default_image

5 years ago

August 1, 2020

ओडिआई डेब्युको दुई वर्षः आशा धेरै, सदुपयोग थोरै

184 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपालले दुई वर्षअघि नेदरल्यान्ड्सविरुद्ध खेल्दै आजकै दिन ओडिआई क्रिकेटमा डेब्यु गरेको थियो । नेदरल्यान्ड्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय मान्यता प्राप्त एकदिवसिय खेल (ओडिआई) खेल्दाको आशा, उत्साह, हौसला र खुसी शब्दमा बयान गर्न सकिदैन । तर डेब्युपछि दुई वर्ष भने आशा अनुसार बित्न सकेको छैन् ।

डेब्यु पहिलो खेलमा बलिङमा उच्च प्रर्दशन गरेपनि कमजोर ब्याटिङको कारण नेपाल ५५ रनले पराजित भएको थियो । पारस खड्का ४ र सोमपाल कामीको ३ विकेट लिएसँगै घरेलु टोली नेदरल्याड्स ४७.४ ओभरमा १ सय ८९ रनमा अलआउट भएको थियो । १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४१. ५ ओभरमा १ सय ३४ रनमा अल आउट भएको थियो । नेपालका ओपनर ज्ञानेन्द्र मल्लले ६१ बलमा ८ चौका सहित ५१ रन बनाएका थिए ।

ओडिआई डेब्युसँगै नेपालले दुई वर्षमा मात्र १० खेल खेलेको छ । ४ घरेलु मैदानमा र ६ विदेशी भूमिमा रहेका छन् । जसमा समान ५ मा जित र हारको नतिजा छ । ओडिआईमा नेपालले बनाएको उच्च र कम योगफल दुबै युएईविरुद्ध छन् । उच्च २ सय ५५ हुँदा कम १ सय १३ रहेको छ । विपक्षी टोली अमेरिकालाई सबैभन्दा कम ३५ रनमा अल आउट गरेको थियो । बलिङमा उच्च प्रर्दशन स्पिनरमा सन्दीप लामिछाने र तीव्र गतिमा सोमपाल कामीको नाममा छ ।

सन्दीपले गत माघमा अमेरिकाविरुद्ध ६ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ६ विकेट लिएका थिए । सोमपालले यूएईविरुद्ध सन् २०१९ मा ६.३ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर ओडिआईमा पाँच विकेट लिने पहिलो नेपाली बलर बनेका थिए । ब्याटिङतर्फ यूएईविरुद्ध पारसले बनाएको १ सय १५ रन नेपालबाट ओडिआईमा बनेको एकमात्र शतक हो ।

पहिलो ओडिआई खेल खेलेका नेपाली खेलाडी :

ज्ञानेन्द्र मल्ल, अनिलकुमार शाह, पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, वसन्त रेग्मी, शक्ति गौचन, करण केसी, सन्दीप लामिछाने र शरद भेषावकर ।

नेपालको ओडिआईमा सबै नतिजा

सन् २०१८ नेदरल्यान्ड्सविरुद्ध दुई डेब्यु ओडिआई सिरिज

अगष्ट १ : नेपाल ५५ रनले पराजित

अगष्ट ३ : नेपाल १ रनले विजयी

सन् २०१८ अगष्ट ३० : एसिया कप क्वालिफायर्समा यूएईविरुद्ध (नेपाल ७८ रनले पराजित)

सन् २०१९ मा यूएईविरुद्ध तीन ओडिआई सिरिज

जनवरी २५ : नेपाल ३ विकेटले पराजित

जनवरी २६ : नेपाल १ सय ४५ रनले विजयी

जनवरी २८ : नेपाल ४ विकेटले विजयी

सन् २०२० मा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज

फेब्रुअरी ५ : ओमानविरुद्ध, नेपाल १८ रनले पराजित

फेब्रुअरी ८ : अमेरिकाविरुद्ध, नेपाल ३५ रनले विजयी

फेब्रुअरी ९ : ओमानविरुद्ध, नेपाल ८ विकेटले पराजित

फेबु्रअरी १२ : अमेरिकाविरुद्ध, नेपाल ८ विकेटले विजयी

आशा धेरै, सदुपयोग थोरै

नेपालले ओडिआई डेब्यु गरेको २४ महिनामा मात्र १० खेल खेल्यो । जुन आशा गरे भन्दा धेरै कम हो । नेपालले एक महिनामा कम्तिमा औसतमा एउटा खेल खेलेको हुनुपर्ने थियो । आइसिसीसँग मात्र निर्भर हुनु प्रमुख कारण देखिन्छ । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गर्दा अव नेपाली क्रिकेटले छिटो विश्व क्रिकेटमा फड्को मार्ने धेरैले अनुमान गरेका थिए । तर अहिले नेपाल ठ्याक्कै उल्टो पथमा हिँडेको छ ।

खेलाडीको पारिश्रमिक उच्च हुँने, घरेलु प्रतियोगिता बढ्ने, उच्च स्तरको प्रशिक्षक पाउँने, अन्तर्राष्ट्रिय खेलमा धेरै ब्यस्त रहँने, नेपालले स्तरमा फड्को मार्ने लगायतका थुप्रै आशा गरिएको थियो । सुरुमा क्यान नहुँदा आइसिसीमा निर्भर र क्यान आएपछि कमजोर नेतृत्वको कारण ती आशामै सीमित हुँदै आएका छन् ।

नेपालले द्विपक्षीय सिरिजमा विशेष ध्यान दिनुपर्छ । एक वर्ष अघि सम्म क्यान थिएन । जसको कारण नेपालले आइसिसीमा पूर्ण रुपमा निर्भर रहेको थियो । अव क्यानले भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश जस्ता क्रिकेट बोर्डसँग सहकार्य गरेर अघि बढ्न आवश्यक देखिन्छ ।

आगामी चुनौती र सम्भावना

कोरोना महामारीको कारण नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय तालिका स्पष्ट छैन । ओडिआई मान्यता सन् २०२२ सम्म रहनेछ । नेपालसँग अव साढे दुई वर्ष बाँकी छ । नेपालको पहिलो प्राथमिकता उच्च स्तरको अन्तर्राष्ट्रिय प्रशिक्षक नियुक्त गर्नु हो । नेपालले आइसिसी विश्वकप लिग–२ मा ३२ खेल खेल्न बाँकी छ । तर कोरोना महामारीको कारण खेल्न नपाउँने हो की भन्ने चिन्ता पनि छ ।

नेपाल यी ३२ खेलमा मात्र निर्भर हुनु हुँदैन । क्यानले विश्वकप लिग २ बाहेक अन्य देश नेदरल्याड्स र टेष्ट टोलीसँग सिरिज खेल्ने वातावरण बनाउनुपर्छ । अर्कोतर्फ विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको समयमा त्यहि खर्चमा थप सिरिजको वातावरण बनाउँन र मिलाउँन सक्नुपर्छ । सिरिज र अभ्यासमा सकेसम्म आफूभन्दा उपल्लो स्तरको टोलीसँग बढि पहल गर्नुपर्छ । कमजोर टोलीलाई हराएर भन्दा बलियो टोलीसँग हार्दा धेरै फाइदा देखिन्छ ।

जिम्बावे, आयरल्यान्ड, अफगानिस्तान, बंगलादेश, वेस्टइन्डिज जस्ता देश नेपालसँग सिरिज खेल्न सक्छ । नेपाली समर्थक सामु खेल्न टेष्ट टोली इच्छुक पनि देखिदै आएका छन् । क्यानले उक्त इच्छा र सम्भावनालाई सिरिजमा बदल्न सक्नुपर्छ । सन् २०२२ पछि नेपालले ओडिआई मान्यता बचाउँन सकेन भने नेपाली क्रिकेटको यात्रा अन्धकारतर्फ बढ्ने छ । ओडिआई सदुपयोग गर्न धेरै ढिलाई भइसकेको छ ।

अब पनि निश्चित योजना, तयारीका साथ अघि नबढेको खण्डमा सन् २०२२ पछि ओडिआई मान्यता नेपालको लागि एउटा इतिहास बन्ने छ । त्यसैले ओडिआई मान्यता निरन्तरता दिने हो भने २०२७ सम्ममा धेरै परिवर्तन आउँने छ । त्यसैले आज देखिनै तयारीमा लाग्नुपर्ने देखिन्छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.