default_image

4 years ago

July 26, 2020

यस्तो चाहेको छ नेपाली क्रिकेटले प्रशिक्षक

भुपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीको पछिल्लो एक वर्षको प्रर्दशन निराशजनक र कमजोर छ । आशा अनुरुप प्रर्दशन हुन नसक्दा समर्थकमाझ लोकप्रियता केहि घट्न थालेको छ । राष्ट्रिय क्रिकेट टोली पाँच महिनायता अन्तर्राष्ट्रिय प्रशिक्षक विहिन छ । नेपाल क्रिकेट संघ (क्यान) ले विदेशी प्रशिक्षक नियुक्त गर्न यसै हप्ता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सँग सहकार्य […]

79 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीको पछिल्लो एक वर्षको प्रर्दशन निराशजनक र कमजोर छ । आशा अनुरुप प्रर्दशन हुन नसक्दा समर्थकमाझ लोकप्रियता केहि घट्न थालेको छ ।

राष्ट्रिय क्रिकेट टोली पाँच महिनायता अन्तर्राष्ट्रिय प्रशिक्षक विहिन छ । नेपाल क्रिकेट संघ (क्यान) ले विदेशी प्रशिक्षक नियुक्त गर्न यसै हप्ता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सँग सहकार्य गर्दै सूचना प्रकाशन गर्ने तयारी गरेको छ । नेपाली क्रिकेट टोलीको अबको मुख्य लक्ष्य सन् २०२२ पछि ओडीआई मान्यतालाई निरन्तरता, भारतमा हुने विश्वकप खेल्दै आगमी १०–१५ वर्षमा टेष्ट मान्यता प्राप्त गर्नु हो । ओडिआईलाई निरन्तरता दिन सक्छ वा सक्दैन त्यसले नेपाली क्रिकेटको भविष्य समेत प्रष्ट पार्ने देखिन्छ । वर्तमान तयारी, प्रर्दशन संरचना हेर्दा ओडिआई मान्यता जोगाउन ठूलो चुनौती देखिन्छ ।

नेपालले पहिलो विदेशी प्रशिक्षकको रुपमा सन् १९९६ मा फारुक जमाललाई पाएको थियो । जमाल, ब्रायन ब्रिगिन, हारुन रशिद हुँदै नेपालले सन् २००१ मा श्रीलंकन प्रशिक्षक रोय डायसलाई पायो । सन् २०१० सम्म नेपाली क्रिकेट हेरेका डायसले नेपाललाई डिभिजन ४ सम्म पुर्याए । डायसले झन्डै एक दशक नेपाली क्रिकेटको हेरदेख गरे । डायस नेपाली क्रिकेटमा सबैभन्दा लामो समय बिताउने प्रशिक्षक हुन् । एक दशकमा नेपाली क्रिकेटको जग राम्रो बनाएर छोडे ।

त्यहि राम्रो जगको कारण सन् २०११ मा पुबुदु दासानायके आएपछि नेपाली क्रिकेटले नयाँ फड्को मार्यो । डिभिजन ४, ३, २ को उपाधि जित्नुका साथै २०१४ मा बंलादेशमा भएको टि२० विश्वकप पहिलो पटक खेल्यो । जुन विश्वकपलाई नेपाली क्रिकेटकै इतिहासकै सर्वाधिक ठूलो सफलता मानिन्छ । तर क्यानको बारम्बार आन्तरिक किचलोको कारण पुवुदुले आफ्नो भविष्य नदेखेपछि सन् २०१५ मा अमेरिका लागे । दासानायकेले छोडे पछि २०१९ सम्म प्रशिक्षक जगत टमटाले सम्हाले । टमाटाको प्रशिक्षकमा नेपालले ऐतिहासिक ओडिआई मान्यता प्राप्त गर्यो । ऐतिहासिक टि२० आई र ओडिआई सिरिज पनि जित्न सफल भयो ।

२०७६ जेठमा नेपालले भारतीय क्रिकेटका उमेश पटवाललाई स्थायी प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो । तर उनको कार्यकाल नेपालमा धेरै रहेन । माघमा पटवालले आफ्नो पारिश्रमिकमा बढि कर लगाएको भन्दै राजिनामा दिए । पटवालको प्रशिक्षणमा नेपालको नजिता निराशजनक रह्यो । टि२० विश्वकपमा पुग्न असफल हुनुको साथै अन्य खेलमा पनि सन्तोषजनक प्रर्दशन गर्न सकेन । आलोचनामाथि आलोचना खेप्नुपर्यो ।

त्यसयता क्यानले विदेशी प्रशिक्षक नआउँन सम्म क्यानले टमाटालाई जिम्मेवारी दिएको छ । पछिल्लो समय टोलीको प्रर्दशन खस्कँदो छ । यो अवस्थाबाट नेपाली क्रिकेटलाई ओडिआई मान्यता निरन्तरता दिदै विश्वकप हुँदै टेष्ट सपनाको स्तरमा पुर्याउन सक्ने क्षमता भएको प्रशिक्षक आवश्यक देखिन्छ । क्यानले प्रशिक्षक नियुक्त गर्दा धेरै कुरामा ख्याल गर्नुपर्छ । अव नेपाली क्रिकेट समाल्न आउने विदेशी प्रशिक्षकमा यी पाँच गुण हुनुपर्छ ।

५. खेलाडीमाथि धैर्यता देखाउन सक्ने

पछिल्लो तीन वर्षमा नेपालले धेरै युवा खेलाडीलाई मौका दियो । तर धैर्यता देखाउन सकेन । त्यसको असर खस्कँदो प्रर्दशन र अस्तव्यस्त ब्याटिङ लाइनअप हो । नेपालले सन् २०१७ देखि सुनिल धमला, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सन्दीप जोरा, दीलिप नाथ, ललित भण्डारी, रोहितकुमार पौडेल, राशिद खान, ईशान पान्डे, कुशल भुर्तेल, अनिलकुमार शाहदेखि एक दर्जन भन्दाबढि युवा खेलाडी प्रयोग गरेको छ ।

खेलाडीलाई डेब्यु दिन धेरै हतार गरेको पनि देखिन्छ । यसैकारण पनि खेलाडीले न राष्ट्रिय टोलीको महत्त्व बुझ्न सकेका छन् नत आफूलाई प्रमाणित गर्ने पर्याप्त अवसर नै पाउन सकेका छन् । एउटा प्रर्दशन र सिरिजपछि अर्को मौका नपाउने खेलाडी धैरै छन् । धैर्यता नै देखाउन नसकेपछि खेलाडीमा आत्माविश्वास आउन सक्दैन र ती प्रतिभा त्यतिकैमा खेर जान सक्छन् । सबै खेलाडीलाई समान अवसर दिएको पनि देखिदैन ।

कुनै खेलाडी लामो समयदेखि खराब प्रर्दशन गर्दा पनि टोलीमा रहेका छन् भने धेरै खेलाडी एउटा सिरिज वा प्रतियोगितामा नराम्रो खेल्दा बाहिरिएका छन् । अब आउने प्रशिक्षकले राष्ट्रिय टोलीमा मौका दिने खेलाडीलाई उसलाई प्रमाणित गर्ने सबैलाई समान अवसर दिनसक्ने हुनुपर्छ । उदाहरणको लागि कुनैपनि खेलाडीलाई पहिलानै सिमित लक्ष्य तोकिदिनु पर्छ । यसबीचमा खेलाडीले आफूलाई प्रमाणित गर्न नसके आफ्नो कमजोरी पनि थाहा पाउँछ र मिहिनेत गर्ने आधार पनि हुन्छ ।

प्रमाणित गर्न सकेको खण्डमा भने खेलाडीको आत्माविश्वास बढ्छ र प्रर्दशन पनि बढ्ने सम्भावना हुन्छ । एउटा खेलमा नराम्रो खेल्दैमा बाहिरिने डर भएपछि खेलाडीले आफ्नो स्थान बचाउन टोलीका लागि होइन व्यक्तिगत प्रर्दशनमा ध्यान दिन्छन् । यसले टोलीलाई घाटा हुन्छ र साथसाथै खेलाडी आफैंलाई पनि ।

क्रिकेट टोलीको खेल हो । एक खेलाडीको प्रर्दशनले मात्र जित सम्भव हुँदैन । गैर जिम्मेवारपन बढ्छ । जुन अहिलेको युवा खेलाडीको प्रमुख समस्या देखिन्छ । त्यसैले धैर्यता देखाउन सक्ने गुण हुनैपर्ने देखिन्छ । डेब्यु गराउन भन्दा त्यो भन्दा बढी खेलाडीमा धैर्यता देखाउन आवश्यक पर्दछ । डेब्यु खेलमा विश्व क्रिकेटका सफल ब्याट्सम्यान सचिन र धोनी पनि शून्यमा आउट भएका थिए । त्यसैले पहिलो खेलमानै युवा खेलाडीले आफूलाई प्रमाणित गर्न असफल पनि हुन सक्छन् ।

४. मिलनसार, शान्त स्वभाव र समान ब्यवहार गर्ने

प्रशिक्षकलाई नेपाली क्रिकेटको इतिहास बारे हल्का जानकारी हुनुपर्छ । त्यतिमात्र होइन मिलनसार, शान्त स्वभाव र समान व्यवहार गर्ने गुण पनि हुनुपर्छ । खेलाडीलाई शान्त स्वभावमा सम्झाइ बुझाई गर्न सक्ने हुुनपर्छ । खेलाडीले प्रर्दशन बिगारेमा रिसाएर होईन हौसलाका साथ सम्झाउन सक्ने हुनुपर्छ । जसले खेलाडीमा थप अझ उर्जा, उत्प्रेरणा मिल्छ र राम्रो प्रर्दशन गर्न सक्छ । अर्को तर्फ प्रशिक्षकले खेलाडी र संघबीच समान व्यवहार गर्नुपर्छ ।

जसले टोलीलाई अगाडि बढाउन सहज हुन्छ । संघ र खेलाडी मध्य एकसँग सम्बन्ध बिग्रिदा टोली माथि पुग्नमा असर पर्छ । प्रशिक्षकले गर्ने ब्यवहार र बोल्ने शैलीले पनि धेरै प्रभाव पार्ने गर्दछ । काखा र पाखा गर्ने स्वभाव भएको हुनुहुँदैन ।

३. युवा प्रतिभा र खेलाडीको क्षमता चिन्न सक्ने

पुबुदुले प्रतिभा त्यो समय चिन्न नसकेको भए सायद आज सन्दीप लामिछानेको एक सामान्य खेलाडीमा सिमित हुन्थे होला । पछिल्लो समय उमेर समूहमा देखिएका धेरै खेलाडी ट्यालेन्ट हन्टमार्फत आएका छन् । नेपाली क्रिकेटमा प्रतिभा खेलाडीको कुनै कमी देखिदैन । प्रशिक्षकले युवा प्रतिभा चिन्न सक्नुपर्छ ।

नेपालको टोल टोलमा रहेका प्रतिभालाई चिन्न सक्ने गुण हुनुपर्छ । काठमाडौं केन्द्रित हुनु हुँदैन । समय समयमा विभिन्न जिल्लामा भ्रमण गर्नुपर्छ । जसले नेपाली क्रिकेट अझ माथि पुग्नेछ । युवा खेलाडीले ती देशको भविष्य बताउँछ । युवा खेलाडी तयार छैनन् भने एक खेलाडीको सन्न्यासपछि उक्त टोली कमजोर बन्न पुग्छ । उदारणको लागि केन्या, श्रीलंका, जिम्बावे जस्ता देशलाई दिन सकिन्छ ।

अर्कोतर्फ कुन खेलाडीमा कुन शैलीको क्षमता छ भन्ने पहिचान गर्न सक्ने हुनुपर्छ । टि२० र ५० ओभरमा कुन खेलाडीलाई बढि उपयोगी हुन्छ थाहाँ हुन सक्नुपर्छ । युवा खेलाडीलाई मौका दिंदा कुन खेलाडीलाई हटाउन सहि हुन्छ त्यो छुट्याउन सक्नुपर्छ । नेपाली घरेलु क्रिकेट टि२० मा बढि केन्द्रित छ । तर अन्तर्राष्ट्रिय स्तरमा भने टोली टि२० मै संघर्ष गर्दै आएको छ ।

टि२० बाट ५० ओभरको लागि खेलाडी छनोट गर्न पक्कै सहज हुँदैन । त्यसैले त प्रशिक्षकमा विशेष गुण हुनुपर्छ । जसले नेपाली क्रिकेट टि२० र ५० ओभर दुवैमा अन्तर्राष्ट्रिय स्तरमा फड्को मार्न सक्छ । सबै टि२० खेलाडी ५० ओभरको खेलमा राम्रो प्रर्दशन नगर्न सक्छन् । ५० ओभरमा राम्रो गर्ने खेलाडीले टि२० मा त्यस्तो प्रर्दशन नगर्न पनि सक्छ ।

२. टेष्टको अनुभव

अब आउने प्रशिक्षकमा अन्तर्राष्ट्रिय स्तरमा टेष्ट खेल खेलेको वा टेष्ट टोलीसँग काम गरेको अनुभव हुनुपर्छ । नेपालको लक्ष्य टेष्ट हो । तर टेष्ट मान्यता कसरी पर्याप्त गर्न सकिन्छ भन्ने धेरैलाई थाहा छैन । पुबुदुले नेपाललाई ओडिआई हैसियतमा पुर्याएका थिए । त्यसैले अब  पुबुदुको स्तरको प्रशिक्षक भन्दा अझ माथिको नेपाली क्रिकेटको आवश्यक हो ।

अब आउने प्रशिक्षकले टेष्टको हैसियतमा पुर्याउन सक्ने क्षमता भएको हुनुपर्छ । अर्कोतर्फ यस अघि टेष्ट वा ओडिआई मान्यता देशसँग जोडिएर काम गरेको अनुभव भएको हुनुपर्छ । जुन अनुभवले नेपाली क्रिकेटलाई अघि बढाउन सहन हुन्छ ।

१. ब्याटिङमा बढि ज्ञान र स्पष्ट भाषा

नेपाली क्रिकेटको ब्याटिङ समस्या सुधार हुने हो भने अन्तर्राष्ट्रिय स्तरमा चाडैनै फड्को मार्ने देखिन्छ । नेपाली क्रिकेटले गुमाएका धेरै अवसर कमजोर ब्याटिङनै प्रमुख कारण रहँदै आएको छ । त्यसैले नेपालले प्रशिक्षक नियुक्त गर्दा ब्याटिङमा बढि ज्ञान भएकोलाई प्राथमिकता राख्नुपर्छ । अर्थात ब्याटिङमा विशेष ध्यान दिने प्रशिक्षक ल्याउनसके नेपाली क्रिकेटलाई चाडै माथि पुर्याउन सकिन्छ ।

प्रशिक्षकमा ब्याटिङ सम्बन्धी ज्ञान कम छ भने नेपाली क्रिकेटलाई अर्को स्तरमा पुर्याउन कठिन देखिन्छ । नेपालको अस्थिर ब्याटिङलाई स्थिर बनाउन सक्नुपर्छ । खेलाडीको कमजोरी बुझेर त्यसै अनुसार सुधार गर्नुपर्ने देखिन्छ । विश्वकप खेल्न र १० वर्षमा टेष्ट मान्यता पर्याप्त गर्न नेपाली ब्याटिङ युद्धस्तरमा सुधार हुन आवश्यक छ । विशेष त युवा खेलाडीमा । त्यसको लागि प्रशिक्षकको भाषा स्पष्ट बुझिने हुनुपर्छ ।

प्रशिक्षकले भनेको कुरा खेलाडीलाई बुझ्न कठिन पर्छ भने त्यसले सुधार ल्याउँदैन । झन् समस्या बन्न सक्छ । बलिङमा बढि ज्ञान भएको वा पूर्व बलरलाई ल्याउँदा नेपाली ब्याटिङको समस्या सुधार नहुन सक्छ । ब्याटिङ समस्यानै सुध्रिएन भने नेपाली क्रिकेटमाथि उठ्ने कल्पना गर्न सकिदैन ।

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

Success

Thank you for your time.