5 years ago
August 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले कोरोना महामारीपछि पहिलो पटक राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाउने तयारी गरेको छ ।

क्यानले राष्ट्रिय क्रिकेट टोलीलाई भदौ १ देखि प्रशिक्षणमा राख्ने तयारी गरिरहेको छ । त्यसअघि साउन २७ वा २८ मा सबै खेलाडी र मैदानका कर्मचारीको पिसिआर परिक्षण पनि हुने छ । क्यानको पहलमा स्वास्थ्य मन्त्रालयले पिसिआर परिक्षण गर्ने छ । ६ महिनापछि क्यानले राष्ट्रिय टोलीलाई बन्द प्रशिक्षणमा बोलाउन लागेको हो । पछिल्लो पटक नेपालले फागुनमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजनको लागि माघ तेस्रो साता १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । इस्टर्न रिजन नेपालले अन्तिम पटक खेलको अन्तर्राष्ट्रिय खेल हो ।
‘यसपटक २४ खेलाडीलाई बोलाउने तयारी गरेका छौं । खेलाडीलाई आवासीय र खाना दुवै सेवा सुविधा टीयु मैदान भित्रै हुनेछ । त्यसैले खेलाडी मैदान बाहिर जाने छैनन् । खेलाडी क्वारेन्टाइनको समयमा पनि अभ्यास गर्नेछन्’, क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले हाम्रो खेलकुदसँग भने ।

‘हामीले बन्द प्रशिक्षणमा खेलाडीलाई बोलाउनुको प्रमुख कारण उनीहरुको लयलाई कायम राख्नु हो । खेलाडी खेलमा केन्द्रित हुन् । आगमी आउने खेलको तयारी हुन्छ’, सिंहले भने, ‘असोजमा नामिबियामा आइसिसी विश्वकप लिग–२ को प्रस्ताव तोकिएकै समयमा हुने सम्भावना कम छ । हामी खेलाडीलाई लयमा राख्न चाहन्छौं । त्यसको लागि सबै तयारी र सावधानीका साथ बन्द प्रशिक्षणमा राख्ने छौं ।’
कोरोना महामारीको कारण फागुन यता कुनैपनि घरेलु प्रतियोगिता र उमेर समूहको खेल भएको छैन । त्यसैले क्यानले बोलाउन लागेको बन्द प्रशिक्षणमा नयाँ युवा खेलाडीले मौका पाउने सम्भावना भने निकै न्यून रहन्छ । माघमा नेपालमा भएको आइसिसी विश्वकप लिग–२ र इस्टर्न रिजनमा बोलाएका खेलाडीलेनै निरन्तरता पाउन सक्ने अनुमान गरिएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]