नी सिक्सर्सबाट २०१९/२० को बिग ब्यास खेलेका विकेटकिपर जोश फिलिपले १६ खेलमा ४ सय ७८ रन बनाएका थिए । आक्रामक ब्याटिङका लागि परिचित फिलिप अष्ट्रेलियाको सिमित ओभरमा ठूलो सम्भावना बोकेका युवा खेलाडी हुन् । रिले मेरीडिथले होबार्टबाट बिग ब्यासमा ६ खेलमा १० विकेट लिएका थिए । उनले घरेलु प्रतियोगितामा प्रर्दशन उच्च रहँदै आएको छ ।
अष्ट्रेलियाले आगमी टि२० विश्वकप लक्षित गर्दै खेलाडीलाई अभ्यासमा बोलाएको देखिन्छ । टि२० विश्वकप आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुँदै । तर कोराना महामारीको कारण विश्वकप समयमै हुने वा नहुँने अन्यौल छ । अष्ट्रेलियाले अन्तिम पटक मार्च १३ मा न्युजिल्यान्डसँग ओडिआई खेल खेलेको थियो । विग ब्यास लिग २०१९/२० मा सर्वाधिक रन बनाउने खेलाडी मार्कस स्टोइनिस पनि अभ्यासमा डाकिएका छन् ।
पछिल्लो समय राम्रो लयमा रहेका विकेटकिपर म्याथ्यु वेडलाई पनि अभ्यासमा बोलाईएको छ । समग्रमा हेर्दा अष्ट्रेलियाले आगमी विश्वकपलाई लक्षित गर्दै इंग्ल्यान्ड भ्रमणको लागि टोली अभ्यासमा बोलाएको छ । अष्ट्रेलियाले आफ्नो अन्तिम टोली भ्रमण निश्चित भएपछि घोषणा गर्ने छ ।
सुरुवाती अभ्यासमा बोलाईएका २६ खेलाडी
शेन एर्बोट, एस्टन अगर, एलेक्स केरि, प्याट कमिन्स, आरोन फिन्च, जोश हेजलवुड, ट्रभिस हेड, उस्मान खवाजा, मार्नस लाबुसेन, नाथन लायन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, बेन म्याडरमोट, रिले मेरीडिथ, माइकल नेसर, जोश फिलिप, डानियल साम्स, डार्सी सर्ट, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, एन्ड्रिुय टाई, म्याथ्यु वेड, डेभिड वार्नर र एडम जम्पा ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]