5 years ago
August 7, 2020
एजेन्सी – ओपनर शान मसूदको उत्कृष्ट शतक र तीव्र गतिका बलरको सुरुवाती उच्च प्रर्दशनमा इंग्ल्यान्डविरुद्ध पहिलो टेष्ट खेलमा पाकिस्तानले विशाल अग्रता कायम गरेको छ ।

दोस्रो दिनको समाप्तीमा पाकिस्तानले २ सय ३४ रनको अग्रता लिएको छ । इंग्ल्यान्ड पहिलो इनिङमा संकटमा छ । इंग्ल्यान्डले २८ ओभरमा ४ विकेट गुमाउँदै ९२ रन बनाएको छ । युवा ब्याट्सम्यान ओली पोप ६७ बलमा ६ चौका सहित ४६ र विकेटकिपर जस बटलर १५ रनमा अविजित छन् ।
पहिलो ओभरको चौथो बलमै तीव्र गतिका युवा बलर शाहिन अफ्रिदीले ओपनर रोरी बन्र्सलाई ४ रनमा एलबिडब्लू आउट गरे । अर्का ओपनर डोम सिब्लेलाई मोहम्मद अब्बासले चौथो ओभरको दोस्रो बलमा ८ रनमा एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काए । अब्बासले बेन स्टोक्सलाई शून्यमा बोल्ड आउट गरेपछि घरेलु टोली इंग्ल्यान्ड सुरुवातमै दबाबमा परेको थियो । कप्तान जो रुटलाई स्पिनर यासिर शाहले १४ रनमा पेभिलिएन फर्काए ।
त्यसअघि पाकिस्तान पहिलो इनिङमा १०९.३ ओभरमा ३ सय २६ रनमा अल आउट थियो । मसूदले ३ सय १९ बलमा १८ चौका र २ छक्का सहित १ सय ५६ रनको उत्कृष्ट इनिङ खेले । उनको यो टेष्ट इनिङको लगातार तेस्रो शतक हो । टेष्ट करिअरको चौथो शतक पर्दछ । सन् १९९६ पछि इंग्ल्यान्डमा शतक प्रहार गर्ने मसूद पहिलो पाकिस्तानी ओपनर हुन् ।
शान मसूदले दुई पटक सम्म ब्यक्तिगत ४५ रनमा जीवनदान पाएका थिए । जुन जीवनदान इंग्ल्यान्डलाई ठूलो भारी पर्यो । स्पिनर डोम बेसको ३९ औं ओभरको अन्तिम बलमा विकेटकिपर जस बटलरले क्याच छोडेका थिए । ४६.४ ओभरमा बटलर स्टम्पिङ गर्न चुकेका थिए ।
१६ औं ओभरको पहिलो बलमा ओपनर आबिद अलीलाई जोफ्रा आर्चरले १६ रनमा बोल्ड आउट गरे । १९ औं ओभरको पहिलो बलमा कप्तान अजहर अलीलाई क्रिस वोक्सलाई शून्यमा एलबिडब्लू आउट गरे । ५० औं ओभरको अन्तिम बलमा जेम्स एन्डरसनले बाबर आजमलाई सिलिपमा कप्तान जो रुटबाट ६९ रनमा क्याच आउट गराए ।
बाबरले १ सय ६ बलमा ११ चौका प्रहार गरे । तेस्रो विकेटका लागि बाबर र मसूदले ९६ रनको साझेदारी गरेका थिए । स्टुअर्ट ब्रोडले बेन स्टोक्सबाट असाद शफीकलाई ७ रनमा क्याच गराए । विकेटकिपर मोहम्मद रिजवनलाई वोक्सले बटलरबाट ९ रनमा क्याच गराए ।
छैटौं विकेटका लागि मसूदले शादब खानसँग १ सय ५ रनको शतकीय साझेदारी गरेपछि पाकिस्तान बलियो अवस्थामा पुगेको हो । स्पिनर डोम बेसले रुटबाट खानलाई ४५ रनमा क्याच गराउँदै साझेदारी तोडे । शादबले ७६ बलमा ३ चौका प्रहार गरे । जोफ्रा आर्चरले यासिर शाहलाई ५ रन र मोहम्मद अब्बासलाई शून्यमा आउट गरे ।
इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र जोफ्रा आर्चरले ३–३ विकेट लिए । क्रिस वोक्सले २, जेम्स एन्डरसन र डोम बेसले १–१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]