5 years ago
August 5, 2020
एजेन्सी – ओपनर पल स्टर्लिङ र कप्तान एन्डी बलब्राइनको उत्कृष्ट शतकमा इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ७ विकेटले विजयी भएको छ । योसँगै तीन ओडिआई सिरिज २–१ ले सकिएको छ ।

इंग्यान्डले प्रस्तुत गरेको ३ सय २९ रनको विशाल लक्ष्य आयरल्यान्डले ४९.५ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गरेको हो । ओपनर पल स्टर्लिङले १ सय २८ बलमा ९ चौका र ६ छक्का सहित १ सय ४२ रनको उत्कृष्ट इनिङ खेल्दै जित सहज बनाए । स्टर्लिङ रन आउट हुन पुगेका थिए । त्यस्तै कप्तान बलब्राइनले १ सय १२ बलमा १२ चौका सहित १ सय १३ रन बनाए ।
दोस्रो विकेटका लागि स्टर्लिङ र बलब्राइनले २ सय १४ रनको उत्कृष्ट साझेदारी गरेपछि आयरल्यान्डले उत्कृष्ट जित हात पारेको हो । ह्यारी टेक्टर २९ र केभिन ओ ब्रायन २१ रनमा अविजित रहे । इंग्ल्यान्डका डेभिड विल्ली र आदिल रशिदले समान १ विकेट लिए ।
साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्ड ४९.५ ओभरमा अल आउट हुँदै ३ सय २८ रन बनाएको थियो । इंग्ल्यान्डका कप्तान ओइन मोर्गनले ८४ बलमा १५ चौका र ४ छक्का सहित १ सय ६ रन बनाए । मोर्गनले २५ औं ओभरको अन्तिम बलमा जोश लिटिललाई चौका प्रहार गर्दै ७८ बलमा आफ्नो ओडिआई करिअरको १४ औं शतक प्रहार गरेका थिए । लिटिलेनै २६.३ ओभरमा मोर्गनलाई क्याच आउट गराए ।

टम ब्यान्टन ५१ बलमा ६ चौका र १ छक्का सहित ५८ रनमा जोडे । ब्यान्टनको यो ओडिआई करिअरको पहिलो अर्ध शतक हो । खराब सुरुवात गरेको इंग्ल्यान्डलाई चौथो विकेटका लागि मोर्गन र ब्यान्टनले १ सय ४६ रनको उत्कृष्ट साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए ।
ओपनर जेसन रोयलाई पहिलो ओभरको पाँचौ बलमा क्रेग यौङले कप्तान एन्डी बलर्बीनीबाट १ रनमा क्याच आउट गराए । चौथो ओभरको दोस्रो बलमा जोनी बेयरस्टोलाई मार्क आदिरले ४ रनमा बोल्ड आउट गरे । क्रेगले नवौं ओभरको पहिलो ओभरमा जेम्स भिन्सलाई १६ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्ड ४४–३ को कमजोर अवस्थामा पुगेको थियो । तल्लोक्रममा साम बिलिंग्स १९, डेविड विल्ली ५१, टम करन ३८ रन बनाए ।
आयरल्यान्डका क्रेग यौङले ३, जोश लिटिल र कर्टिस क्याम्फरले २–२ विकेट लिए । पहिलो खेलमा इंग्ल्यान्ड ६ विकेट र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]