5 years ago
July 27, 2020
भुपेन्द्र जिसी, काठमाडौं
ओपनर कुन्दनसिंह राजपूतले १० वर्षको उमेरमा महोत्तरीको जलेश्वरमा क्रिकेट सुरु गर्दा देशको जर्सीमा खेल्ने सपना देखेका थिए । त्यसै सपना पूरा गर्ने क्रममा दुई वर्षअघि काठमाडौंमा भएको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय प्रतियोगितामा कुन्दनले प्रदेश २ बाट खेल्ने मौका पाए ।

पहिलो राष्ट्रिय प्रतियोगिता खेलेका कुन्दनले त्यसबेला सोचे अनुसार प्रदर्शन गर्न भने सकेनन् । २३ वर्षको उमेरमा पहिलो राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएका उनले प्रदेश १ विरुद्ध १६ र गण्डकीविरुद्ध १० रनमा आउट भएका थिए । विभागीय टोली त्रिभुवन आर्मीविरुद्ध शून्यमै आउट हुन पुगे । पहिलो प्रतियोगितामा रन नबनेपनि उनले भरपुर अनुभव बटुले ।
कुन्दनले आउने दिनमा अझै राम्रो प्रर्दशन गर्ने लक्ष्य राखेका थिए । तर एक वर्ष नबित्दै उनको योजना तुषारापात भयो । दुवै मृगौला खराब भएका कारण कुन्दनको क्रिकेट मात्र होइन सामान्य जीवनयापनमै प्रभाव पर्यो । सुरुमा वीर अस्पतालमा उपचार गराएका कुन्दन अहिले अञ्चल अस्पताल जनकपुरमा नियमित डायलिसिस गराउँदै आएका छन् ।
२५ वर्षीय कुन्दनका बाबु र आमा दुवै छैनन् । उनको आमाको दश वर्षअघि किड्नीकै समस्याले ग्रसित भएर मृत्यु भएको थियो भने बुबा आठ वर्षअघि हेमोग्लोबिनको समस्याले बितेका थिए । कुन्दन अहिले आफ्नो मामा माइजुसँग बस्दै आएका छन् । उनी दुइ दिनमा एक पटक मृगौला डायलिसिस गराउँदै आएका छन् । आर्थिक अवस्था कमजोर हुँदा डायलिसिस गराउन नै मुश्किल परिरहेको उनले बताए ।
‘एक वर्षदेखि निरन्तर उपचार गराउँदै आएको छुँ । खासै सुधार भएको छैन । आर्थिक सहयोग अलि अलि जुटेको छ । एउटा मृगौला फेर्न डाक्टरहरुको सल्लाह अनुसार ७ देखि १० लाख लाग्छ । जुन पैसा मसँग छैन’, उनले भने ।
‘एक वर्ष अघिसम्म क्रिकेट बाहेक मैले अरु केहि पनि सोचेको थिइनँ । क्रिकेटलाई नै सबै थोक ठानेको थिए । तर एक्कासी यस्तो भएपछि क्रिकेट मेरा लागि अहिले एउटा सपना जस्तै बनिरहेको छ । एकदिन नेपालबाट खेल्ने सपना थियो । एउटा खेलाडीको देशको जर्सीमा खेल्न सपना पूरा हुँदा त्यो भन्दा अरु ठूलो कुरा के नै हुन सक्छ र ? तर मेरो त्यहि सपना पूरा नहुने भयो, साह्रै दुखी छु’, उनले भावुक हुँदै भने ।
‘अहिले मृगौला फेर्न मलाई ठूलो आर्थिक सहयोग आवश्यक छ । त्यसको लागि नेपाली समर्थक, खेलाडी, नेपाल क्रिकेट संघ(क्यान) र सरकारबाट केहि सहयोगको आशा राखेको छु । प्रदेश २ सरकारले १ लाख सहयोग गरेको छ । सबैले आ-आफ्नो ठाउँबाट जे जति सक्नुहुन्छ त्यहि सहयोग गर्नुहोस्भन्न चाहन्छु’, उनले भने ।
‘कुन्दनसिंह बचाउ अभियान’
पोखरामा सिभिल इन्जिनियर दोस्रो वर्षमा अध्ययनरत नेपाली क्रिकेटका समर्थक विज्ञान कार्कीले एक सातायता ‘कुन्दनसिंह बचाउ अभियान’ चलाएका छन् । नेपाली क्रिकेटका सक्रिय समर्थक कार्कीले एक सातामा झन्डै एक लाख रुपैयाँ सहयोग उठेको हाम्रोखेलकुदलाई जानकारी दिए । ‘ पछिल्लो केहि दिनयता सहयोग गर्नेको संख्या बढ्दै गएको छ । खेलाडीले पनि सहयोग गरिरहेका छन् । हालसम्म पुरुषभन्दा महिला खेलाडीले बढि सहयोग गरेको छन्,’ उनले भने ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]