5 years ago
July 21, 2020
एजेन्सी– उपकप्तान बेन स्टोक्सले उत्कृष्ट अलराउन्डर प्रर्दशन गरेपछि वेस्ट इन्डिजसँगको दोस्रो टेष्ट खेलमा इंग्ल्यान्ड १ सय १३ रनले विजयी भएको छ ।

पाँचौ तथा अन्तिम दिन सोमबार राती ३ सय १२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज ७०.१ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । योसँगै तीन टेष्ट सिरिज १–१ को बराबरीमा पुगेको छ । वेस्ट इन्डिजका शम्राह ब्रूक्सले १ सय ३६ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ६२ रन जोडे । उनलाई युवा बलर साम करनले एलबिडब्लू आउट गरे ।
जर्मेन ब्ल्याकवुडले ८८ बलमा ७ चौका सहित ५५ रन बनाए । वेस्ट इन्डिजले सुरुवात देखिनै खराब प्रर्दशन गरेको थियो । ओपनर क्रेग ब्रेथवेटलाई क्रिस वोक्सले १२ रनमा एलबिडब्लू आउट गरेका थिए । जोन क्याम्पबेल ४, शाई होप ७ र रोस्टन चेशलाई ६ रनमा स्टुअर्ट ब्रोडले पेभिलिए फर्काउँदै इंग्ल्यान्ड जितर्फ अघि बढेको थियो । कप्तान जेसन होल्डरलाई स्पिनर डोम बेसले ३५ रनमा बोल्ड आउट गराए । इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले ३, स्टोक्स, बेस र वोक्सले २–२ विकेट लिए । करनको नाममा १ विकेट रह्यो ।
त्यसअघि पाँचौ दिननै दोस्रो इनिङमा इंग्ल्यान्डले १९ ओभरमा १ सय २९ रन जोड्न ३ विकेट गुमाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो । पहिलो इनिङमा उत्कृष्ट शतक प्रहार गरेका स्टोक्सले दोस्रो इनिङमा आक्रामक ब्याटिङ गर्दै ५७ बलमा ४ चौका र ३ छक्का सहित ७८ रनमा अविजित रहेका थिए । इंग्ल्यान्डले दोस्रो इनिङमा स्टोक्सलाई ओपनिङ पठाएको थियो । स्टोक्स ‘प्लेयर अफ द म्याच’ चुनिए । जस बटलर शून्य, ज्याक क्रली ११ र कप्तान जो रुट २२ रनमा आउट भए । ओली पोप १२ रनमा अविजित थिए । केमार रोचले २ विकेट लिए ।

पहिलो इनिङमा वेस्ट इन्डिज ९९ ओभरमा २ सय ८७ रनमा अल आउट हुँदै १ सय ८२ रनले पछि परेको थियो। ओपनर क्रेग ब्रेथवेटले १ सय ६५ बलमा ८ चौका सहित सर्वाधिक ७५ रनको इनिङ खेले । ब्रेथवेटलाई स्टोक्सले कट एण्ड बोल्ड आउट गरेका थिए । शम्राह ब्रूक्सले १ सय ३७ बलमा ११ चौका सहित ६८ रन बनाए । उनलाई स्टुअर्ट ब्रोडले एलबिडब्लू आउट गरेका थिए ।
रोस्टन चेशलाई क्रिस वोक्सले एलबिडब्लू आउट गर्नुअघि ८५ बलमा ७ चौका सहित ५१ रन जोडे । तेस्रो दिन अन्तिम समयमा क्रिजमा आएका बलर अल्जारी जोसेफले ३२ रन बनाउँदा ओपनर जोन क्याम्पबेल १२ रनममा आउट भए । शाई होपले २५ रन बनाउँदा अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । इंग्ल्यान्डका क्रिस वोक्स र स्टुअर्ट ब्रोड ३–३ विकेट लिए । साम करन २, डोम बेस र बेन स्टोक्सले १–१ विकेट लिए ।
इंग्ल्यान्डले १ सय ६२ ओभरमा ९ विकेटको क्षतिमा ४ सय ६९ रन जोड्दा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । स्टोक्सले ३ सय ५६ बलमा १७ चौका र २ छक्का सहित १ सय ७६ रनको उत्कृष्ट इनिङ खेले । स्टोक्सलाई केमार रोचले विकेटकिपर शेन डोरीचबाट क्याच गराएपछि दोहोरो शतक बनाउन चुकेका थिए । यो स्टोक्सको दोस्रो उत्कृष्ट टेष्ट इनिङ हो ।

कमजोर सुरुवात गरेपनि चौथो विकेटका लागि स्टोक्सले ओपनर डोम सिब्लेसँग मिलेर ५ सय ६८ बलमा २ सय ६० रनको धैर्यतापूर्ण साझेदारी गरेपछि इंग्ल्यान्डले बलियो योगफल तयार पारेको हो । सिब्ले १ सय २० रनमा आउट भए । चेशको १ सय २६ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका सिब्ले रोचबाट क्याच आउट हुन पुगेपछि दोहोरो शतकको साझेदारी तोडिएको थियो । सिब्लेले ३ सय ७२ बलमा ५ चौका प्रहार गरे । वेस्ट इन्डिजका बलरलाई थकित बनाएका सिब्लेले ३ सय १२ बलमा आफ्नो दोस्रो टेष्ट शतक पूरा गरेका थिए ।
विकेटकिपर जस बटलरले ७९ बलमा ४ चौका सहित ४० रन जोडे । साम करन १७ रनमा आउट हुँदा क्रिस वोक्सले खाता खोल्न सकेनन् । स्पिनर डोम बेस २६ बलमा ३ चौका सहित १ छक्का सहित ३१ र स्टुअर्ट ब्रोड ११ रनमा अविजित रहे । अन्तिम विकेटका लागि बेस र ब्रोडले ४२ रनको अविजित साझेदारी गरेका थिए । वेस्ट इन्डिजका स्पिनर रोस्टन चेशले सर्वाधिक ५ विकेट लिए । केमार रोचले २, जेसन होल्डर र अल्जारी जोसेफले १–१ विकेट लिए ।
पहिलो टेष्ट खेल वेस्ट इन्डिजले ४ विकेटले जितेको थियो । तेस्रो तथा अन्तिम खेल जुलाई २४ देखि २८ सम्म चल्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]