default_image

5 years ago

August 3, 2020

त्यो १ रनको पहिलो ओडिआई जित

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम बल अनि १ रनको जित । त्यो खुसी, त्यो क्षण नेपाली क्रिकेटकै एक महत्त्वपूर्ण सफलता । अर्थात नेपालले आजकै दिन दुई वर्ष अघि नेदरल्यान्ड्सलाई १ रले हराउँदै अन्तर्राष्ट्रिय एकदिवसिय मान्यता (ओडिआई) पहिलो जित निकालेको थियो ।

डेब्यु ओडिआई सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सविरुद्ध ५५ रनले पराजित भएको थियो । सिरिज बराबर गर्न पहिलो खेल हारेको नेपाललाई दोस्रोमा जित बाहेक अन्य विकल्प थिएन । टस जितेर कप्तान पारस खड्काले पहिला ब्याटिङ गर्ने निर्णय लिए ।

नेपाल पहिला ब्याटिङ गर्दै ४८.५ ओभरमा २ सय १६ रनमा अल आउट भएको थियो । कप्तान पारस खड्का ५१ र सोमपाल कामीले ६१ रनको अर्ध शतकीय इनिङ खेलेका थिए । २ सय १७ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्यान्ड्सलाई मध्यक्रमका वस्ली बर्रेसीलेले ७१ रन जोड्दै सहज जिततर्फ लम्काए ।

खेलको ३६ औं ओभरको पाँचौ बलमा बर्रेसीलाई दीपेन्द्रसिंह ऐरीले एलविडब्लू आउट गरेपछि नेदरल्यान्ड्स १४३-६ को अवस्थामा पुगेको थियो । जुन विकेट उक्त खेलको टनिङ प्वाइन्ट बन्न पुग्यो । शन स्नेटरलाई ४३.३ ओभरमा सन्दीपले १२ रनमा बोल्ड आउट गरेपछि नेदरल्यान्ड्स १८५-९ को अवस्थामा पुगेको थियो । तर फ्रेड क्लासेन र पल भान मेकिरेनले नेदरल्यान्ड्सलाई ४९ ओभर सम्म २११-९ को अवस्थामा पुर्याएपछि खेल निकै रोमाञ्चक बन्न पुगेको थियो ।

नेदरल्याड्सलाई जित्न अन्तिम ६ बलमा ६ रन र नेपाललाई १ विकेट आवश्यक थियो । पहिलो बलमा पारसले क्लासेनलाई १ रन दिँदा दोस्रो बल डट राखे । तेस्रो बलमा १ रन दिएका पारसले चौथो बलमा फिल्डरबीच तालमेल नमिल्दा क्लासेनले २ बटुले । पारसले पाँचौ बल डट राखेपछि खेल अझ रोमाञ्चक र उत्कृष्ट बन्यो । अन्तिम बलमा क्लासेनले १ रन लिनेक्रममा पारसले रन आउट गरेपछि नेपालले पहिलो ओडिआई जित १ रनले जितेको थियो ।

नेपालका लागि यो खेलमा जितमात्रै थिएन, ऐतिहासिक पहिलो वान डे सफलता समेत थियो । जसको कारण पनि त्यो जितको महत्व र हर्ष अन्य भन्दा बेग्लै रहन पुग्यो । अझ अन्तिम बलमा १ रनको रोमान्चक जितले झनै विशेष बनायो । पहिलो ओडिआई जित १ रनको हुँदा सधै विशेष बनि रहने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.