5 years ago
July 23, 2020
भुपेन्द्र जिसी, काठमाडौं
कोरोना महामारीको कारण विश्व क्रिकेट जगत नराम्रोसँग प्रभावित बनेको छ । खेल तालिका र प्रतियोगिता अस्तव्यस्त छन् । यसैक्रममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने तय भएको टि२० विश्वकप एकवर्ष पछिलाई सारेको छ । अब आगमी लगातार तीन वर्षमा तीन विश्वकप हुने छन् ।

अष्ट्रेलियामा सन् २०२१ मा अक्टोबर नोभेम्बरमा टि२० विश्वकप हुनेछ । जुन विश्वकप नेपालले खेल्न पाउँदैन । २०१८ मा इस्टर्न सब रिजन छनोटमा नेपाल च्याम्पियन बन्दै एसिया छनोटमा पुगेको थियो । गतवर्ष जुलाईमा सिंगापुरमा भएको आइसिसी टि२० विश्वकप एसिया छनोट क्षेत्रबाट खराब प्रर्दशन गर्दै बाहिरिएको थियो । उक्त विश्वकपको लागि यूएईमा भएको ग्लोबल छनोटबाट नेदरल्याड्स, पपुवा न्यूगिनी, आयरल्यान्ड, नामिबिया, स्कटल्यान्ड र ओमानले विश्वकपमा स्थान बनाएका थिए ।
सन् २०२२ मा अक्टोबर नोभेम्बरमा भारतमा टि२० विश्वकप हुने छ । यस विश्वकपमा नेपालको खेल्ने सम्भावना छ । नेपाल सहित चार राष्ट्रलाई गत माघमा आइसिसीले २०२० जनवरी १ सम्म टि२० आई वरियताको आधारमा विश्वकप ग्लोबल छनोटमा सिधै मौका दिएको थियो । नेपाल १२ औं स्थानमा रहँदै सोझै मौका पाएको थियो । ग्लोबल छनोट २०२१ मार्च जुलाईमा हुनेछ । कुन देशमा हुने भने टुङ्गो लाग्न बाँकी छ ।
अष्ट्रेलियामा हुने विश्वकपबाट शीर्ष १२ टोलीले अर्कोवर्ष विश्वकपमा सिधै मौका पाउने छन् । विश्वकपका पुछारका चार टोलीसँगै वरियताको आधारमा सिधै छनोटका भएका नेपाल, यूएई, जिम्बावे र हङकङसँगै क्षेत्रिय छनोट हुँदै आउने ८ टोली गरि ग्लोबल क्वालिफायरमा कुल १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । ग्लोबल छनोटका उत्कृष्ट ४ टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

सन् २०२३ मा भारतमा अक्टोबर नोभेम्बरमा एक दिवसिय विश्वकप हुनेछ । उक्त विश्वकपमा मात्र १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । विश्वकप लिग २ मा नेपाल सहित ७ ओडिआई टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सन् २०१९ देखि २०२२ सम्म चल्ने यस लिगमा होम अवे गरि कुल २१ त्रिकोणात्मक सिरिजमा १ सय २६ ओडिआई खेल हुने छन् ।
हरेक टोलीले ३६ ओडिआई खेल खेल्ने छन् । शीर्ष तीन टोलीले एक दिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन् । पुछारका ४ टोलीले प्ले अफ खेल्ने छन् । प्ले अफमा लिग २ का चार टोलीसँगै च्यालेन्ज लिग ए र बी बाट विजेता गरि कुल ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसबाट शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्ने अवसर पाउने छन् । यी पाँच टोलीसँगै सुपर लिगबाट आउने पाँच टोलीबिच एक दिवसिय विश्वकप छनोटमा प्रतिस्पर्धा हुनेछ । जसबाट शीर्ष दुई टोलीले २०२३ मा विश्वकप खेल्ने छन् ।
विश्वकप लिग २ मा १४ देखि २० ओडिआई वरियतामा रहेका टोली र च्यालेन्ज ए र बी मा एसोसिएट २१ देखि ३६ वरियतामा रहेका टोलीबीच प्रतिस्पर्धा सुरु भई सकेको छ । कोरोनाको कारण प्रभावित बन्न पुगेको छ ।

नेदरल्यान्ड्स कसरी सुपर लिगमा ?
नेदरल्यान्ड्सले आइसिसी विश्वकप लिग च्याम्पियनसिप २०१५–१७ जितेको हुँदा टेष्ट टोलीसँग सुपर लिग खेल्न मौका पाएको हो ।
के हो सुपर लिग ?
आइसिसी क्रिकेट विश्वकप सुपर लिग(डब्लूसिएल) मा १३ टोली छन् । डब्लूसिएल २०२० देखि २०२२ सम्मे चल्ने छ । यस लिगमा १२ टेष्ट टोली र नेदरल्यान्ड्स गरि कुल १३ टोलीबीच प्रतिस्पर्धा हुँने छ । जसमा कुल १ सय ५६ ओडिआई खेल हुनेछन् । प्रत्येक टोलीले २४ ओडिआई खेल खेल्ने छन् ।
तीन दुई पक्षीय सिरिज हुनेछ । यस लिगपछि भारत बाहेकका अन्य शीर्ष ७ टोलीले विश्वकप २०२३ मा स्थान बनाउने छन् । भारत घरेलु टोली भएको हुँदा सिधै मौका पाउनेछ । पुछारका ५ टोलीले विश्वकप छनोट खेल्नुपर्ने हुन्छ ।
nepal cricket
विश्वकप खेल्ने नेपालको योजना शून्य
अहिलेको तयारी र रणनितीले भने नेपालले विश्वकप खेल्ने सम्भावना देखिदैन । नेपालको आगमी दिनको बारे कुनै रणनिती, सोच, तयारी र योजना देखिदैन । पछिल्लो समय खस्कँदो प्रर्दशन गरिरहेको नेपालले २०२१ र २०२२ को विश्वकप छनोटको लागि नयाँ र फरक रणनिती र तयारीका साथ अघि बढ्नु पर्ने हुन्छ । पछिल्लो समय नेपाल सिंगापुर, कतार, मलेसिया जस्ता देशसँग पराजित भएको छ ।
प्रतियोगिता सुरु हुनुभन्दा एक दुई महिना अघिको तयारीले मात्र विश्वकपमा पुग्न सकिँदैन । किनकी अहिले नेपालले खेलि रहेको स्तरमा प्रतिस्पर्धा उच्च छ । अझ एकदिवसिय विश्वकपमा स्थान बनाउन नेपालले तीन टेष्ट टोलीलाई पछि पार्नुपर्ने हुन्छ । जुन एउटा सपना जस्तै हो । नेपालको एक दिवसिय विश्वकप भन्दापनि २०२२ पछि ओडिआई मान्यता कसरी बचाउन सकिन्छ त्यसमा बढी ध्यान दिन आवश्यक देखिन्छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]