default_image

5 years ago

July 27, 2020

ब्रोड चम्कँदा इंग्ल्यान्ड जिततर्फ अग्रसर

122 views

0 Bookmark

एजेन्सी – वेस्टइन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डले विशाल अग्रता कायम गर्दै जिततर्फ अघि बढेको छ ।

तेस्रो दिनको समाप्तीमा वेस्टइन्डिज ३ सय ८९ रनले पछि परेको छ । ३ सय ९९ रनको लक्ष्य पाएको वेस्टइन्डिजले ६ ओभरमा २ विकेट गुमाउँदै १० रन बनाएको छ । तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले ओपनर जोन क्याम्पबेललाई जो रुटबाट शून्यमा क्याच आउट गराए । ब्रोडले केमार रोचलाई ४ रनमा जस बटलरबाट क्याच गराउँदै पेभिलिएन फर्काए । क्रिजमा शाई होप ४ र क्रेग ब्रेथवेट २ रनमा अविजित छन् ।

त्यसअघि ५८ ओभरमा २ विकेट गुमाउँदै २ सय २६ रन बनाउँदै दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो । ओपनर रोरी बर्न्सले १ सय ६३ बलमा १० चौका सहित सर्वाधिक ९० रनको योगदान दिए । त्यस्तै अर्का ओपनर डोम सिब्लेले १ सय ३२ बलमा ७ चौका सहित ५६ रन जोडे । कप्तान जो रुट ५६ बलमा ८ चौका र १ छक्का सहित ६८ रनमा अविजित रहे । वेस्ट इन्डिजका रोस्टन चेश र जेसन होल्डरले १-१ विकेट लिए ।

त्यसअघि वेस्ट इन्डिज पहिलो इनिङमा ६५ ओभरमा वेस्टइन्डिजले १ सय ९७ रनमा अल आउट भएको थियो । ओपनर क्रेग ब्रेथवेटलाई स्टुअर्ट ब्रोडले कप्तान जो रुटबाट १ रनमा क्याच आउट गराए । जोफ्रा आर्चरले अर्का ओपनर जोन क्याम्पबेललाई रोरी बर्न्सबाट ३२ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए । उनले ५० बलमा ३ चौका प्रहार गरे ।

जेम्श एन्डरसनले शाई होपलाई १७ र शम्राह बूक्सलाई ४ रनमा जस बटलरबाट क्याच गराउँदै पेभिलिएन फर्काएपछि वेस्टइन्डिजले रन जोड्न संघर्ष गरेको थियो । रोस्टन चेश ९ रनमा आउट भए । कप्तान जेसन होल्डरलाई ब्रोडले ४६ रनमा एलविडब्लू आउट गरे । योसँगै होल्डरले टेष्टमा आफ्नो दुइ हजार रन पूरा गरेका छन् । उनी वेस्टइन्डिजबाट एक सय विकेट लिने र दुइ हजार रन बनाउँने तेस्रो खेलाडी बनेका छन् ।

शेन डोरीच ३७ र रेहकम कर्नवाल १० रनमा आउट भए । इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले १४ ओभरमा ४ मेडन सहित ३१ रन खर्चेर ६ विकेट लिए । जेम्श एन्डरसनले २ विकेट लिए । क्रिस वोक्स र आर्चरले १–१ विकेट लिए ।

त्यसअघि ओल्ड ट्राफर्ड म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड १११.५ ओभरमा ३ सय ६९ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका युवा ब्याट्सम्यान ओली पोपले सर्वाधिक ९१ रनको योगदान दिए । पोप १ सय ५० बलमा ११ चौका प्रहार गरे । शेनन ग्याब्रियलले बोल्ड आउट गरेपछि ओली शतक बनाउन ९ रनले चुकेका थिए । विकेटकिपर जस बटलरले १ सय ४२ बलमा २ छक्का र ७ चौका सहित ६७ रनमामा क्याच आउट भए ।

पाँचौ विकेटका लागि पोप र बटलरले १ सय ४० रनको महत्वपूर्ण साझेदारी गरेका थिए। ओपनर रोरी बर्न्स १ सय ४७ बलमा ४ चौका सहित ५७ रनमा क्याच आउट भए । अर्का ओपनर डोम सिब्लेलाई केमार रोचले एलबिडब्लू शून्यमा आउट गरे । कप्तान जो रुट १७ रनमा रन आउट भए । रोचले बेन स्टोक्सलाई २० रनमा बोल्ड आउट गरे ।

तल्लोक्रममा स्टुअर्ट ब्रोडले ४५ बलमा ९ चौका र १ छक्का सहित ६२ रन जोड्दै इंग्ल्यान्डलाई बलियो योगफलमा पुर्याए । ब्रोडले ३३ बलमा अर्ध शतक पूरा गरेका थिए । डोम बेस १८ रनमा अविजित रहे । वेस्टइन्डिजका तीब्र गतिका बलर केमार रोचले सर्वाधिक ४ विकेट लिए । योसँगै रोचले आफ्नो टेष्ट करिअरमा २ सय विकेट पूरा गरेका छन् ।

त्यस्तै शेनन ग्याब्रियलले र रोस्टन चेशले २–२ विकेट लिए । कप्तान जेसन होल्डरको नाममा १ विकेट रह्यो । तीन टेष्ट सिरिज १–१ को बराबरीमा छ । पहिलो टेष्टमा वेस्टइन्डिज ४ विकेटले विजयी हुँदा दोेस्रो टेष्टमा १ सय १३ रनले पराजित भएको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.