5 years ago
August 3, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १३ औं संस्करण असोज पहिलो साता देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुने भएको छ ।

आइतबार बसेको आइपिएल गभर्निङ काउन्सिलले यस संस्करणको आइपिएल असोज ३ देखि कात्तिक २५ (सेप्टेम्बर १९ देखि नोभेम्बर १०) सम्म गर्ने औपचारिक निर्णय गरेको छ । आइपिएलका खेल दुबई, आवूधावी र शारजाहमा हुनेछन् । कोरोना महामारीपछि हुन लागेको विश्वकै सर्वाधिक ठूलो र लोकप्रिय टि२० लिगमा फ्रेन्चाइज टोलीले २४ खेलाडी मात्र राख्न पाउने छन् ।
कोरोना महामारीको कारण खेलाडी संख्या बढाउन सक्ने अनुमान गरिएको थियो । खेलको क्रममा कुनै खेलाडीलाई कोरोना देखिएमा टोलीले २४ खेलाडी मध्य जुनसुकै खेलाडीलाई उक्त स्थानमा खेलाउन पाउने छन् ।
आइपिएल ५३ दिन सम्म चल्नेछ । जुन अन्तिम दुई संस्करण भन्दा दुई दिन बढि हो । दश दिन दुई खेल हुने छन् । आइपिएलमा ८ टोलीले डबल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिग चरणका ५६ खेल हुँदा क्वालिफायर, एलिमिनेटर, दोस्रो क्वालिफायर र फाइनल गरि कुल ६० खेल हुनेछ । सबै खेल नेपाली समय अनुसार बेलुका ७:१५ मा सुरु हुनेछ । दिनमा दुई खेल भएको समयमा दिउँसो ३ः१५ देखि सुरु हुनेछ । आइपिएलको फाइनल पहिलो पटक मंगलबार हुनेछ ।

आइपिएलले आफ्नो प्रमुख प्रायोजकमा चिनियाँ मोबाइल फोन कम्पनी भिभोलाईनै निरन्तरता दिने निर्णय गरेको छ । गत असारमा लद्दाखमा भारतीय २० सैनिकको चिनियाँ सैनिकको आक्रमणमा परि मृत्यु भएपछि भिभोलाई हटाउनु पर्ने माग उठेको थियो ।
आइपिएल देश बाहिर तेस्रो पटक हुन लागेको हो । यसअघि सन् २००९ मा आम निर्वाचनको कारण पूरै संस्करण दक्षिण अफ्रिकामा भएको थियो । सन् २०१४ मा आमनिर्वाचनको कारण यूएईमा आइपिएलका २० खेल भएका थिए । यूएईमा सोमबार सम्म ६० हजार ९ सय ९९ जनामा देखिदा ५४ हजार ६ सय १५ जना ठिक भएका छन् । ३ सय ५१ जनाको मृत्यु भएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]