5 years ago
August 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले दुई वर्षको अवधिमा अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित विदेशी फ्रेन्चाइज लिग खेलिसकेका छन् । सन् २०१८ मा इन्डियन प्रिमियर लिग (आइपिएल) बाट सुरु भएको सन्दीपको विदेशी लिगको यात्रा त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैन ।

विदेशी लिगमा उच्च प्रर्दशनसँगै सन्दीपले राम्रो नाम र दाम कमाउँदै आएका छन् । पछिल्लो समय प्रमुख स्पिनरको रुपमा अनुबन्ध हुने सन्दीपले पारिश्रमिक पनि त्यसै अनुसार उच्च पाउँदै आएका छन् । आईपीएलको अक्सनमा ३२ लाख रुपैयाँबाट सुरु भएको सन्दीपको मूल्य करोडसम्म पुगेको छ ।
सन्दीपले आइपिएलसँगै, पाकिस्तान सुपर लिग (पिएसएल), टि टेन लिग, ग्लोबल टि२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, क्वारेवियन प्रिमियर लिग (सिपिएल), बिग ब्यास लिग, बंगलादेश प्रिमियर लिग लगाएतका खेलेका छन् । जसमा प्रर्दशन औसत रहेको छ । एकरुपता प्रर्दशन गर्न सकि रहेका छैनन् । सन्दीपले विदेशी लिगमा गरेका पाँच उच्च प्रर्दशन यस प्रकार छन् ।
५. केराला नाइट्सबाट पाख्तुन्सविरुद्ध, टि टेन लिग
सन्दीपले सन् २०१८ को टि टेन लिगमा केराला नाइट्सबाट खेलेका थिए । सन्दीपले पहिलो खेलमै उत्कृष्ट प्रर्दशन गर्दै ‘म्यान अफ द म्याच’ चुनिएका थिए । सन्दीपले केरालाबाट पाख्तुन्सविरुद्ध २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिएका थिए । उक्तक्रममा सन्दीपले कोलिन इनग्राम, आन्द्रे फ्लेक्चर र मुहम्मद कलीमलाई पेभिलिएन फर्काएका थिए ।

४. मेलबर्नबाट रेनेगेड्सविरुद्ध, बिग ब्यास
२०१९-२० को बिग ब्यास लिगमा सन्दीपले मेलबर्न रेनेगेड्सविरुद्ध पनि राम्रो प्रर्दशन गरेका थिए । सन्दीपले उक्त खेलमा ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएका थिए । सन्दीपले शन मार्श, टम कुपर र डानियल क्रिस्टियनको विकेट लिएका थिए । उक्त खेलमा मेलबर्न स्टार्स ८ विकेटले विजयी भएको थियो ।
३. बार्बाडोसबाट सेन्ट किट्सविरुद्ध, सिपिएल
२०१९ को सिपिएल सन्दीपले बार्बाडोस ट्राइडेन्टबाट खेलेका थिए । उक्त क्रममा सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिटसविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका थिए । उक्त खेलमा सन्दीपले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए । उक्त क्रममा सन्दीपले शम्राह ब्रूक्स, कार्लोस ब्रेथवेट र लौरी ईभान्सको विकेट लिएका थिए । जुन खेलमा बार्बाडोस १८ रनले विजयी हुँदा सन्दीप ‘म्यान अफ द म्याच’ चुनिएका थिए ।
२. मेलबर्नबाट सिड्नी सिक्ससविरुद्ध, बिग ब्यास
२०१८-१९ को बिग ब्यास लिगमा सन्दीपले मेलबर्न स्टार्सबाट सिड्नी सिक्सर्सविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका थिए । सन्दीपले उक्त खेलमा ३.४ ओभरमा मात्र ११ रन खर्चेर ३ विकेट लिएका थिए । सन्दीपले टम करन, लोयड पोप र बेन द्वार्सिअसलाई आउट गरेका थिए । उक्त खेलमा मेलबर्न स्टार्स ९४ रनले विजयी भएको थियो ।

१. लाहोरबाट क्वेटा ग्ल्याडीयटर्सविरुद्ध, पिएसएल
२०१९ को पिएसएलमा सन्दीपले लाहोर कलन्दर्सबाट खेल्दै क्वेटा ग्ल्याडीयटर्सविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका थिए । सन्दीपले ४ ओभरमा १० रन खर्चेर ४ विकेट लिदै ‘म्यान अफ द म्याच’ चुनिएका थिए । सन्दीपले शेन वाट्सन, राइली रुसोले, उमर अकमल र डानिस अजिज गरि शीर्षक्रमका चार ब्याट्सम्यानलाई पेभिलिएन फर्काएका थिए । उक्त खेलमा लाहोर ८ विकेटले विजयी भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]