default_image

5 years ago

August 4, 2020

आफ्नै जन्मथलोविरुद्ध मोर्गनको आक्रमक शतक

137 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका कप्तान ओइन मार्गनले आयरल्यान्डविरुद्ध तेस्रो तथा अन्तिम ओडिआई खेलमा विश्फोटक ब्याटिङ गर्दै सानदार शतक प्रहार गरेका छन् ।

मोर्गनले ७८ बलमा आफ्नो ओडिआई करिअरको १४ औं शतक प्रहार गरे । आयरल्यान्ड मोर्गनको जन्मथलो हो । उनले आयरल्यान्डबाट पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले २७ ओभरमा ४ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको छ ।

मोर्गन ८४ बलमा १५ चौका र ४ छक्का सहित १ सय ६ रनमा क्याच आउट हुन पुगे । मोर्गनले २५ औं ओभरको अन्तिम बलमा जोश लिटिललाई चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । लिटिलेनै २६.३ ओभरमा मोर्गनलाई क्याच आउट गराए ।

टम ब्यान्टन ४९ बलमा ६ चौका र १ छक्का सहित ५७ रनमा खेलि रहेका छन् । ब्यान्टनको यो ओडिआई करिअरको पहिलो अर्ध शतक हो । खराब सुरुवात गरेको इंग्ल्यान्डलाई चौथो विकेटका लागि मोर्गन र ब्यान्टनले १ सय ४६ रनको उत्कृष्ट साझेदारी गर्दै बलियो योगफलको बाटो देखाए ।

ओपनर जेसन रोयलाई पहिलो ओभरको पाँचौ बलमा क्रेग यौङले कप्तान एन्डी बलर्बीनीबाट १ रनमा क्याच आउट गराए । चौथो ओभरको दोस्रो बलमा जोनी बेयरस्टोलाई मार्क आदिरले ४ रनमा बोल्ड आउट गरे । क्रेगले नवौं ओभरको पहिलो ओभरमा जेम्स भिन्सलाई १६ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्ड ४४–३ को कमजोर अवस्थामा पुगेको थियो ।

आयरल्यान्डमा जन्मिएका मोर्गनले उमेर समूह र ओडिआई डेब्यु उतैबाट गरेका थिए । मोर्गनले सन् २००६ मा आयरल्यान्डबाट स्कटल्यान्डविरुद्ध डेब्यु गरेका थिए । उक्त डेब्यु खेलमा मोगर्न ९९ रनमा आउट हुन पुगेका थिए । सन् २००७ को एक दिवसिय विश्वकप पनि मोर्गनले आयरल्यान्डबाटै खेलेका थिए ।

आयरल्यान्डबाट मोर्गनले सन् २००९ सम्म २३ ओडिआई खेले ।
त्यसअघि आयरल्यान्डबाट मोर्गनले सन् २००४ र २००६ मा यू१९ विश्वकप खेल्दै उत्कृष्ट प्रर्दशन गरेका थिए । उत्कृष्ट क्षमताका मोर्गन आयरल्याड भन्दा ठूलो देशबाट खेल्दै स्टार खेलाडी बन्न चाहान्थे ।

मोर्गनकी आमा इंग्ल्यान्डकी थिइन् । त्यसैले सन् २००९ पछि मोर्गनले इंग्ल्यान्डबाट खेल्ने निर्णय गरे । हाल मोर्गन इंग्ल्यान्डका सर्वाधिक सफल कप्तान हुन् । उनको कप्तानीमा गत वर्ष इंग्ल्यान्डले पहिलो पटक एकदिवसिय विश्वकप जितेको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.