5 years ago
August 14, 2020
एजेन्सी– इंग्ल्यान्ड क्रिकेट बोर्डले अष्ट्रेलियासँग हुने ओडिआई र टि२० आई सिरिजको मिति सार्वजनिक गरेको छ । इंग्ल्यान्डले अष्ट्रेलियासँग सेप्टेम्बर ४ देखि १६ सम्म समान तीन ओडिआई र टि२० आई सिरिज खेल्ने शुक्रबार जनाएको छ । हाल इंग्ल्यान्डले पाकिस्तानसँग तीन टेष्ट सिरिज अन्तर्गत दोस्रो खेल खेलि रहेको छ ।

अष्ट्रेलिया क्रिकेट टोलीले आगामी अगष्ट २४ मा इंग्ल्यान्ड भ्रमण गर्नेछ । तीन खेलको टि२० सिरिज साउथह्याप्टनमा हुने छन् । पहिलो टि२० खेल ४ सेप्टेम्बर, दोस्रो ६ र तेस्रो तथा अन्तिम खेल ८ सेप्टेम्बरमा हुनेछ । तीनै ओडिआई खेल ओल्ड ट्राफर्ड म्यानचेस्टरमा हुनेछन् । ओडिआई खेललाई आइसिसी विश्वकप सुपर लिगको मान्यता दिएको छ । पहिलो ओडिआई खेल ११ सेप्टेम्बरमा हुने छ । दोस्रो १३ र तेस्रो तथा अन्तिम १६ सेप्टेम्बरमा हुने छ ।
इंग्ल्यान्डले अष्ट्रेलियासँग सिरिज खेल्नुअघि पाकिस्तानविरुद्ध तीन टि२०आई सिरिज खेल्ने छ । दोस्रो टेष्ट १७ अगष्टमा सकिने छ । तेस्रो तथा अन्तिम टेष्ट २१ अगष्ट देखि सुरु हुने छ । इंग्ल्यान्ड र पाकिस्तानबीचको टि२० सिरिजका तीनै खेल म्यानचेस्टरमा हुने छन् । पहिलो टि२० खेल अगष्ट २८ मा हुने छ । दोस्रो अगष्ट ३० र तेस्रो तथा अन्तिम सेप्टेम्बर १ मा हुने कार्यतालिका छ ।
यसअघि इंग्ल्यान्डले जुलाई ८ देखि २८ सम्म वेस्टइन्डिजसँग तीन टेष्ट सिरिज खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट फर्काएको थियो । उक्त टेष्ट सिरिज इंग्ल्यान्डले २-१ ले जितेको थियो । इंग्ल्यान्डले ३० जुलाई देखि ४ अगष्ट आयरल्यान्डसँग तीन ओडिआई सिरिज खेलेको थियो । उक्त सिरिज इंग्ल्यान्डले २–१ ले जितेको थियो । ब्यस्त रहेको इंग्ल्यान्डले टेष्ट र ओडिआईको लागि फरक टोली घोषणा गरेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]