default_image

5 years ago

August 2, 2020

बेयरस्टो र राशिद चम्कँदा इंग्ल्यान्डलाई उपाधि

132 views

0 Bookmark

एजेन्सी – आयरल्यान्डविरुद्ध तीन ओडिआई सिरिज घरेलु टोली इंग्ल्यान्डले एक खेल अगावै २–० ले जितेको छ ।

इंग्ल्यान्डले दोस्रो खेलमा आयरल्यान्डलाई ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो । आयरल्यान्डले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य इंग्ल्यान्डले ३२.३ ओभरमा पूरा गरेको हो । इंग्ल्यान्डका ओपनर जोनी बयरस्टोले सर्वाधिक ८२ रनको योगदान दिए । जोश लिटिलले १६ औं ओभरको अन्तिम बलमा क्याच आउट गराउनु अघि बेयरस्टोले ४१ बलमा १४ चौका र २ छक्का प्रहार गरे । योसँगै बेयरस्टोले ओडिआई करिअरमा ३ हजार रन पनि पूरा गरेका छन् ।

ओपनर जेसन रोयलाई क्रेग यौङले पहिलो ओभरको तेस्रो बलमा ग्यारेथ डेलानीबाट शून्यमा आउट गराए । जेम्स भिन्सलाई कर्टिस क्याम्फरले १६ रनमा बोल्ड आउट गरे । कर्टिसलेनै टम ब्यान्टनलाई १५ रनमा एलबिडब्लू आउट गरे । लिटिलले कप्तान ओइन मोर्गन र मोइन अलीलाई शून्यमा पेभिलिएन फर्काए ।

तल्लोक्रममा साम बिलिंग्स ६१ बलमा ६ चौका सहित ४६ रनमा अविजित रहे । डेभिड विल्ली ४६ बलमा ५ चौका र २ छक्का सहित ४७ रन बनाउँदै सहज जित पक्का गराए । आयरल्यान्डका जोश लिटिलले ३, कर्टिस क्याम्फरले २ र क्रेग यौङले १ विकेट लिए ।

त्यसअघि साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । आयरल्यान्डका युवा खेलाडी कर्टिस क्याम्फरले ८७ बलमा ८ चौका सहित सर्वाधिक ६८ रनको योगदान दिए । डेब्यु सिरिज खेलि रहेका कर्टिसको यो लगातार दोस्रो अर्ध शतक हो ।

ओपनर पल स्टर्लिङलाई १२ र ग्यारेथ डेलानीलाई शून्यमा डेभिड विल्लीले पेभिलिएन फर्काए । कप्तान एन्डी बलर्बीनीलाई १४.२ औं ओभरमा जेम्स भिन्सले बेयरस्टोबाट क्याच गराए । भिन्सको यो पहिलो अन्तर्राष्ट्रिय विकेट समेत हो । स्पिनर आदिल राशिदले ह्यारी टेक्टर २८, केभिन आ’ ब्रायन ३ र लोर्कान टकरलाई २१ रनमा आउट गर्दै आफ्नो ओडिआई करिअरको १ सय ५० विकेट पूरा गरे । इंग्ल्यान्डबाट ओडिआईमा १ सय ५० विकेट लिने उनी पहिलो स्पिनर हुन् ।

सिमी सिंह २५, एन्डी म्याकब्रिन २४ र क्रेग यौङले २ रन जोडे । इंग्ल्यान्डका आदिल राशिदलेले १० ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । डेभिड विल्ली र सकीब महमुदले २-२ विकेट लिए । जेम्स भिन्स र रोसी टोपलीको नाममा १–१ विकेट रह्यो । पहिलो खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुँने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.