5 years ago
August 8, 2020
एजेन्सी – पाकिस्तानविरुद्ध पहिलो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डले उत्कृष्ट पूनरागमन गरेको छ । तेस्रो दिनको समाप्तीमा पाकिस्तानले २ सय ४४ रनको अग्रता लिएको छ ।

दोस्रो इनिङमा पाकिस्तान ४४ ओभरमा ८ विकेटको क्षतिमा १ सय ३७ रनको कमजोर अवस्थामा पुगेको छ । यासिर शाह १२ र मोहम्मद अब्बासले खाता नोखोली अविजित छन् । पहिलो इनिङमा उत्कृष्ट शतक प्रहार गरेका शान मसूदलाई स्टुअर्ट ब्रोडले विकेटकिपर जस बटलरबाट शून्यमा पेभिलिएन फर्काए । आबिद अली स्पिनर डोम बेसको बलमा ठूलो सट खेल्ने क्रममा क्रिस वोक्सबाट २० रनमा क्याच आउट भए ।
वोक्सले बाबर आजमलाई बेन स्टोक्सबाट ५ रनमा क्याच गराए । वोक्सले कप्तान अजहर अलीलाई १८ रनमा एलबिडब्लू आउट गर्दा पाकिस्तान ६३–४ को कमजोर अवस्थामा पुगेको थियो । असाद शफीक २९ र मोहम्मद रिजवान २७ रन जोड्दै केहि इनिङ उकास्ने प्रयास गरेका थिए । शादब खान १५, यासिर शाह १२ र शाहिन अफ्रिदीले २ रन जोडे । इंग्ल्यान्डका स्टुअर्ट ब्रोड, क्रिस वोक्स र बेन स्टोक्सले २–२ विकेट लिए ।
त्यसअघि इंग्ल्यान्ड पहिलो इनिङमा ७०.३ ओभरमा २ सय १९ रनमा अल आउट भएपछि १ सय ७ रनले पछि परेको थियो । पहिलो ओभरको चौथो बलमै तीव्र गतिका युवा बलर शाहिन अफ्रिदीले ओपनर रोरी बन्र्सलाई ४ रनमा एलबिडब्लू आउट गरे ।
अ ओपनर डोम सिब्लेलाई मोहम्मद अब्बासले चौथो ओभरको दोस्रो बलमा ८ रनमा एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काए । अब्बासले बेन स्टोक्सलाई शून्यमा बोल्ड आउट गरेपछि घरेलु टोली इंग्ल्यान्ड सुरुवातमै दबाबमा परेको थियो । कप्तान जो रुटलाई स्पिनर यासिर शाहले १४ रनमा पेभिलिएन फर्काए ।

युवा ब्याट्सम्यान ओली पोपले दबाबकाबीच १ सय १७ बलमा ८ चौका सहित महत्वपूर्ण ६२ रन जोडे । ओलीलाई नसिम शाहले सादब खानबाट क्याच गराए । बटलरलाई यासिर शाहले ३८ रनमा बोल्ड आउट गरे । यासिरलेनै क्रिस वोक्सलाई १९ र डोम बेसलाई १ रनमा पेभिलिएन पर्काए । अर्का स्पिनर शादब खानले जोफ्रा आर्चरलाई १६ र जेम्स एन्डरसनलाई ७ रनमा आउट गरे ।
स्टुअर्ट ब्रोड २५ बलमा ४ चौका र १ छक्का सहित २९ रनमा अविजित रहे । पाकिस्तानका यासिर शाहले सर्वाधिक ४ विकेट लिए । शादब खान र मोहम्मद अब्बासले २–२ विकेट लिए । शाहिन अफ्रिदी र नसिम शाहको नाममा १–१ विकेट रह्यो ।
पाकिस्तान पहिलो इनिङमा १०९.३ ओभरमा ३ सय २६ रनमा अल आउट थियो । मसूदले ३ सय १९ बलमा १८ चौका र २ छक्का सहित १ सय ५६ रनको उत्कृष्ट इनिङ खेले । १६ औं ओभरको पहिलो बलमा ओपनर आबिद अलीलाई जोफ्रा आर्चरले १६ रनमा बोल्ड आउट गरे ।
१९ औं ओभरको पहिलो बलमा कप्तान अजहर अलीलाई क्रिस वोक्सलाई शून्यमा एलबिडब्लू आउट गरे । ५० औं ओभरको अन्तिम बलमा जेम्स एन्डरसनले बाबर आजमलाई सिलिपमा कप्तान जो रुटबाट ६९ रनमा क्याच आउट गराए ।

बाबरले १ सय ६ बलमा ११ चौका प्रहार गरे । तेस्रो विकेटका लागि बाबर र मसूदले ९६ रनको साझेदारी गरेका थिए । स्टुअर्ट ब्रोडले बेन स्टोक्सबाट असाद शफीकलाई ७ रनमा क्याच गराए । विकेटकिपर मोहम्मद रिजवनलाई वोक्सले बटलरबाट ९ रनमा क्याच गराए ।
स्पिनर डोम बेसले रुटबाट शादब खानलाई ४५ रनमा क्याच गराउँदै साझेदारी तोडे । शादबले ७६ बलमा ३ चौका प्रहार गरे । जोफ्रा आर्चरले यासिर शाहलाई ५ रन र मोहम्मद अब्बासलाई शून्यमा आउट गरे । इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र जोफ्रा आर्चरले ३–३ विकेट लिए । क्रिस वोक्सले २, जेम्स एन्डरसन र डोम बेसले १–१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]