5 years ago
July 31, 2020
एजेन्सी – युवा अलराउन्डर कर्टिस क्याम्फरले बिहिबार आयरल्यान्डबाट इंग्ल्यान्डविरुद्ध ओडिआई खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे ।

तीन ओडिआई सिरिजको पहिलो खेलमा आयरल्यान्ड इंग्ल्यान्डसँग ६ विकेटले पराजित भएपनि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका २१ वर्षिय अलराउन्डर कर्टिस क्याम्फरले सबैको मन जित्दै ध्यान केन्द्रित गरे । कर्टिसको जन्म सन् १९९९ अप्रिल २० मा दक्षिण अफ्रिकामा भएको हो । कर्टिस दक्षिण अफ्रिकामा हुर्के, बढे र क्रिकेट यात्रा सुरु गरे । उनले दक्षिण अफ्रिकाबाट दुई वर्षअघि यू१९ टोलीबाट क्रिकेट खेलेका थिए ।
करिअर अगाडी बढ्दै जाँदा उनले दक्षिण अफ्रिकामा आफ्नो भविष्य राम्रो महसुस गरेनन् । त्यसैले उनले आइरिस नागरिक आफ्नो हजुरआमा मार्फत आयरल्यान्डको पासपोर्ट (राहदानी) बनाए । उनी कोरोना महामारी भन्दा केहि महिना अघि जनवरीमा आयरल्यान्ड बसाई सरेका थिए । कर्टिसले आयरल्यान्डमा लिष्ट ए क्रिकेट खेल्दै राम्रो प्रर्दशन गरेपछि ७ महिनामै आयरल्यान्डबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरे ।

उनले बिहिबार आयरल्यान्डबाट पहिलो अन्तराष्ट्रिय खेलमा ब्याटिङ र बलिङ दुबैमा राम्रो प्रभाव छोड्न सफल भएपछि उनको चर्चा चुलिएको छ । धेरैले उनलाई आगमी दिनमा आयरल्यान्ड क्रिकेटको भविष्य भनेका छन् । आयरल्यान्ड ६.३ ओभरमा २८–५ को अवस्थामा क्रिजमा आएका उनी ५९ रनमा अविजित रहे । डेब्यु खेलमा अर्ध शतक बनाउने उनी आयरल्यान्डका तेस्रो खेलाडी हुन् ।
क्रेग यौङ आउट हुँदैन थिए भने कर्टिस आयरल्यान्डबाट आडिआईमा सातौं नम्बरमा सर्वाधिक रन बनाउने खेलाडी बन्थे होला । सन् २०१० मा ग्यारी विल्सनले बंगलादेशविरुद्ध सातौं नम्बरमा ब्याटिङ गर्दै ६० रन बनाएका थिए । कर्टिसले १ सय १८ बलमा ४ चौका प्रहार गरे । २८–५ को कम्जोर अवस्थामा पुगेको आयरल्यान्डलाई कर्टिसले छैटौं विकेटका लागि केभिन ओ’ब्रायनसँग ५१ रनको साझेदारी गरे ।

कर्टिसले आठौं विकेटका लागि एन्डी म्याकब्रिनसँग ६६ रनको उत्कृष्ट साझेदारी गरेपछि आयरल्यान्ड १ सय ७२ रन सम्म पुगेको थियो । पहिलो खेल अनि हाबी इंग्ल्यान्डका बलर सामु १ सय ४८ मिनेट क्रिजमा बिताउँदै उत्कृष्ट प्रर्दशन गरे । दबाबको समय, पहिलो अन्तर्राष्ट्रिय खेल अनि परिपक्क प्रर्दशनले कुन स्तरका खेलाडी हुन् भन्ने प्रष्टाउँछ ।
संयोगनै मान्नुपर्छ, सन् २०१८ मा दक्षिण अफ्रिकाबाट कर्टिसले यू१९ इंग्ल्यान्ड भ्रमणमा कप्तान टम ब्यान्टनलाई ९ रनमा एलबिडब्लू आउट गरेका थिए । बिहिबार ब्यान्टनलाई कर्टिसले ११ रनमा क्याच आउट गराउँदै आफ्नो पहिलो अन्तर्राष्ट्रिय विकेट लिन सफल भए । ओडिआई डेब्यु खेलमा अर्धशतक र विकेट लिने उनी विश्वका १७ औं खेलाडी बन्न पुगे ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]