default_image

5 years ago

July 24, 2020

आइपिएलको मिति तय

177 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण असोज पहिलो साता देखि सुरु हुने भएको छ । यस पटकको आइपिएल संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने यस अघि नै निश्चित भएको थियो ।

आइपिएल गभर्निंग काउन्सिलका अध्यक्ष वृजेश पटेलले आइपिएल यस वर्ष असोज ३ देखि सुरु हुने बताएका छन् । पटेलका अनुसार फाइनल कात्तिक २३ वा २५ हुने छ। पटेलका अनुसार आइपिएलका खेल दुबई, आवूधावी र शारजाहमा हुनेछन् ।

आइपिएल देश बाहिर तेस्रो पटक हुन लागेको हो । यसअघि सन् २००९ मा आम निर्वाचनको कारण पूरै संस्करण दक्षिण अफ्रिकामा भएको थियो । सन् २०१४ मा आमनिर्वाचनको कारण यूएईमा आइपिएलका २० खेल भएका थिए ।

आइसिसी बैठकले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को महामारीको कारण आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप एक वर्षको लागि सरेको जनाएको थियो । त्यस्तै यस अघिनै सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भएको एसिया कप टि२० प्रतियोगिता पनि सरेसँगै आइपिएल गर्न बाटो खुलेको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.