5 years ago
August 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – क्यारेबियन प्रिमियर लिग (सिपिएल) भदौ २ देखि २५ सम्म ट्रीनिडाड एण्ड टोबेगोमा हुँदै छ । यसपटक नेपाली लेग स्पिनर सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्नेछन् ।

सिपिएल खेल्न सन्दीप बिहिबार त्यसतर्फ लागिसकेका छन् । १४ दिन क्वारेन्टिनमा बसेपछि सन्दीपको कोरोना परिक्षण हुनेछ । रिपोर्ट नेगेटिभ आएमा मात्र सिपिएल खेल्न पाउँने छन् । नेपालमा उनको पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । सन्दीपलाई अक्सनमा जमैकाले एक करोड भन्दा बढि मूल्यमा अनुबन्ध गरेको थियो । सिपिएलमा सन्दीप सम्मिलित जमैका बलियो र सन्तुलित छ ।
जमैकाले सिपिलएलमा दुई पटक उपाधि जितेको छ । सन् २०१३ को पहिलो संस्करण र २०१६ मा उपाधि जितेको थियो । दुवै पटक फाइनलमा जमैकाले गुयाना एमेजन वारियर्सलाई हराएको थियो । जमैकाले यस संस्करणको पनि उपाधिको बलियो दाबेदार टोली हो । जमैकाले उपाधि जित्न सक्ने ३ बलिया आधार पनि छन् ।
३. ‘म्याच विनर’ अलराउन्डर
जमैकासँग तीन ‘म्याच विनर’ अलराउन्डर छन् । आन्द्रे रसेल, कार्लोस ब्रेथवेट र पाकिस्तानका आसिफ अली प्रमुख अलराउन्डर हुन् । यी तीनै खेलाडीले मध्यगतिमा बलिङ गर्दा आक्रमक ब्याटिङ गर्ने गर्दछन् । रसेल क्रिजमा रहँदासम्म जितको आशा रहिरन्छ । धेरै ब्याट्सम्यान गलत र कमजोर बलमा बढि छक्का प्रहार गर्ने गर्दछन् ।
रसेल उत्कृष्ट बललाई पनि आफ्नो शरिरको पावर मार्फत छक्का प्रहार गर्ने क्षमता राख्दछन् । ब्रेथवेट र अलीले पनि तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् । टि२० खेलनै आक्रमकको खेल हो । उत्कृष्ट फिनिसर जमैकासँग छन् । यी तीनै खेलाडी ब्याट र बल दुवैबाट खेल जिताउन सक्छन् ।

२. बलियो शीर्षक्रम ब्याटिङ
जमैकाको शीर्षक्रम ब्याटिङ पनि बलियो छ । ओपनरमा न्युजिल्यान्डका विकेटकिपर ग्लेन फिलिप्स र वेस्ट इन्डिजका चाडविक वाल्टन छन् । यी दुवै ब्याट्सम्यान आक्रामक र ठूला सटको ब्याटिङका लागि परिचित छन् । गतवर्ष जमैकाबाटै फिलिप्सले १० खेलमा ३ सय ७४ रन बनाउँदै प्रतियोगितामा सर्वाधिक रन बनाउने चौथो खेलाडी बनेका थिए ।
वाल्टनले १० खेलमा २ सय ७ रन बनाएका थिए । रोभमन पावेलले तेस्रो नम्बरमा ब्याटिङ गर्ने छन् । पावेल पनि त्यतिनै आक्रामक गर्न रुचाउँछन् । यी तीन ब्याट्सम्यानले राम्रो सुरुवात दिदा आसिफ अली, रसेल र ब्रेथवेटले तल्लोक्रम समाल्ने छन् । जसले गर्दा ब्याटिङ लाइनअप सन्तुलित छ ।

१. मजबुत बलिङ
जमैकाको बलिङ मजबुत देखिन्छ । स्पिन, मध्यम र तीव्र तीनै शैलीका बलर जमैकासँग छन् । स्पिनरमा सन्दीप र दक्षिण अफ्रिका बायाँ हाते तबरेज शाम्सी छन् । दायाँ हाते सन्दीप र बायाँ हाते शाम्सीको स्पिन जोडी नायक बन्न सक्छन् । तीव्र गतिका बलर ओशान थोमस र अनुभवी फिडेल एडवर्डस छन् । यी दुईसँगै रसेल, अली र ब्रेथवेटले पनि राम्रो बलिङ गर्ने गर्दछन् । पार्टटाईमा स्पिनरमा नक्रमाह बोनर छन् । जसले जमैकाको बलिङ मजबुत देखिन्छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]